‘ठुला कुराकानि गर्याै हाम्रै ढल चाहि धोबि खोलामा जान्छ-डाक्टर बिद्यानाथ कोइराला’

‘ठुला कुराकानि गर्याै हाम्रै ढल चाहि धोबि खोलामा जान्छ-डाक्टर बिद्यानाथ कोइराला’


वातावरणिय शिक्षाको विषयमा शैक्षिक पाठयक्रमले वातावरणिय समस्या हल गर्न सक्ला त ? भन्ने आशयमा आज शिक्षाविद डाक्टर बिद्यानाथ कोइरालाले ग्रिन सिटि पोष्टसंग गर्नुभएको कुराकानिको सम्पादित अंश राखेका छौ ।
अहिले वातावरणिय शिक्षाकै अभाबले वातावरणमा ह्रास भएको छ मान्नुहुन्छ ?
मेरो सेरोफेरो वातावरण भनेर पढाई हुन्छ । त्यो किन भनेको भन्दाखेरि सिकाउन हो । बरको रुख रोपे स्वर्ग गइन्छ भनिन्थ्यो । मन्दिरको वरिपरि रुख काटे कालि रिसाउछिन भन्नुको अर्थ रुख नकाट भनेको हो नि त । माटो नझरोस भनेर खेतमा गरा गरा बनाको छ । त्यो वातावरणिय शिक्षा होइन र? तपाई पढेको बिद्यालयमा चौरको कान्ला कान्ला छ त्यो कसले बनाइदेको हो ? पहिरो नजाओस भनेर उतिस रोपियो त्यो पनि वातावारण जोगाउन नै सिकाइएको थियो । उहिले उहिले वातावारण जोगाउन धर्मसंग जोडेर काम हुन्थ्यो । अहिले त्यस्तो छैन । पानिको पँधेरोमा बाटामा पिसाब नगर भनेर वातवरण नै सिकाइएको हो । हाम्रा पुर्खाले धर्मसंग जोडेर सिकाए अहिलेका मान्छेले केहिसंग पनि जोडेनन त्यसैले व्यवहारमा छैन बृक्षारोपन पढाउछ गर्न लगाउदैन् । उतिबेलाको नियम कानुन नै धर्ममा आधारित थिए । धर्म हुन्छ पाप लाग्छ भनेपछि मान्छेले आफनो काम गर्थे ।
उहिलेका मान्छे धर्मको डरमा नैतिकवान थिए अहिले छैनन भन्नु खोज्नुभाको होत?
धर्मको डर पनि नभन्नुस । त्यसरि लेभलिगं पनि नगरौ । त्यो बेलाको मान्छे त्यसैगरि जान्दथे । अहिले आफुलाई भौतिबादि र आफुलाई कम्युनिष्ठ भन्ने एकाथरि मान्छेहरुले धर्मलाई यि सबै कुरा हावादारि हुन भन्दिए । म त ति मान्छेहरु बदमासि हुन भन्छु । ति बदमासिहरुले गर्दा अहिलेका पुस्ता हिजोको जस्तोे संस्कृतीसंग टास्न पनि सकेन् । हिजो किन त्यसो गर्या रहेछ भनेर अनुसन्धान गर्न पनि सकेन् । विकल्प ल्याउन पनि सकेन् । अलमल चाहि हो डर भनेको होइन् । त्यो बेलाको मान्छे त्यसरि नै बुझथ्यो, मान्छे जस्तो ढंगको छ त्यस्तै कुरा गर्ने त हो नि होइन र ?
फोहोर फयाक्ने कुरा हो भन्ने बुझाई छ व्यवस्थापनको अभ्यास नदेख्दा चाहि अहिलेको पाठयक्रमले वातावरणीय शिक्षा सिकाउन नसकेको भन्ने अर्थ लागेन र?
हामी चाहि बेलुका राति कुचो लागाएर कसिंगर फाले लक्ष्मी भाग्छिन भन्ने मान्छे होइन त? त्यो कसिगंर लगेर रछयानमा राख भनेर सिक्याछौ त्यो ब्यवस्थापन त रैछ नि । अहिले शहरमा छौ के को रछयान पनि छैन् । मलखाडल पनि छैन् । नसिकाएको भन्न मिल्दैन् फलामको टुक्रा प्रयोग हुदैनथे । कतै सिसा भेटिए जुरुक्क उठाएर राखिदिन्थे । जम्मा पार्थे बाटो सफा गर्थे । हिजोको ढगंले आज काम गरेन् । हिजोको तरिका आजको परिबेशमा काम नगरेको चाहि हो । आजको भनेको तिन वटा छुटै बाल्टि राख समान भिन्नाभिन्नै राख भनेको छ । त्यो पहिलाको चलन चल्तिबाट आएको कुरा हो । अर्काे समस्या वायुप्रदुषण छ के गर्न सकिएला ?वायुप्रदुषण रोक्न हाम्रा पुर्खाले चरुहोम भनेर होम हाल्थे । चरु भनेको घिउ र चामल हालेर हुन्छ भन्दिए चरु होम्दा खेरि त्यहाँबाट आउने धुवांले ओजन लेयर बचाउछ वातावराण जोगाउछ ।
चरु नंया शब्द जान्न मन लाग्यो ?
