पृथ्वीको आवरण वायुमण्डल हो । वायुमण्डलभन्दा माथी ओजोन तह रहेको हुन्छ । यो पृथ्वीको सतहबाट १५ देखि ३० किलोमिटरमाथीको उचाइमा रहेको हुन्छ । ओजन तहले सम्पूर्ण ग्रहलाई ढाकेको हुन्छ । ओजन तहले सूर्यबाट हानिकारक पराबैंजनी विकिरणहरू छानेर मात्र पृथ्वीमा पठाउने काम गर्छ । ओजन तहले सुर्यको हानिकारक विकिरण छेकेपछि मात्र पृथ्वीमा भएका मानव वा अन्य जीवहरुको रक्षा गर्न सघाउँछ । जलवायु परिवर्तन भनेको चाँहि मौसम परिवर्तनको दिर्घकालिन असर हो । जलवायु परिवर्तन दशकौपछि वा शताब्दी पछि मात्र देखिन्छ । तर मौसम परिवर्तन दिनानुदिन बदलिरहने अर्थात क्रतुहरुमा परिवर्तन हुने गर्छ । जलवायु परिवर्तन पृथ्वी उत्पतीको इतिहासमा कुनै पनि समयसिमा भित्र आइरहन सक्छ । औद्योगिक क्रान्ति पछि पृथ्वीमा मानविय क्रियाकलापहरुका कारण पृथ्वीमा विभिन्न खालको मौसम सम्बन्धी उतार चढाब आइरहेका छन् । जस्तै हिमालमा औलो फैलनू, जाडोयाममा हिमालमा हिँउ पग्लेर पत्थरमा परणित हुनु, मौसम अनुकुलका उत्पादन नहुनु, विभिन्न खालका रोगव्याधीहरु सल्कनु जस्ता समस्याहरु देखा पर्ने गरेका छन् । जलवायु परिवर्तनलाई अर्काे भाषमा ग्लोवल वार्मिङ पनि भनिन्छ ।
वायुमण्डलीय ओजोनले पृथ्वीको तापक्रम सन्तुलनमा असर पार्छ । ओजन तहले सौर्य पराबैंजनी विकिरणलाई शोषेर आफुसंग राख्ने काम गर्छ । ओजन तहमा एक स्ट्र्याटोस्फियर नामक तत्व हुन्छ । जसलाई सुर्यको विकिरणले तताउँछ । यसले पृथ्वीको सतहबाट उत्सर्जित इन्फ्रारेड विकिरणलाई पनि शोषेर राख्ने काम गर्छ । मावविय क्रियाकलापबाट उत्सर्जित हानीकारक ग्याँशहरुले ओजन तह छिद्र बनाएपछि ओजन तहमा प्वाल पर्छ । जसका कारण सुर्यको हानिकारक विकिरण ओजन तहले सिधै पृथ्वीमा पठाउँछ । त्यसपछि पृथ्वीमा तापक्रम बढ्छ । र बिस्तारै जलवायु परिवर्तनमा पनि असर देखा पर्छ । त्यस्तै गरि मान्छेमा विभिन्न खालका छालाका क्यान्सर, आगलागी, खडेरी जस्ता घातक रोगहरु सृजना हुने गर्छ । मानव द्वारा उत्पादित क्लोरीन र ब्रोमिन युक्त ग्यासहरूको कारण तल्लो स्ट्र्याटोस्फियरमा देखिएका प्रमुख ओजोन तहले पृथ्वीको सतहमा चिसो प्रभाव पार्छ । अर्कोतर्फ, सतही प्रदूषित ग्याँसहरूको कारणले ट्रोपोस्फियरमा भएको अनुमान गरिएको ओजोन वृद्धिले पृथ्वीको सतहमा तापक्रम बृदी गर्न सघाउंछ । जसले गर्दा हरितगृह ग्याशँलाई असर गर्छ । वायुमण्डलीय ग्यासहरू भन्दा पनि ओजन तहले छान्न नसकेर पृथ्वी सम्म आईपुगेका ग्याशँहरु हानिकारक हुन्छन्
विकसित मुलुकहरुले ऊर्जा र यातायातका लागि कोइला, तेल र प्राकृतिक ग्याँस जलाउने हुँदा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दै गएको छ । बेलायतको एअर डिफ्राले गरेको एक सरकारी अध्ययनमा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा १०० वर्ष पहिलेको भन्दा ५ गुणले बढी भएको देखाएको छ ।
ओजोन तहमा प्वाल पार्ने कतिपय ग्यासहरूले गर्दा जलवायु परिवर्तन गर्नमा पनि सहयोग पु¥याइरहेका हुन्छन् । ति ग्यासहरू भनेको क्लोरोफ्लोरोकार्बन र हरितगृह ग्यासहरू हुन्् । जसले पृथ्वीको सतहबाट उत्सर्जित केही इन्फ्रारेड विकिरणहरू अवशोषित गर्दछ र पृथ्वीको सतहलाई नराम्रोसंग तताउँछ । यसको विपरित, पृथ्वीको हावापानीमा हुने परिवर्तनले ओजोन तहलाई पनि असर गरिरहेको हुन्छ ।
प्रतिक्रिया