जसरि शरिर दुख्छ त्यसैगरि मन पनि दुख्छ-मनोविमर्शकर्ता कन्चन रावत

जसरि शरिर दुख्छ त्यसैगरि मन पनि दुख्छ-मनोविमर्शकर्ता कन्चन रावत


डिप्रेशन कस्तो खालको रोग हो कुन अवस्थालाई हामी डिप्रेशन भएको रहेछ भनेर बुझन सक्छौ आज ग्रिनसिटि पोष्टले एकजना मनोविमर्शकर्ता कन्चन रावत संग यस विषयमा खुलेर गफ गरेका छौ प्रस्तुत वँहासंग गरिएको कुराकानि
डिप्रेशन के हो ? यो रोग हो कि होइन ?
जसरि शरिर दुख्छ त्यसैगरि मन पनि दुख्छ । यो वास्तवमा मानसिक स्वास्थ्य संग सम्बन्धीत रोग हो । हाम्रो शरिरमा लागेको विभिन्न शारिरिक रोग लागेमा समाजले विचरा रोग लागेछ भन्छ । क्यान्सर भयो डाइबेटिज भयो भने अस्पताल लगिन्छ आफन्तहरुले फलफुल ल्याएर दिने गर्छन माँया गर्छन तर मानसिक स्वास्थ्यमा समस्या आयो भने ए खुस्केछ भनेर बेवास्ता गरेको हुन्छ । डिप्रेशन के हो भनेर पत्ता लगाउने दुइ तिनवटा चरणहरु छ? जब  आशाविहिन बन्छ हरेक मान्छे केहि आशामा बाचेको हुन्छ नि त भोलि विहे गरौला, जागिर खाउला, आज भन्दा भोलि धेरै गरौला, ठुलो मान्छे बनौला भन्ने आशा हुन्छ । गर्दा गर्दा नसकेर उसको जिवनमा  त्यो आशा हराएको हुन्छ निराशाबादि सोच हुर्किन थाल्छ । तब उसले चारै तिर सबै गरेर पनि हुदैन भविष्य नदेख्ने सबैतिर कालै देख्ने  त्यस्ता व्यक्तिहरु धेरै अभ्यास गर्दा पनि आफुलाई असफल भएको महसुस गर्छन ।
आर्काे छ सहयोगविहिन महसुस गर्नु जता पनि धोकै धोका जसले पनि धोका देको छ । जसले पनि चिट गरेको छ । बाउआमाले पनि सहयोग गरेन, घरमा कसैले बुझदैन । आत्मसम्मानमा चोट पर्याे । निराशा छ एकदमै ठुलो चोट लागेर एकदम आत्तिएको हुन्छ के गर्ने के गर्ने हुन्छ मेरो कोहि पनि छैन सहारा भन्ने लागेपछि मान्छे डिप्रेशनमा पर्छ । मान्छे खान नपाए १० दिन बाच्छ । पानी नपाए तिन महिना बाच्छ, हावा नपाए ३ सेकेण्ड बाच्छ तर आशा नभए मान्छे एक सेकेण्ड पनि बाच्न सक्दैन । त्यै भएर डिप्रेशनका मान्छेहरु आत्महत्याको अवस्थासम्म पुग्छन । यो अवस्थालाई डिप्रेशन भनिन्छ ।
मलाई डिप्रेशन भएछ भनेर कसरि थाहा पाउने ?
