बबरमान तामाङलाई ज्यान मार्ने धम्की

बबरमान तामाङलाई ज्यान मार्ने धम्की



क्रिएटिभ सरसफाइका सन्चालक बबरमान तामाङलाई ज्यान मार्ने धम्की आएको छ । बबरमान पेशाले फोहोर व्यवसायी हुन् । विगत २० वर्षदेखि सडकको फोहोर टिपेर सहर सफा बनाउने अभियानमा लागेका बबरमानलाई अनिशा कुमारी तामाङ नामकी महिलाले यहि माघ ४ गते फोहोर संकलनमा खटिएका कामदार र बबरमानको दुइवटा गाडिको साँचो खोसेर कब्जामा लिइन् । यतिमात्र होइन, उक्त महिलाले बबरमानलाई ज्यान मार्ने धम्की समेत दिएको स्वयमं बबरमानले बताए । उनको कम्पनी बौद्धमा छ । ति अनिशा बबरमाले काम गर्दै आएको कार्यक्षेत्र मलाई छोड भन्दै बबरमानमाथी खनिन आइन् । बबरमान भन्छन, म २० औ बर्षदेखि काम गरिरहेको क्षेत्र दाबी गर्दै मलाई दुव्र्यवहार भयो ।’
‘उनले भने, मलाई वडा कार्यलयमै मार्ने धम्की दिएको छ ।’ बबरमानलाई हमला गर्न अनिशा कुमारी तामाङसँग न कानुनी आधार छ न त कुनै प्रमाण छ । स्थानिय निकायले फोहोर व्यवस्थापन गर्ने अनुमती बबरमानलाई मात्र दिएको छ । उनको कम्पनिले नगरपालिकामा कर तिर्दै आएका छन् । अनिसा तामाङसँग स्थानिय निकायले दिएको अनुमतिपत्र छैन् । नगरपालिका वडामा हामी अन्यायमा प¥र्यौ भनेर पटक पटक बबरमानहरुले धाए पनि स्थानिय प्रशाशनले विवादको कुनै टुगाें लगाउने जवाफ दिन सकेको छैन् । स्थानियहरु भन्छन, बबरमानका कामदारलाई अनिशाले गुण्डागर्दिको शैलिमा थर्काउछिन् । बिहानै सफाइमा खटिने कामदारहरु यतिखेर अनिशाको डर मान्न थालेका छन् । बबरमानको सडकमा लुटिएको दुइवटा गाडि फिर्ता गर्न प्रहरी चौकि जाँदा उल्टै प्रहरीले बबरमानहरुलाई नैे थर्कायो । यतिसम्म कि डिएसपिले निवेदन लिन समेत इन्कार गरे । बौद्ध प्रहरी भोलिपल्ट बौद्ध चौकिमा पत्रकारहरु जाँदा पत्रकारका अगाडि डिएसपीले गाडि दिन लगाउछौ भन्यो । चाबि दिएर पठायो । पत्रकारहरु हिँडेपछि न गाडि दियो न न्यायको लागि पेश गरेको निवेदन नै चौकीले लियो । उनीहरु जस्ताको तस्तै रित्तो हात घर फर्के । आज १० गतेका दिन फेरि स्थानिय गोकर्णका मेयरले बबरमानलाई म १ बजे बोलाउँछु भनेर आश्वाशन बाँडे । न्याय पर्खिरहेका बबरमानलाई मेयरले आज पनि बोलाएनन् । यतिखेर बबरमानको न्याय हराएको छ । नेपालको संबिधानको धारा १७ ले प्रत्येक नागरिकलाई स्वतन्त्रतापुर्वक बाच्न पाउँने मौलिक हकको व्यवस्था गरेको छ । धारा ३४मा श्रमको हकको व्यवस्था गरिएको छ । के बबरमानजस्ता आमनागरिकले नेपालको संबिधानले दिएको अधिकार उपभोग गर्न पाउँदैनन हो ? होइन भने बबरमानले न्याय कहिले पाउने हाकिमसाब? गुणडागर्दिको संरक्षण आखिर कहिलेसम्म र किन? आमनागरिको शुरक्षाका लागि राज्य कोषको तलव भत्ता खाएका प्रहरी प्रशाशनले अन्यायमा परेका बबरमानलाई जवाफ दिन जरुरी छ ।