मैले भने—यो कुरा नगर हाम्रो समुदाय फरक छ । बुवाआमाले यो कुरा मान्नुहुन्न ।
उसले भन्यो–‘अरे यार बुवा आमा कतिन्जेल बाच्छ भनत?
यो संवाद उसको र मेरो थियो । उ मेरो विद्यालय पढदाखेरिको असल साथी थियो । उ अगाडि बेन्चमा बसेर हिसाबमा ध्यान दिन्थ्यो । गणित विषय मलाइ एकदमै काउसो लाग्थ्यो । म हिसाब त गर्थे तर मेरो एन्सर कहिल्यै मिल्दैनथ्यो । उ जहिल्यै मेरो एन्सर मिलाइदिन्थ्यो । सरले ब्लायाकबोर्डमा लेख्न लगाउदा म फरक्क फर्केर उसैको मुखमा हेर्थे । उसको इशाराले मलाइ सरको कुटाईबाट कैयौपटक जोगाएको थियो । अरु पिरियडमा खासै वास्तै हुदैनथ्यो । उ मेरो हिसाबको छिनोफानो गरिदिने न्यानो साथी थियो । तराई समुदायबाट आएर हो कि किन हो उ सोझो लाग्थ्यो । निर्दोष लाग्थ्यो त्यसैले होला सबैले उसलाई हासिमजाकमा उडाउथे । साथीहरुले तँलाइ कुटछु भन्दा उ हुन्छ भन्थ्यो ।
एसएलसिको परिक्षा सकिएको दिनदेखि उ मसंग बेखबर थियो । अहिले पनि धेरैजसो साथीहरु बेखबर छन् ।
सुन्धाराको गल्लिबाट पैदल हिडेर निस्कदै थिए, करिब दश बर्ष पछाडि मेरो मोवाइलमा उसको फोन आयो । नँया बिदेशको नम्बरबाट उसले आफनो नाम बताउदै भन्यो चिन्यौ ? धेरैपछि उसले यसरि मलाई फोन गर्ला भन्ने मनमा कतै अलिकति पनि साचेको थिइन ।
मेरो रत्नराज्य लक्ष्मी क्याम्पसमा मास्टर सेकेण्ड सेमेस्टर चल्दै थियो । उसले इण्डियामा इलेक्टिक इन्जीनियरिङ गर्दै गरेको कुरा बतायो । एवंम रितले उसको फोन आउने क्रम बाक्लिदै गयो । उ भद्र शालिन थियो । मसंग मधेसी लवजमा बोल्थ्यो । एकदिन उसले मलाई बिहेको प्रस्ताब राख्यो । अब हामी बिहे गरौ यो कुरा कसैलाई पनि नभन है । कस्सम यार म तिमिलाई असाध्यै मन पराउछु ।
मैले यो कुरा त्यतिखेरलाई हासेर उडाए, तर उसले अर्को पटक पनि उसले त्यसैगरि त्यहि शब्द दोहोर्यायो । ‘मलाई पर्ख प्लिज म एकवर्षमै आइहाल्छु नेपाल । तब त तिमीसंग बिहे गर्छु । सत्य भनिराछु । मैले यो पटक पनि उसलाई जिस्काएर भने ह्या मधिसे तिमी बहुलायौ कि क्या हो । म तिम्रो साथी मात्र हो । पटक–पटक उ मसगं बिहेको कुरा गथ्र्यो । एकदिन मैले उसलाई सरासर सोधे तिमी मेरो के कुरा मन पराउछौ हँरु उसले उताबाट भन्यो ‘तिमी सोझी लाग्छ राम्री लाग्छ । त्यै भएर हो ।’
मेरो कतै पनि उसंग बिहे गर्ने मनसाय थिएन् । उ भने एकोहोरो बिहेको मात्र कुरा गरिरहन्थ्यो । म भडासिन थाले । मन पोल्न थाल्यो । यो कुरा एकजना साथिलाई गएर सुनाएकी थिए । उसले गज्जबको आइडिया सिकाईदिएकि थिइ । केटोलाई माग्न आइज भनत, मैले साथिको आइडिया सापट मागेर उसलाई त्यसै भने ठिकै छ तिमी बुवा लिएर माग्न आउनु है मेरो घरमा ।
उ यति सुनेपछि अक्मक्कियो र मलाई भनन्यो । त्यसो होइन तिमी चाँहि आउ मेरो घरमा मलाई माग्न, हाम्रो चलन अनुसार केटिले हामीलाई माग्न आउनुपर्छ । उसले मलाइ रोक्दै भन्यो । यदि तिमिलाई अप्ठेरो लाग्छ भने तिमी मात्र आउ बुवालाई ल्याउनुपर्दैन् ।
मैले सोधे अनि दाइजो नि ?
दाइजो हाम्रो तिर त मोटरसाइकल नभएसम्म केटाले भातै खादैन् । मैले फेरि सोधे तिमी के गर्छौ मैले तिमीसंग बिहे गरे भने तिमी पनि त दाइजोको डिमाण्ड गर्छौ होलानि?