जस्तै डिप्रेशनका विरामीले लगातार दुइ हप्तासम्म आफनो दैनिकि बिगारेको हुन्छ । विहान समयमै नउठने दाँत नमाझने, खाना नखाने, अफिस नजाने,घरको काम नगर्ने, उ सुतेर मात्रै बस्ने, शरिर दुख्ने मन भारि हुने, आत्तिने, खान मन नलाग्ने, कि धेरै खाने कि थोरै खाने, बाहिर निस्कन मन नलाग्ने निन्द्रा लाग्दैन अथवा दुनिया कामै नलाग्ने जस्तो लाग्ने । भनिन्छ नि कत्ति सुतेको बाहिर निस्क तिमी यस्तो मान्छे त थिएनौ भनेको हुन्छ नि त्यो किन भनेको भने घरका मान्छेले आफनो दैनिकी कार्यतालिका बिगारेर भनेको ढाडस दिन भनेको हुन्छ । डिप्रेशनको मुख्य समस्या भनेको आत्महत्याको विचार आउन थाल्यो । जिन्दगि बेकार छ । म बेकार जन्मीएको रहेछु भन्ने आयो भने डिप्रेशनको लक्षण हो । डिप्रेशनको विरामीले संसार खालि रित्तो कालै मात्र देख्न थाल्छ ।
मान्छे रिसाएको बेलामा किन झर्किने गर्छ किन रिसाउछ अथवा संयम हुदैन ?
भावना भन्ने कुरा संस्कारसंग जोडिएको हुन्छ । रिसाउनु हुन्न भनेर सिकाउने चलन छ यो एकदम गलत संस्कार हो । किन भने घरमा एकजना बच्चाले आफनो बुवा रिसाएको बेलामा जिम गर्न गएको उफ्रेको खन्न गएको त देखेको हुदैन । आमा बुवा रिसाको बच्चाले कुटेको देखेको छ बच्चाले त्यै सिक्छ । हाम्रो शरिरमा रिसाएको बेलामा शरिरमा एक प्रकारको उर्जा आउछ त्यो जन्मदैको शक्ति हो नि त्यो भनेको हार्माेन हो । बाआमाको हर्माेन त्यै बच्चासंग हुन्छ । त्यो हर्माेनले त तँपाइलाई एकछिन बस्नै दिदैन । शरिर काम्न थाल्छ । त्यो उर्जालाई उत्पादनमुलक काममा लगाउन सक्ने संस्कार छैन । त्यै भएर हामी थेरापिमा के गराउछौ भने आफना कुरा व्यक्त गर्न लगाने चिच्याउन लगाउने, नाच्न लगाउने लेख्ने, नुहाउने, पेन्टिङ गर्ने गर्न लगाउछौ । रिसाउने मान्छेलाई खत्तम रहेछ यो काम लाग्दैन भन्नुहुदैन । उसलाई एकदम व्यक्त गर्न लगाउन सक्नुपर्छ ।
डिप्रेशन भएछ भन्ने महसुस भयो भने जोगिन के के गर्नुपर्ला अथवा यसबाट बच्न साबधानीहरु के के हुनसक्ला ?
के बुझनुपर्याे भने तँपाइलाई यदि नरामा्रे सपना आयो । समाजमा आफनो प्रतिष्ठामाथि चोट लाग्ने डर भयो भने मनमा कुनै संकोच नबोकेर आफना मनको कुरा बुझने मान्छेलाई आफना कुरा बाडौ । सामाजिक प्रतिष्ठामा आँच आउने डरै नबोक्ने । साइको थेरापीस्टकोमा जाने । बरु अरुका कुरा काटने, त्यो पनि छैन भने नाच्ने उफ्रिने, विहान विहान आलु खाने मिठा मिठा खानेकुरा खाने साथिहरुसंग मन परेको ठाउंमा जाने ।
मान्छेले अर्काको कुरा किन काटछ । आफनो नकरात्मक विचारहरुले हो । अर्काे साथिको प्रगतिले पोलेर हो । यो पनि एककिसिमको भावना हो । यो सवालमा चाहि समाजले हामीलाई सरासर बिगारेको छ महत्वकाँक्षि बनाइदेको छ । तिमी ठुलो मान्छे बन भनेको छ नि त । तिमी भित्र जे छौ त्यसमा खुसि हुन भनिदैन । आफनो त मतलबै छैन । समाजले के भन्छ त बाहिर चिटिक्क बनेर देखाउ भनेर सिकाउछ । यो कारण पनि हामी अर्काको बहकाउमा हिडेर डिप्रेशनमा परेको हुन्छौ । हो त्यसैले आफु संग भएको शक्ति आफुले बुझनु पर्याे । खुसि हुने तत्वहरु आफैसंग हुन्छ ।
डिप्रेशनको समस्याको प्रकृती पुरुष महिलामा के कति फरक ?
