तँपाई-हामीले खादैँ आएको चाउ-चाउको खोल कँहा राख्नुहुन्छ? डस्टविन, जता पायो उतै, वा अन्य । यिनै विकल्पहरु रोजाउदा पक्कै पनि एकैछिनलाई त डस्टविनमा राख्छौ, गाडिमा पठाउँछौ भन्नेको बहुमत आउला । तर उक्त फोहोर नगरपालिकाले लादैमा सकिएको अथवा अन्तिम व्यवस्थापन भएको हुदैँन् । काठमाण्डौको फोहोर फाल्ने ठाँउ नुवाकोटको सिसडा्ेल ल्याण्डफिल भरिसकेको छ । अधिकाशं फास्टफुड रोज्ने युवायुवतीहरु स्कुले केटाकेटिहरुले त सबै ठाँउमा डस्टविन नै भेटाउलान भन्ने पनि छैन् । प्याकेट फोर्याे जता पायो उतै फुत्त फालेर चाउ-चाउ खाने तँपाई हामी सबैको प्रबृती छ । अनि सोच्नुहोस त, त्यो वाइ-वाईका खोल जस्ता थुप्रै उत्पादक कम्पनीहरु चकलेट, बिस्कुट,मन्जन साबुन यावत समानहरुले हाम्रो भान्छामा राखेको डस्टविन कति चाँडो भरिसकेको हुन्छ ? अहिले हामीले अरु खुत्रुके कम्पनीहरुको कुरा छोडेर बजारमा साँढे मानिएको एक उद्योग वाई-वाईको खोलको बारेमा मात्रै खोतल्दै छौ । विश्वमा बजार तताउँदै गएको र नाफामुलक कम्पनी भनेर चिनिएको वाई-वाईको ब्राण्डले काठमाण्डौंलाई प्रदुषणको कंलक बनाउन सघाइरहेको छ । उधोगधन्दाबाट निस्कने फोहोरमैलाले हाम्रो वातावरण अझ बढि प्रदुषित बनाउने गरेको हुन्छ । अन्नपुर्ण पत्रिकाले लेखे अनुसार वार्षिक दुई अर्ब ५० करोड प्याकेट वाइ-वाइ बजारमा आउँछ । यो चाउचाउ विश्वका ३० भन्दा बढी मुलुकमा पुग्छ । वाई-वाईको विश्व चाउचाउ बजारमा २.५ प्रतिशत हिस्सा पुगिसकेको छ । नेपालमा ५१ प्रतिशत र भारतमा २७ प्रतिशत हिस्सा छ । वाई-वाईले यति ठुलो मात्रामा आफनो बजार ओगटेको छ । तर वाई-वाईको प्याकेटको खोल व्यवस्थापन गर्न भने चौधरी ग्रुपले कुनै पनि ठोस योजना ल्याएको देखिदैन् । त्यस्तै गरि सरकारी संस्थान नेपाल टेलिकमले पनि आफनो उपभोक्ताले रिचार्ज कार्डको पिन नम्बर प्राप्त गरिसकेपछि कार्ड कँहा जान्छ ? टेलिकमसंग यसको कुनै पनि लेखाजोखा नै छैन् । टेलिकम एनसेल लगायतका यस्ता धेरै उत्पादक कम्पनीहरुले आफनो कारखानाबाट उत्पादन भएको फोहोरमैला व्यवस्थापन गर्न न त कुनै योजना ल्याएका छन् । न त कतै सरसफाईको नाममा कहिले केहि योगदान नै गरेका छन् । फोहोरमैला व्यवस्थापन ऐन २०६८ र नियमावली २०७० ले फोहोर उत्पादक आफैले फोहोरको व्यवस्थापन गर्नुपर्ने भनेर स्पष्ट रुपमा लेखिएको छ । यस्ता नाफामुलक कम्पनीले फोहोर व्यवस्थापनमा गैरजिम्मेवार बनेर प्रदुषण बढाउन सहयोग गरिरहेको देखिन्छ । यिनिहरुले आफनो फोहोर व्यवस्थापन गर्न उपभोक्तासंग मिलेर काम गर्न सक्थे । उपहारको प्याकेजहरु ल्याउन सक्थे । आफनो ब्राण्ड विस्तार गर्न करोडौँ खर्चने तर सफा र वातावरण मैत्री उद्योग बनाउन नखोज्ने यस्ता उद्योगहरु फोहोर व्यवस्थापन ऐन नियमको विपरित काम गरिरहेका देखिन्छ । यस्ता उधोग धन्दाहरु कानुनी कठघरामा आउन जरुरि छ ।
प्रतिक्रिया