‘काठमाण्डौ त गोपिको कचौरा जस्तो छ’-डाक्टर सुरज कर्माचार्य

‘काठमाण्डौ त गोपिको कचौरा जस्तो छ’-डाक्टर सुरज कर्माचार्य


मान्छले राम्रो नराम्रो जे–जे सोच्छ । त्यो सबै उसको मष्तिकले अह्राएर गर्छ । मष्तिक स्वस्थ राख्न प्रशश्त अक्सिजन चाहिन्छ । यदि फोक्सो कमजोर भइदियो भने मष्तिकले प्रशश्त अक्सिजन लिन पाउंदैन र अस्वस्थ भइन्छ । वायुप्रदुषणका कारण फोक्सो र पेट, मुख क्यान्सरको समस्या हुने ब्लुलोटस अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सुरज कर्माचार्यले बताएका छन् ।
नेपालमा क्यान्सरका बिरामी कति छन् त भनेर ठयाक्कै डाटा छैन तर पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको एउटा जर्नलमा भनिएको छ । नेपाल क्यान्सर अस्पतालमा मात्रै सात हजार दुइ सय बाह्र जना क्यान्सका बिरामी छन् । यसमध्ये पनि महिलामा भन्दा पुरुषहरुमा बढि देखिएको छ । सात दशमलब तिन प्रतिशत पुरुषहरु क्यान्सर पिडित छन भने महिलाहरुमा तिन दशमलब आठ प्रतिशत मात्रै छ । यस्तै अध्ययन अनुसार मनिपाल हस्पिटलमा तिन सय सन्तानब्बे जना ग्यास्ट्रीक क्यान्सरका बिरामी छन । शिक्षण अस्पतालमा एक सय चालिस जना छन् ।
कर्माचार्यको दैनिकि दम वाथ फोक्सोेका बिरामीसंगै बितेका छन् । उनी भन्छन। ‘मानव शरिरमा सबैभन्दा बढि अक्सिजन चाहिन्छ । ब्रेनलाई शरिरको फंक्सन ज्युदो राखेको ब्रेनले हो । दमको विरामीहरुलाई लामो लामो श्वाश लिनुपर्ने कारण पनि फोक्सोले काम नगरेरै हो, । कर्माचार्यले भने’‘अक्सीजन सप्लार्र्इै गर्ने माद्यम फोक्सो हो ।
हाम्रो शरिरको सम्पुर्ण रिमोट कन्टे्रलको काम ब्रेन अथात मष्तिकले गरेको हुन्छ । शरिरलाई अक्सीजन चाहिन्छ । त्यो हावाबाट नै लिने हो । फोक्सो र मुटुको नङ र मासुको जस्तो सम्बन्ध छ ।
हाम्रो शरिरले लिएको अक्सिजन फोक्सोले लिन्छ । फोक्सोबाट शरिरलाई चाहिने अक्सीजन फिल्टर गरेर मुटुमा ट्रान्सप्लान्ट हुन्छ र मुटुले फेरि पनि फोक्सोमै फिर्ता पठाउछ र मुटुले शरिरको विभिन्न भागमा ब्लड सर्कुलेट गरिरहेको हुन्छ । यसरि हाम्रो शरिर साइकलिगं विधिबाट चलेको हुन्छ । मानवशरिरमा सबैभन्दा बढि अक्सिजन चाहिने ब्रेनलाई हो ।,
फोक्सोमै किन श्वाशप्रश्वाशको समस्या आएको होला भन्ने सवालमा कर्माचार्य भन्छन् । ‘फोक्सोले लिएको अक्सिजन ब्लडको थ्रूबाट शरिरको विभिन्न भागमा सप्लाइ हुन्छ ।’ ब्लडको साना हेमोग्लोविनले शरिरको होलबडि फक्सनमा अक्सिजनको ठुलो महत्व राखेको हुन्छ ।’