के छ भने डिप्रेशनमा महिलाहरुको बढि समस्या छ भने आत्महत्यामा बढि केटा मान्छेहरु अगाडि छन किनकि पुरुषहरुले समाजमा रुन पाउंदैनन नार्मद मान्छ हाम्रो समाज । उनीहरुले आफनो समस्या व्यक्त गर्न सिकाएको छैन । केटा मान्छे बलियो हुन पर्छ भन्ने कुरा सिकाएको हुन्छ तर केटि मान्छेहरुले आफना समस्या जता पनि खुलेर राख्न सक्छन । महिलाहरु हिंसामा परेको हुन्छन तर पुरुषहरुको अवस्था झन दयनिय हुन्छ । यो कुरा समाजले बुझदैनन । त्यसैले पुरुषहरु बढि आत्महत्या गर्छन । पुरुषहरु रुने भनेको हार्टको समस्या हुदा शारिरिक पिडा हुदा मात्र हो जिवनको अन्तिम अवस्थामा मात्र ।
डिप्रेशनका कारणहरु के के हुन सक्ला?
तँपाइलाई थाइराइड छ, किडनीको समस्या छ भने आफै डिप्रेशन हुन्छ । अर्काे हार्माेनको कारण पनि हुन्छ । अर्काे खानपान मुख्यतया हाम्रो समाजको गरिबी, संस्कारका समस्या, छाउपडि दलित समुदाय विभिन्न कारण हुन सक्छन । आत्मसम्मानमा चोट पुगेका कारण र फरक खालको अभाबहरुले नै डिप्रेशन जन्माएको हुन्छ ।
खुल्ला आँखाले मन विकेन्द्रिकृत हुन्छ, मन विकेन्द्रित भयो भने पनि डिप्रेशन बढछ भनिन्छ नि ?
त्यो हो जस्तै ब्लाइन्ड व्यक्तिहरु आत्मकेन्द्रित हुन्छन । उनीहरु फोकजड भएर आफनै खालको दुनिया बनाउन सफल हुन्छन । मेरो आफनो अनुभबले के भन्छ भने अस्सि प्रतिशत शक्ति हाम्रो आँखामा जान्छ, हामी जे देख्छौ त्यै हाम्रो दिमागमा छाप पर्छ । आखा नहुनेहरु आत्मनिर्देशित हुन्छन, आत्मालाई सोधेर काम गर्छन । केन्द्रिकृत भएर काम गर्न सक्छन । त्यसैले अरु अगंले सक्रिय रुपमा काम गरेको हुन्छ र सोचाइमा गुणस्त्तरियता आउछ र सफलता आफै हाता लाग्छ ।
त्यसो भए आँखाले देखेका सबै सत्य होइनन ?
खुसिको सिमा समाजले निर्धारण गरेको छ । हामी खुसि बाहिरै खोज्न थाल्यौ । अमेरिका गए राम्रो हुन्छ । सरकारि जागिर खाए सुख पाउछौ । यो लगाए राम्रो हुन्छ । यो खाए समिठो हुन्छ भनेर हाम्रो मन अरुले भडाएको छ । जब आँखा चिम्लेर सोच्नुस तब शरिर र मन एक ठाँउमा ल्याइदिन्छ । खुसि हुने तत्व आफैभित्रबाट निस्किन थाल्छ । आफनो जिन्दगीमा आफनै उदेश्य हुनुपर्छ, अर्काको उदेश्यमा हिडन थालेपछि खुसि कदापि मिल्दैन । त्यसपछि त डिप्रेशन शुरु हुन्छ । सबै छ, पैसा पनि छ, जागिर छ ,आफन्त छन तर आफुले चाहेको काम गर्न पाएको हुदैन भने त्यो खतरनाक डिप्रेशनको कारण हो । हामीभित्र डपामिन सेरोटिन भन्ने हर्मान  हुन्छ । जब ध्यान गर्छाै त्यो हर्मान निस्किन थाल्छ । खुसि आर्फैसंग छ तर मान्छे अन्त खोज्न जान थाल्छ त्यै कारण पनि हो दुखि भइन्छ । अर्काे कुरा मन नपरेको काम गर्नुपर्दा पनि सुसाइड गर्छ मान्छे जापानमा धेरै आत्महत्या हुने कारण यहि हो । विश्वमा जापान धेरै आत्महत्या गर्ने देशमा पर्छ ।
डिप्रेशन न्युनीकरण कसरि गर्ने ?
