वल्र्डलिंकले शे फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ । निःशुल्क वाइफाइ सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाही र वल्र्डलिंकका अध्यक्ष श्री दिलीप अग्रवालले गरेका हुन् । उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक श्री मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत श्री केशव नेपाल शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख श्री निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि श्री चन्द्र बहादुर घर्ती लगाएतको उपस्थित थियो ।
सो उदघाटन समारोहमा बोल्दै वल्र्डलिंक कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष श्री दिलीप अग्रवालले भने “नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको बताए । कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्र्तगत, नेपालको मुख्य पर्यटकीय स्थल फोक्सुण्डो ताल जसलाई विश्वभर शे फोक्सुण्डो तालको नामले समेत चिनिन्छ । हिमाली ताजा र सफा पानीले भरिएको यो ताल नेपालको धेरै गहिरो र ठुलो ताल हो । यो ताल यसको मन्त्रमुग्ध सुन्दरताको लागि विश्व प्रसिद्ध छ ।
प्रतिक्रिया