घिउ चामल तिल जौ हालेर आगो बाल्ने काम हो यो विशेषगरि यज्ञमा हुन्छ । बायुपदुषण वातावरण मैत्रि बनाउछ । युरोप अमेरिकीहरुले क्लोरोफोलोारो कार्वन उत्सर्जन गर्छन बास्तबमा बदमासि त उनीहरुको हो । बदमासिहरु हामी पनि हौ घरमा फ्रिजहरु राख्छौ त्यसले पनि क्लोरोाफोलोरो कार्वन उत्सर्जन गर्छन् । क्यान्सरका फोक्सोका बिरामीहरु पनि बढिरहेका छन् ।
यज्ञ भन्न मन नलागे वातावरण शुद्धिकरण अभियान भनेपनि हुन्छ । जनता जनार्दनलाई सुचित गराउने हो । गाडिहरुको धुवा व्यवस्थापन हो । हिजोको मान्छेहरुले बढि गरेको भनेका रुख काटे आगो लगाए त्योति ठुलो होइन । रुख रोप्ने वायुमण्डलमा मान्छेहरुलाई असर नगरोस भानेर अग्लो चिम्नीहरु राखियो भने पनि हुन्छ । काठमाण्डौको बनावट कचौरा जस्तो छ जसले गर्दा खेरि आज दिउसोभरि भएको वायुप्रदुषण भोलि १२ नबजेसम्म निकल्नै सक्दैन ।

फोहोर व्यवस्थापनको समस्या त सबभन्दा धेरै काठमाण्डौ महानगरमा छ कुन कुन निकाय जिम्मेवार हुन जरुरि देख्नुहुन्छ ?सबभन्दा पहिलो त घरको मान्छे नै सचेत हुनुपर्छ भन्छु । दोश्रो चाहि चाइनिजहरुसंग एउटा डिजाइन छ जम्मै घरको फोहोर राखेर बत्ति बालेर भात पकाउने फलाम प्लास्टिकको रिसाइकलिगं गर्न सकिने रछ सिसाहरु गाल्न सकिने सम्भावना छ । टोल टोलमा डास्पिन राखिदिने गर्न सक्नुपर्याे । त्यो त नगरपालिकाले जान्नुपर्याे कहिलेकाहि म खोटाङका मदन राइ सम्झन्छु यो वागमति किन सफा गरेका हुन् । सबै खेत बारिमा मल हाल्न मिल्छ भन्नुहुथ्यो । हुन पनि हो एउटा पोखरि बनाएर पानि शुद्धिकरण गरेर मात्र खोलामा पठाए त भइहाल्थ्यो मल काम लाग्थ्यो त्यो मल त हामी पनि बोक्थ्यौ गमलामा हाल्न ।
ऐननियमहरुले आफुले फोहोर आफै व्यवस्थापन गरौ भन्छ तर कार्यन्वयन छैन के गर्न ठिक होला तपाइको विचारमा ?
साबुनको खोलहरु जम्मा पार्याे भने साबुन दिने चलन थियो । यस्तै अरुले पनि गरे भनेदेखि त हुन्थ्यो । अस्पताल तिर पहिल्यै सम्झौता हुनुपर्छ । ल इन्फोर्समेन्ट भन्छ । जस्तो मेरो बारिमा ६ इन्च भन्दा बडि घास भयो भने सरकाले काटिदियो २० डलर लाग्यो । उसको घास काटन भने त्यंहा कार्ड इन्ट्री नै हुदैन तेरो यति तिर्नुछ भन्दिन्छ कर लाग्यो नि त । हाम्रामा चाहि नियम बनाउने र भत्काउने मान्छे एउटै मान्छे हो । ओम अस्पतालले उत्पादन गरेको फोहोर उसले तह लगाउनुपर्याे नि । जुत्ता कारखानाले नदि बिगारेको छ । हामी यत्रा ठुला कुराकानि गर्याै । हाम्र्र्रै ढल चाहि धोबि खोलामा जान्छ । त्यो बेइमानि हो । सफल बनाउने प्रक्रिया हो नि । जबरजस्ति गर्ने पनि तरिका हो र? विकल्प दिने पो तरिका हो ।
प्रदुषण नियन्त्रण गर्न बिद्यालय शिक्षाले के विकल्प देला त ?