एकदमै हामीले थेरापिमा वाक एण्ड टक भनेका छौ आफना कुरा सेयर गर । बरु कुरा काटने गर । हामीले थेरापिमा यो अभियान पनि चलायौ । लौ अब कुरा काट तर फेसबुकमा चाहि नराख है भनेका थियौ । त्यस्तै स्वस्थ खानपान गर, बेला बेला रगत जाँच गर । आफनो मन लागेको साथिसंग कुरा गर्ने जस्तै हामी चउरमा घाँस काटछौ सफा हुन्छ फेरि नँया पलाउछ सुदर सफा हुन्छ नि त्यस्तै सकरात्मक हुन सकरात्मक कुरा थपिराख्नै पर्छ ।
विभिन्न कारण मान्छे अधिकाँश यस्ता खालको विरामी छन ,राज्यले खासै प्राथमिकतामा राखेको छैन त्यसैले पनि यो रोग आत्मनियन्त्रण गर्नै पर्ने अवस्था समाजले पनि हत्तपत्त स्विकार्दैन कसरि आत्मनियन्त्रण उपचार गर्ने यो उपचार सम्भब कसरि ?
अब एउटा कुरा राज्यले त यो रोगलाई हेलचक्रयाई गरेको छ । राज्यले त यो शिर्षकमा जेरो पाइन्ट फाइभ प्रतिशत बजेट पनि छुटाएको छैन । मानसिक अस्पतालको हालत हेर्दा तँपाइ रुनुहुन्छ । विरामीहरु पहिलेभन्दा अलि आउछन अहिले मलाई यास्तो भयो भनेर आउछन । यो भुइचालो पछि आउन थालेका हुन । यो रोग हाइ प्रोफाइलका व्यक्तिहरुले झन लुकाएका देखेको छु । म नाम लिन चाहन्न मँकहा पनि आउनुभएको थियो एकजना हाईप्रोफाइल मान्छे उँहालाई डिप्रेशन भएको रहेछ भन्न सकिन भन्नुभयो । मलाई यस्तो भयो म आत्तिय भन्न सक्नुपर्याे भन्ने अभियानमा म छु । यसको पहिलो उपचार भनेको विरामीले स्विकार्नु पर्याे र इमान्दार भएर भन्न सक्नुपर्याे । हरेक व्यक्तीलाई एक न एकपटक डिप्रेशन हुन्छ । यसको राम्रो उपचार योग हो । योग भनेको मन र शरिरलाई एक ठाँउमा ल्याइदिन्छ । जस्तै मन एकातिर काम अर्कातिर हुन्छ । यो अवस्था पनि डिप्रेशन हो । म यता छु लौ घरमा के भयो भन्ने आत्तिने खालको अवस्थामा एन्जाइटि शुरु भयो भनेर बुझनुपर्याे । योगले यस्तो अवस्थालाई मन केन्दिकृत बनाउछ ।
कुन अवस्थालाई डिप्रेशनको अन्तिम अवस्था पागल अर्थात मानसिक विक्षिप्तता भएको अवस्था मानिन्छ ?
