मैले भने—यो कुरा नगर हाम्रो समुदाय फरक छ । बुवाआमाले यो कुरा मान्नुहुन्न
उसले भन्यो–अरे यार बुवा आमा कतिन्जेल बाच्छ भनत?
यो संवाद उसको र मेरो थियो । उ मेरो विद्यालय पढदाखेरिको असल साथि थियो । उ अगाडि बेन्चमा बसेर हिसाबमा ध्यान दिन्थ्यो । गणित विषय मलाइ एकदमै काउसो लाग्थ्यो । म हिसाब त गर्थे तर मेरो एन्सर कहिल्यै मिल्दैनथ्यो । उ जहिल्यै मेरो एन्सर मिलाइदिन्थ्यो । सरले ब्लायाकबोर्डमा लेख्न लगाउदा म फरक्क फर्केर उसैको मुखमा हेर्थे । उसको इशाराले मलाइ सरको कुटाईबाट कैयौपटक जोगाएको थियो । अरु पिरियडमा खासै वास्तै हुदैनथ्यो । उ मेरो हिसाबको छिनोफानो गरिदिने न्यानो साथि थियो । तराई समुदायबाट आएर हो कि किन हो उ सोझो लाग्थ्यो । निर्दाेष लाग्थ्यो त्यसैले होला सबैले उसलाई हासिमजाकमा उडाउथे । साथिहरुले तँलाइ कुटछु भन्दा उ हुन्छ भन्थ्यो ।
एसएलसिको परिक्षा सकिएको दिनदेखि उ मसंग बेखबर थियो । अहिले पनि धेरैजसो साथिहरु बेखबर छन ।
सुन्धाराको गल्लिबाट पैदल हिडेर निस्कदै थिए, करिब दश बर्ष पछाडि मेरो मोवाइलमा उसको फोन आयो । नँया बिदेशको नम्बरबाट उसले आफनो नाम बताउदै भन्यो चिन्यौ ? धेरैपछि उसले यसरि मलाई फोन गर्ला भन्ने मनमा कतै अलिकति पनि साचेको थिइन ।
मेरो रत्नराज्य लक्ष्मी क्याम्पसमा मास्टर सेकेण्ड सेमेस्टर चल्दै थियो । उसले इण्डियामा इलेक्टिक इन्जीनियरिङ गर्दै गरेको कुरा बतायो । एवंम रितले उसको फोन आउने क्रम बाक्लिदै गयो । उ भद्र शालिन थियो । मसंग मधेसी लवजमा बोल्थ्यो । एकदिन उसले मलाई बिहेको प्रस्ताब राख्यो । अब हामी बिहे गरौ यो कुरा कसैलाई पनि नभन है, कस्सम यार म तिमिलाई असाध्यै मन पराउछु ।
मैले यो कुरा त्यतिखेरलाई हासेर उडाए, तर उसले अर्काे पटक पनि उसले त्यसैगरि त्यहि शब्द दोहोर्यायो ।मलाई पर्ख प्लिज म एकवर्षमै आइहाल्छु नेपाल, तब त तिमीसंग बिहे गर्छु सत्य भनिराछु, मैले यो पटक पनि उसलाई जिस्काएर भने ह्या मधिसे तिमी बहुलायौ कि क्या हो । म तिम्रो साथि मात्र हो । पटक–पटक उ मसगं बिहेको कुरा गथ्र्याे । एकदिन मैले उसलाई सरासर सोधे तिमी मेरो के कुरा मन पराउछौ हँ? उसले उताबाट भन्र्यो तिमी सोझी लाग्छ राम्री लाग्छ, त्यै भएर हो ।
मेरो कतै पनि उसंग बिहे गर्ने मनसाय थिएन । उ भने एकोहोरो बिहेको मात्र कुरा गरिरहन्थ्यो । म भडासिन थाले । मन पोल्न थाल्यो । यो कुरा एकजना साथिलाई गएर सुनाएकी थिए । उसले गज्जबको आइडिया सिकाईदिएकि थिइ । केटोलाई माग्न आइज भनत, मैले साथिको आइडिया सापट मागेर उसलाई त्यसै भने ठिकै छ तिमी बुवा लिएर माग्न आउनु है मेरो घरमा ।
उ यति सुनेपछि अक्मक्कियो र मलाई भन्र्यो त्यसो होइन तिमी चाँहि आउ मेरो घरमा मलाई माग्न, हाम्रो चलन अनुसार केटिले हामीलाई माग्न आउनुपर्छ । उसले मलाइ रोक्दै भन्यो यदि तिमिलाई अप्ठेरो लाग्छ भने तिमी मात्र आउ बुवालाई ल्याउनुपर्दैन ।
मैले सोधे अनि दाइजो नि ?
दाइजो हाम्रो तिर त मोटरसाइकल नभएसम्म केटाले भातै खादैन । मैले फेरि सोधे तिमी के गर्छाै मैले तिमीसंग बिहे गरे भने तिमी पनि त दाइजोको डिमाण्ड गर्छाै होलानि ?
