सोचाइको स्त्तर उच्च
स् महिलाहरू आफ्नो पति÷पत्नी जीवन्त र हँसिलो मुख भएको होस् भन्ने चाहन्छन् । हँसिलो श्रीमान् भयो भने सधै्रभरि रमाइलोमा नै जीवन बित्ने गर्छ । आजको तनावपूर्ण जीवनमा, यदि त्यस्तो साझेदार पाइन्छ भने जीवन खुसी हुन्छ।
एकअर्काप्रतीको कदर
अक्सर महिलाहरूको एउटै गुनासो हुन्छ, ’उनीहरूले मलाई बुझ्दैनन्।’ आजका महिलाहरू आफ्नो श्रीमान् आफूलाई बुझ्ने खालको होस् भन्ने चाहन्छन् । जसले उनीहरूको भावना, कामहरू, उनीहरूको समस्या आदि बुझ्ने खालका हुन् । आजको व्यस्त जीवनमा धेरै जोडीहरू एक अर्कासँग समय बिताउने मौका पाउँदैनन् । यस्तो अवस्थामा उनीहरूले आफ्नो जीवनसाथीको आवश्यकता बुझ्दैनन् । यदि तपाईं आफ्नो जीवनसाथीलाई खुशी देख्न चाहनुहुन्छ भने, एकले अर्कालाई बुझ्नुपर्छ ।
हरेक कुरामा साथ
महिलाहरू सधै आफूलाई सुरक्षित महसुस गराउन सक्ने जीवनसाथी चाहन्छन् । जससँग उनीहरू भावनात्मक मात्र होइन, आर्थिक रूपमा पनि सुरक्षित महसुस गर्छन् । केवल प्रेमको सहायताले मात्रै पूर्ण जीवन बित्दैन, यो कुरा आजका महिलाहरूलाई राम्ररी थाहा छ । त्यसैले उनीहरु त्यस्तो साथी चाहन्छन् जसले उनीहरूलाई मात्र प्रेम गर्दैन शारीरिक र मानसिक रूपमा पनि सुरक्षित महसुस गराउन सक्छन् ।
इमानदारिता
इमान्दारी प्रत्येक सम्बन्धका लागि धेरै महत्त्वपूर्ण छ, महिलाले यसलाई सबैभन्दा बढी महत्व दिन्छन् । उनीहरु आफ्नो साथीले सम्पूर्ण इमान्दारीको साथ सम्बन्ध कायम राख्न चाहन्छ । तपाईंको जीवनको हरेक राम्रो र नराम्रो अनुभव उनीहरूसँग साझेदारी गर्नुहोस् । तिनीहरूको सम्बन्ध पूर्ण पारदर्शी हुनुपर्छ । विज्ञहरू पनि विश्वास गर्छन् कि सफल विवाहित जीवनको लागि पुरुषहरू उनीहरूको सम्बन्धको बारेमा इमानदार हुनुपर्छ ।
प्रतिक्रिया