साइकोसिस्ट न्युराटिक भन्ने दुइवटा चरण हुन्छ । साइकोसिस्ट भनेको कडा खालको अवस्था ब्रेनमा नकरात्मक विचार आउन थाल्छ ब्रेनमा काम बन्द हुन थाल्छ कडा खालको मानसिक रागि हो । बर्बराउने गरेको कारण चाहि उसले सबै नराम्रो सबै मात्रै असत्य देख्न थाल्छ ब्रेनले सकरात्मक काम गरेको हुदैन ।
मानसिक विक्षिप्तताको रोगिहरुसंग समाज अलि परै बस्न खोज्छ विशेषगरि घरमा पनि यदि त्यस्ता भइहालेमा बाधेर राख्ने पागलखाना छोडने गरिन्छ काउन्सेलहरुले यो सामाजिक समस्यालाई कसरि चिर्ने हो ?
यो रोग शँका गर्ने रोग हो । मानसिक रोगिहरु आफुलाई हान्न आयो, मार्न आयो भनेर आत्तिएका हुन्छन । आफुलाई सिध्याउन लाग्यो भन्ने सोचेर अरुलाई हिर्काउन आउने भाग्ने गर्छन । मलाइ पनि धेरै पटक निधारमा हानिसकेका छन । कतिपय अवस्थामा औषधि दिएर राखिनुपर्छ । यसको उपचार अलि महँगो छ । परिवारमा कोहि मानसिक रोगि छन भने परिवार पनि डिप्रेशनमा जान थाल्छ । यो विषयमा राज्यले पनि सामाजिक जनचेतना दिन सक्नुपर्याे । अरुमा भर पर्ने, महत्वकाँक्षा राख्ने, घरमै बस्ने अल्छिपना बाट टाढा रहने गर्न सक्नुपर्याे । संस्कारले पनि स्विकारेको छैन ।
एकजना गर्भवति आमामा डिप्रेशन भएको भने बच्चामा के असर गर्छ ?
आमा गर्भवति भएको बेलामा जन्मिएको बच्चा अलि दुखि हुने हुन्छ यो त अन्तराष्ट्रिय अध्ययनले देखाएको पनि छ । आमा सकरात्मक भयो भने बच्चा अलि बाठा फ्रेस हुने हुन्छ । नेपालमा महिलाहरुमा आफनो शरिरमाथि आफनो अधिकार छैन । उसलाई छोरा जन्माउनुपर्ने घरको दवाव छ । त्यो प्रेशरले पनि आमा तनावमा हुन्छ आमामा नकारात्मक विचार आउन थाल्छ । बच्चा पेटमा भएको बेलामा आमाले एकदमै मायाँको कमि महशुश गरे भने आमाहरुले स्वस्थ बच्चा जन्माउन सक्दैनन । डिप्रसिभ आमाले डिप्रेशिभ बच्चा जन्माउछे त्यो बच्चाले कहिल्यै प्रगति गर्नै सक्दैन । बरु बच्चा पाउदै नपाए हुन्छ जन्माएर रोग भित्रयाउनुभन्दा त

डिप्रेशनका विरामी अपहेलित हुन्छन घर परिवार समाजबाट टाढिएका हुन्छन उनीहरुलाई हामीले आफन्तले के गर्ने?
याद राखौ आज उसलाई छ भोलि मलाइ पनि हुन सक्छ भन्ने कुरा । आफना कुरा भन्न लाज नमानौ । के भो त यो मैले बोलाको होइन मलाई यस्तो भयो लौ सहयोग गर्नुपर्याे भनेर सहयोग मागौ न बरु साइकोथेरापीस्टकोमा जाऔ । डिप्रेशन लुकेर बसेको ठुलो समस्या हो । यो बम हो जति लुकायो त्यति खतरा छ । त्यस्ता विरामीहरुलाई माँया चाहिएको हुन्छ । उसलाई माँया गरौ एकपटक छोइदियो भने पनि उसको आँखाबाट तररर आशु आउछ कारण उसलाई माँया नपुगेर हो ।

प्रस्तुती-पार्वती खड्का