हाम्रा पुर्खाले ११ वटा शान्तीका कुरा गरेका थिए । देउ शान्ती, पृथ्बी शान्ती, बनस्पती शान्ती, गर्दा गर्दै भने बनस्पती शान्ती भनेपछि बोटबिरुवालाई गढबढ हुन नदिन औषधि हाल्नुभएन पृथ्बीमा अशान्त हने काम नगर भनेको छ । त्यो शान्तीको निम्ति म के गर्न सक्छु मैले के गर्न सक्दोरैछु मलाई के विकल्प छ त? हामी हामी समुदाय मिल्ने कुरा छ । शिक्षाले चेतना दिने हो गर्ने होइन् ।
शिक्षा भनेको त सबै जनशक्ति उत्पादन गर्ने मुल घर हो नि त कसरि नहुनु?
सिक्ने भनेको र गर्ने भनेको बेग्लै बेग्लै रैछ । आजै मैले पत्रिका पढेको थोरै पढेको मान्छेले धेरै पढेको मान्छे ठग्यो भन्यो विदेश जाने मान्छे धेरै पढेको पठाउने चाहि थोरै पढया रेहेछ । पढेको मान्छे बढि गडबढ गार्दाेरहेछ नि त वातावरणमा पनि त्यो मेलो हो । फोहोर फाल्ने धेरै पढेका छन धेरै पढेकाले धेरै बदमास गरे चिन्तन किन नगर्या होला यो धुवा नियन्त्रणको विषयमा बाटोमा मोटर चलाउनेले पनि सोच्नुपर्याे नि त
विदेशकै कुरा आयो विदेश जाने कुरा पनि शिक्षाले रोक्न सकेन किन् ?
तँपाइ रामेछापको बेथानमा अटाको भए यँहा किन आउनुभयो? म सिन्धुलीको दुम्जामा अटाको भए यँहा आउदै आउन्नथे मेरै छोरि विदेश गाकि छ्न् । म भन्छु यहि बस उसलाई चित्त बुझेन् । यँहा किन बसु के गर्ने मैले ? यस्ता मैले के गर्ने भन्ने मान्छेहरु लाई छोडदिनुपर्छ । क्युवाका मान्छेहरु अमेरिकामा पढन, काम गर्न प्लेन चार्टर गरेर विहान बेलुका आवाताजावात गर्छन् । उता प्लेन पनि उडयो अमेरिकाले पनि जनशक्ति पायो, आम्दानि पनि भयो । ग्लोबल भिलेज भनेको यहि हो । अनि हामीलाई चाहि के को आपत्ति? विदेश जानेले ल्याउन सक्नुपर्छ । एउटा बुद्धि, अर्काे पैसा अनि सिप इजरायलमा भाडा माझनेले किन आएर बाख्रा चराउछ । त्यो उसले सिप ल्याउन सक्यो ।
गोरु जोत्ने भनेको नोक्सान होइन मेशिनले धुवा फाल्छ । गोरुले थिच्ने र मेशिनले थिच्नेमा फरक छ नि, गोरुले दिशापिशाब निकाले त्यै माटोलाई काम लाग्छ । अहिलेका मान्छेले अर्गानिक खान्छु भनेको त फेरि गाइ पाल्न जा भन्या हो । फेरि ढिकि जातो गर भन्न खोजेको हो । हाम्रो विज्ञान त अचम्मको छ नि । पानि घटट बनाउने मान्छे कति वैज्ञानिक कसैले त भन्ला नि यसमा वैज्ञानिकता छ भनेर । हिजो पो साला घटटे भने त आज त उ वैज्ञानिक हो नि । हामी खोज्ने परिपाटिका संस्कारका मान्छे होइनौ । बज्यैको नाम नहुदा पनि ठिकै छ भनेर चित्त बुझाउने मान्छे नाम नराखे हुन्छ । बज्यैको नाम के हो थाहै छैन खोज्न पनि चाहदैनौ । बाजेकै नामले काम चालाउने संस्कारका मान्छे न पर्याै । हामी अध्ययन अनुसन्धान गर्नृपर्छ भन्ने चिन्तनको मान्छे नै होइनौ ।

प्रस्तुती–पार्वती खड्का