उसले भन्र्यो म त पढाइको आधारमा दाइजो लिने हो डिग्रि पास गरेको केटिसंग त दाइजोको मलाई मतलबै छैन् ।, उसले भन्यो मेरो बुवा स्कुलको प्रिन्सीपल हुनुहुन्छ । मलाई यस्तो कुरामा वास्ता गर्नुहुन्न, मैले बिहे गरे भने स्विकार्नुहुन्छ । उसले अझै उक्सायो मलाई। रामेछाप खुबै मन पर्छ ।, म त्यहि जग्गा किनेर घर बनाउछु । अनि बुवा आमा नि, हाम्रो बुवाआमा मान्नुहुन्न नि त । यो कुराले, घरको खुसि खोसिन्छ । त्यसैले यो कुरा नगरौ न है भन्दा उसले मधेसि लवजमा मेरो जवाफ फर्कायो । ‘अरे यार, तिनिहरु कति दिन बाच्छ भनतरु यति गम्भिर कुरामा उसका सजिला तर्क सुनेर मलाई हाँसो उठ्यो । हुन पनि उसका कुरा हासो लाग्दा थिए ।
म तिमीसंग बिहेका लागि उपयुक्त छैन भनेर धेरै पटक सम्झाएको थिए तर पनि अँह केटो पार लागेन् । बरु उल्टै मसंग गफ गरेर उसले आफनो सपनाको आकार बढाइरहेको हुन्थ्यो । उसले आफनो समय बर्वाद गरिरहयो । उसको हरेक सवाल बिहेको हुन्थ्यो । र कुनै हालतमा मसंग बिहे नगरि नछाडने भन्थ्यो । लौ माग्न आइज न त भन्दा पनि उसैको घरमा मेरो बुवा लिएर जानुपर्ने माग राख्छ ।
तराइ समुदायमा केटि पक्षले केटाको घरमा गएर छोरिको बारेमा प्रस्ताब राख्नुपर्ने चलन रहेछ । मेरो घर परिवार र मलाई हुर्काएको परिबेशले यो पक्कै पनि सम्भब हुन दिदैनथ्यो । अब मसगं उसैसंग उम्कनुबाहेक अरु विकल्प नै थिएन् । मैले नक्कली बहाना झिक्न बाध्य भए । र उसंग पन्छिने निधो गरे ।
एकदिन मैले उसलाई भने ‘तिमी मेरो बारेमा केहि सुन्दैनौ ?
मेरो व्याइफ्रेण्ड छ । त्यसैले तिम्रो प्रस्ताब अस्विकार गरिराको छु सरि ल । उ बिदेशमा छ कसरि धोका दिउ भनत ?
त्यसपछि उसले मसंग अत्यन्तै समझदारिता देखायो । र भन्यो ठिकै छ हामी राम्रो साथि थियौ र भोलि पनि हुनेछौ । साथिको सुचिबाट मलाइ कहिल्यै नहटाउ है । यहि भनेर फोन राखेदेखि उसले मलाइ कम फोन गर्न थाल्यो । भावनात्मक रुपमा उ मबाट टाढियो । उ असल साथि हो । अहिले उ टाढा भएर पनि म उसको नजिक छु । उसले साथीको सम्बन्ध भने निभाइरहेको छ । मसग बेलबखत फोन गरिरहन्छ । टिपिकल भाषामा तेरो व्याइफे्रण्डको खबर के छ भनेर सोध्छ । बिचरा उसलाई के थाहा र ? मैले छदैँ नभएको कुरा छ भनेर उसँग झुटा बनेको ।
हुनत यो भन्दा पहिले पनि कसैले यसो मेरो बारेमा खोतल्न थाले भने भो-भो मेरो बिहे भएको छ है भनेर हावा लाउने मेरो पुरानै बानी हो । मैले मेरो बिहे भइसकेको छ भनेर कलेजतिर धेरैलाई ढाँटेको पनि थिए । तर उस्तैलाई त्यस्तै बोल्नु र साधासिधालाई आवारा पारामा गफ लगाउँनुमा फरक लाग्यो मलाई । म बिवाहित भनेर मैले ढाँटेको उ पहिलो व्यक्ति त होइन् । तर ज–जसलाई ढाँटेको थिए । उनीहरु कस्ता थिए त्यती साह्रो थाहा पनि छैन् । तर उ भने मेरो असल साथी हो । प्रिय साथी मलाई माफ गर है । तिमीलाई ढाँटिरहेको छु । तिमिले यो सबै पढिसकेपछि छि कस्तो साँघुरो सोचाइ रहेछ भन्छौ होला हगिरु भन म अब के गरौँ त तिमी आफै भनन् । तिमीसंग सबै सत्य कुराले उभोँ लाग्ने उपाय पनि त छैन् । तिमीले् मलाई साँघुरो या फराकिलो जुन एङगलबाट हेर्छौ तिमिले त्यस्तै देख्छौ । अनि अर्को कुर्रा तिमीलाई थाहा छ नि बिवाहा व्यक्तिगत मामला मात्र होइन् । यो त सामाजिक मुल्य मान्यता बमोजिम हुन्छ । घर परिवार भन्दा अलग सामाजिक नियमको घेरा भन्दा बाहिर रहेर तिमी र म कसरि खुसि हुन्थ्यौ भनत साथी रु तिमी मेरो एकदमै नजिककका साथि हौ । दुख पर्दा म तिमीलाई सम्झन्छु । तिमी जस्तो मान्छेलाई मैले अस्विकार गर्नुपर्ने कुनै कारणै छैन । कसैले मिठो बोले भने म तिमी सम्झन्छु । त्यसैले भन्दैछु फेरि पनि मलाई माफ गर साथी ।
-पार्वती खड्का
प्रतिक्रिया