उसले भन्र्यो म त पढाइको आधारमा दाइजो लिने हो डिग्रि पास गरेको केटिसंग त दाइजोको मलाई मतलबै छैन, उसले भन्यो मेरो बुवा स्कुलको प्रिन्सीपल हुनुहुन्छ । मलाई यस्तो कुरामा वास्ता गर्नुहुन्न, मैले बिहे गरे भने स्विकार्नुहुन्छ । उसले अझै उक्सायो मलाई. रामेछाप खुबै मन पर्छ, म त्यहि जग्गा किनेर घर बनाउछु । अनि बुवा आमा नि, हाम्रो बुवाआमा मान्नुहुन्न यो कुराले, घरको खुसि खोसिन्छ त्यसैले यो कुरा नगरौ न है भन्दा उसले मधेसि लवजमा मेरो जवाफ फर्कायो । ‘अरे यार, तिनिहरु कति दिन बाच्छ भनत? मलाई उसका तर्क सुनेर हाँसो उठयो । हुन पनि उसका कुरा हासो लाग्दा थिए ।
म तिमीसंग बिहेका लागि उपयुक्त छैन भनेर धेरै पटक सम्झाएको थिए तर पनि अँह केटो पार लागेन । बरु उल्टै मसंग गफ गरेर उसले आफनो सपनाको आकार बढाइरहेको हुन्थ्यो । उसले आफनो समय बर्वाद गरिरहयो । उसको हरेक सवाल बिहेको हुन्थ्यो र कुनै हालतमा मसंग बिहे नगरि नछाडने भन्थ्यो । लौ माग्न आइज न त भन्दा पनि उसैको घरमा मेरो बुवा लिएर जानुपर्ने माग राख्छ ।
तराइ समुदायमा केटि पक्षले केटाको घरमा गएर छोरिको बारेमा प्रस्ताब राख्नुपर्ने चलन रहेछ । मेरो घर परिवार र मलाई हुर्काएको परिबेशले यो पक्कै पनि सम्भब हुन दिदैनथ्यो । अब मसगं उसैसंग उम्कनुबाहेक अरु विकल्प नै थिएन । मैले नक्कली बहाना झिक्न बाध्य भए , र उसंग पन्छिने निधो गरे ।
एकदिन मैले उसलाई भने ‘तिमी मेरो बारेमा केहि सुन्दैनौ ?
मेरो व्याइफ्रेण्ड छ । त्यसैले तिमा्रे प्रस्ताब अस्विकार गरिराको छु सरि ल । उ बिदेशमा छ कसरि धोका दिउ भनत ?
उसले मसंग अत्यन्तै समझदारिता देखायो र भन्यो ठिकै छ हामी राम्रो साथि थियौ र भोलि पनि हुनेछौ, साथिको सुचिबाट मलाइ कहिल्यै नहटाउ है । यहि भनेर फोन राखेदेखि उसले मलाइ कम फोन गर्न थाल्यो । भावनात्मक रुपमा उ टाढियो । उ असल साथि हो अहिले उ टाढा भएर पनि म उसको नजिक छु, उसले साथिको सम्बन्ध भने निभाइरहेको छ । मसग बेलबखत फोन गरिरहन्छ । टिपिकल भाषामा तेरो व्याइफे्रण्डको खबर के छ भनेर सोध्छ । बिचरा उसलाई के थाहा र ? मैले नभएको कुरा छ भनेर उमाथि झुटको खेति थुपारिरहेको छु भनेर ।
हुनत यो भन्दा पहिले पनि मैले मेरो बिहे भइसकेको छ भनेर धेरैलाई ढाटेको छु । उ पहिलो व्यक्ति त होइन तर ज–जसलाई ढाटेको थिए उनीहरु कस्ता थिए थाहा छैन तर उ भने मेरो असल साथि हो । प्रिय साथि मलाई माफ गर तिमीलाई ढाटिरहेको छु । तिमिले यो सबै पढिसकेपछि छि कस्तो साँघुरो सोचाइ रहेछ भन्छौ होला हगि? भन म साँघुरो या फराकिलो जुन एङगलबाट हेर्छाै तिमिले त्यस्तै देख्छौ । अनि अर्काे कुर्रा तिमीलाई थाहा छ नि बिवाहा व्यक्तिगत मामला मात्र होइन यो त सामाजिक मुल्य मान्यता बमोजिम हुन्छ । घर परिवार भन्दा अलग सामाजिक नियमको घेरा भन्दा बाहिर रहेर तिमी र म कसरि खुसि हुन्थ्यौ भनत साथि ? तिमी मेरो एकदमै नजिककका साथि हौ । दुख पर्दा म तिमीलाई सम्झन्छु । तिमी जस्तो मान्छेलाई मैले अस्विकार गर्नुपर्ने कुनै कारणै छैन । कसैले मिठो बोले भने म तिमी सम्झन्छु । त्यसैले भन्दैछु फेरि पनि मलाई माफ गर साथि ।
-पार्वती खड्का
प्रतिक्रिया