बित्तिय क्षेत्रमा उदायो, जिवनदाता सहकारी

बित्तिय क्षेत्रमा उदायो, जिवनदाता सहकारी


बित्तिय क्षेत्रलाई सबल र ज्युँदो बनाइराख्ने उदेश्यले हालसालै जिवनदाता बहुउदेश्य सहकारी संस्था उद्धघाटन भएको छ । जाँगरिला यूवाहरुको पौरखबाट जिवनदाता सहकारी जन्मीएको हो । सहकारी उद्धघाटनमा हालका अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागि थिए । सहकारी उद्धघाटन गर्दै मन्त्रीले सन्चालकहरुलाई घुमाउरो पाराबाट सहकारीलाई बिकृत नबनाउन भन्दै सुझाएका थिए । सहकारीबाट संकलित रकमलाई व्यवसायिक उत्पादनमा लगानी गर्न सन्चालकहरुलाई मन्त्रीको गहकिलो सुझाब थियो । ‘बित्तिय समुद्धिको चाहना जिवनदाताको कामना’ भन्ने मुल उदेश्यले नँया वित्तिय संस्था सन्चालन गरेको गरेको संस्थाका सन्चालक सचिव कुमार सिग्देलले जानकारी दिए ।
कार्यत्रममा काठमाण्डौ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामागङ पनि सहभागि थिए । काठमाण्डौं ललितपुर भक्तपुर जिल्लाभर संस्थाको कार्यक्षेत्र रहन पाउने गरि भुमी व्यवस्था कुषी तथा सहकारी मन्त्रालय वागमती प्रदेशबाट बित्तिय कारोवार गर्न इजाजत दिएको छ । २ कारोड चुक्ता पुँजिबाट अनुमती पाएको यस संस्थाले सुरुवातमै पाँच करोड चुक्ता पुँजि जम्मा गरिसकेको छ । संस्थालाई निति बिधि र प्रबिधिमैत्री बनाएर आर्थिक स्त्तरोउन्नती गर्ने उदेश्यले संस्था सन्चालन गरेको संस्थाकै अर्का सन्चालक भिम खड्काले जानकारी दिए।

,

,