आलुका फाइदै-फाइदा; क्यान्सरका व्याक्टेरियाहरुसंग लडन मद्धत गर्छ

आलुका फाइदै-फाइदा; क्यान्सरका व्याक्टेरियाहरुसंग लडन मद्धत गर्छ


आलु एक स्वादिष्ट खाद्य हो । आलुका परिकारहरु पनि धेरै छन् । पोलेर, उसिनेर, तारेर, साँधेर जुनसुकै तरिकाले पनि आलु खान सकिन्छ । तर आलुलाई प्रायः पौष्टिक खाद्यभित्र गनिदैँन । जे होस्, तरकारीमा अत्यन्तै लोकप्रिय छ आलु । यससंगै आलुमा हाम्रो स्वास्थ्यलाई काम लाग्ने पोषण तत्वहरु पनि निकै नै छन् । आलु आफैंमा फ्याट र कोलेस्ट्रोल मुक्त छ । आलुमा सोडियम पनि कम हुन्छ। सही तरिकाले बनाएर खान सके औषधिय गुणको काम गर्नै स्वास्थ्य विज्ञको भनाई छ ।
आलु संयुक्त राज्य अमेरिकामा सबै भन्दा सस्तो तरकारी हो। विश्वभरि नै सबैको प्यारो तरकारी हो आलु । सिँचाइको सुविधा भएको ठाँउमा जताततै बाह्रैमास पाइने हुनाले हाम्रो भान्छामा आलु सर्वसुलभ र सहज रुपमा उपलब्ध पनि हुन्छ ।
कत्तिको स्वास्थ्यवर्दक छ ?
आलुमा फाइबरको राम्रो स्रोत हुन्छ । , जसले तपाईंलाई लामो समयसम्म तौल घटाउन मद्धत गर्छ। फाइबरले कोलेस्ट्रोल र रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राखेर मुटु रोगबाट बच्न मद्दत गर्छ। आलुमा एन्टिअक्सिडेन्टहरू पनि हुन्छन् जसले रोगहरूबाट मुक्त गराई अनावश्यक भिटामिनहरू निष्काषन ट्राफिकिङको काम गर्दछ । जसले तपाईंको शरीरलाई राम्रोसँग काम गर्न मद्दत गर्दछ। आलुले हाम्रो स्वास्थ्यमा के के फाइदाहरु पुर्याउला त ?
पाचन स्वास्थ्यमा सहजिकरण
आलुमा पाइने फाइबर एक विशेष प्रकारको प्रतिरोधी स्टार्च तत्व हो । जसमा घुलनशील फाइबर र अघुलनशील फाइबर दुवैले स्वास्थ्यमा लाभ हुन्छ । यसले अन्य प्रकारका फाइबरको तुलनामा कम ग्यास निम्त्याउँछ। तपाईंले आलुमा प्रतिरोधी स्टार्चको मात्रालाई एक दिन अगाडि पकाएर र रातभर फ्रिजमा चिसो गरेर बढाउन सक्नुहुन्छ। तपाईंले खानु अघि परिकारलाई पुन तताउन सक्नुहुनेछ ।

घुलनशील फाइबर जस्तै, आलुमा प्रतिरोधी स्टार्च तत्वले प्रीबायोटिक अर्थात पुर्वशुरक्षा कवजको रूपमा काम गर्ने गर्दछ । हाम्रो शरिरको ठूलो आन्द्रामा ब्याक्टेरिया हुन्छन् । जसले हामीले खाएको खाना पचाउन मद्धत गर्छ । त्यहि ब्याक्टेरियालाई आन्द्रामा पुगेको आलुले स्वस्थ बनाउन मद्धत गर्छ र हामीले खाएको खाना सहजै पचाउन मद्धत गर्छ । अघुलनशील फाइबर जस्तै, यसले कब्जियत र इरिटेबल बोवेल सिन्ड्रोमलाई रोक्न वा उपचार गर्न सक्छ।
शरिरमा लाग्ने रोगको रोकथाम
आलुमा एन्टिअक्सिडेन्टहरू भरिएका हुन्छन् । जसले तपाईंको कोषहरूलाई क्षति पुर्‍याउनबाट मुक्त गराउँछ । विभिन्न प्राणघाातक किटाणुहरु तथा रेडिकलहरूसँग लड्न मद्धत गरिरहेको हुन्छ । आलुमा भएको एन्टिअक्सिडेन्टले गर्दा तपाईको शरिरमा हृदय रोग र क्यान्सरको जोखिम कम गर्छ।