दिगो विकासको लागि शिक्षा नै संसारको पहिलो फ्रेर्म हो भनिन्छ ।
दिगो बिकाशका लागि हामीले हाम्रा प्राकृतिक स्रोत र साधनहरु जतन गरिराख्न जरुरि छ । अहिले चुरेको ढुगां, खोलाको बालुवा, पानी, बनजंगल जस्ता चिजहरु अमुल्य हम्रा सम्पत्ती हुन् । जसले हामीलाई जोगाइराख्न मदत गरिरहेका छन् । खोलाको बालुवा झिक्दा नदि अनियन्त्रित भई बस्तीहरु डुबानमा पर्ने गरेका समाचारहरु हाम्रा लागि नंया छैनन् । जग्गा पल्टीङगको नाममा डाँडाहरुमा जथाभाबि डोजर लगाँउदा एकातिर पहिरोको जोखिम बढछ भने अर्कातिर प्राकृतिक सौन्दर्यता हराएर जान्छ अर्थात बिग्रिन्छ एक सय बर्षपछिका भावी सन्ततीहरुको जनजविन पनि असहज बन्न सक्छ । दिगो विकास भनेको संयुक्त राष्ट्र संघको महत्वपूर्ण उदाहरण हो । दिगो विकासको अवधारणालाई संयुक्त राष्ट्रसंघ कमीशन रिपोर्टले “भविष्यको पुस्ताको आफ्नै आवश्यकताहरू पूरा गर्ने क्षमतामा सम्झौता नगरी वर्तमानका आवश्यकताहरूलाई पूरा गर्ने विकाश हो ।
दिगो विकासका चार आयामहरू छन् – समाज, वातावरण, संस्कृति र अर्थव्यवस्था – जुन एक अर्कामा गाँसिएका छन् । अलग छैन । स्थिरता भनेको भविष्यको बारेमा सोच्नको लागि प्रतिमान हो । जसमा वातावरण, सामाजिक र आर्थिक विचार सन्तुलित जीवनको सुधारको गुणस्तरको खोजीमा छन् । एक समृद्ध समाज आफ्नो नागरिकहरुको लागी खाना र स्रोतहरु, स्वच्छ पिउने पानी र स्वच्छ हावा प्रदान गर्न एक स्वस्थ वातावरण मा निर्भर गर्दछ ।
प्रतिक्रिया