कर्माचार्य भन्छन् काठमाण्डौका हावामा कार्वनडाइअक्साइड बढि मात्रामा छ । अनुबन्धीत ग्ंयाशहरु बढि मात्रामा छ । रेफ्रिजेरेटर, गाडिका धुवाले वातावरणमा धुलोको कणहरु अत्याधिक मात्रामा छ । यसले श्वाशप्रश्वाशमा अब्सक्ट्रसन पैदा हुन्छ । काठमाण्डौको वातावरण प्रदुषित हुनुको कारण इटटाभटा गाडि रफ्रिजेरेटर धुलो प्रदुषण नै हो ।
मान्छेलाई वायुप्रदुषणका जोखिमबाट बच्न डाक्टर कर्माचार्य यसरी सुझाउछन् । ‘इटटाभटा नजिकैको घरको छतमा राति ठिक छ तर भोलिपल्ट हेर्दा पुरै कालो हुन्छ ।’ एउटा चुरोट खाने मान्छे र नखाने मान्छेको फोक्सोमा आकाश गंगाको फरक हुन्छ । त्यस्तै भटटाबाट निस्कने धुवां पनि चुरोटको धुवामा जत्तिकै निकोटिनयुक्त पदार्थ हुन्छ । चुरोट खाने मान्छेको फोक्सो कालो हुन्छ ।
मानव स्वास्थ्यमा अक्सिजन लिने कुरामा हावा शुद्ध हुनुपर्छ । हावामा श्वाश फेर्दा स्वच्छा हावा पाइदैन्। दुषित हावामा बालुवाका ग्ंयाशहरु उद्योगबाट निस्कने ग्ंयाशहरु कार्वनडाइअक्साइड हुने हुंदा श्वाशप्रश्वाशको माद्यमबाट यो शरिरमा सिधै प्रबेश गर्न थाल्छ । तब रोग लाग्न थाल्छ यति सम्झनुस कि ढोकामा कब्जा जाम नहोस भनेर तेल हालिराख्नु भयो सजिलै खुल्छ तर यसको बदलामा बालुवा हाल्नतिर लाग्यो भने कब्जा बिग्रिन्छ । त्यस्तै हो मानव शरिर पनि ।
डाक्टर कर्माचार्यलाई निस्सासीदा कुरा चाँहि काठमाण्डौको वायप्रदुषण लाग्छ । र भन्छन ‘काठमाण्डौमा त धुलो यति छ कि हामीलाई डर लाग्छ ।’ कसरि बाचेका छन मान्छे सामान्य खोकि लाग्दा पनि निको हुन महिनौ लाग्ने समस्या छ । यसको एउटा कारण स्मोकिगं पनि हो । दमको बिरामी चिसो ठाउं पोलुसनले निको नै नहुने कण्डिसन छ । एसियाको वन अफ द मस्ट पोलुटेड सिटि हो काडमाण्डौ । बाच्नै कठिन छ ।,
कसरि नियन्त्रण गर्ने त भन्ने सवालको जवाफमा उनले भने ‘नियन्त्रण गर्ने काम हामी डाक्टरको होइन सरकारले हो । एअरपोलुसन मापन भन्दा २५ गुण बढि छ । ‘काठमाण्डौ त गोपिको कचौरा जस्तो छ ।’ हावा सर्कुलेट हुन पाउदैन । मर्निगंवाक नजानुहोस रोगहरु सर्ला भन्ने डरले माक्स लगाइन्छ । बाटो हिडदा माक्स लगाउनुस् । हावाप्रदुषणको कारण सबैभन्दा बढि फोक्सोको बिरामी दमको रोगिहरु आउछन । फोक्सो कमजोर भएपछि यसले सम्पुर्ण अगंहरुलाई कमजोर पार्छ । नेपालमा वायुप्रदुषणका कारण मुटु कलेजो फोक्सो मष्तिकघात जस्ता नसर्ने रोगका बिरामि बढिरहेका छन् ।
–पार्वती खड्का