आजको मौसम

आजको मौसम

Parbati

पश्चिमी न्युनचापीय प्रणालीले नेपाल भरि नै असर पारिरहेको छ । कतिपय ठाउंमा मार्च महिना भरि पर्ने औसत बर्षा भन्दा १०० देखि २०० प्रतिशत सम्म बढी पानी परेको छ । उच्च हिमाली क्षेत्रमा ब्यापक हिमपात पनि भएको छ। यो साता देशभरका विभिन्न स्थाहरु मौसमी प्रणालीले नेपालमा सबैभन्दा धेरै डडेलधुरामा १२३ मिमि बर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । दिपायलमा ११५ मिमि, बिरेन्द्रनगरमा १०२ मिमि, जुम्ला र धनगढीमा ८५ मिमि, भैरहवामा ४० मिमि, नेपालगञ्जमा ३३ मिमि, दाङमा २७ मिमि र काठमाडौमा ४७ मिमि बर्षा भएको महाशाखाले जनाएको छ । कर्णाली नदीको हिमाली क्षेत्रमा पहिरो गई नदी थुनिएको छ । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा पर्ने तराई भुभागमा कुनै प्रभाब पार्न सक्ने देखिंदैन। कर्णाली नदीको असाराघाट तथा चिसापानी नदीको बाढी पूर्व(सूचना केन्द्रमा समेत पानीको बहाब उक्त स्थानमा तय भएका चेतावनी तह भन्दा ज्यादै कम रहेको र आजबाट सुधारिंदो मौसमी अवस्थाले पनि बहाब घट्दै गएको छ । कर्णाली नदी तटको माथिल्लो पहाडी क्षेत्रमा बसोबास गर्नैहरु सबैमा सतर्क रहन जल तथा मौसम विज्ञान विभागको पुर्वानमान महाशाखाले सुचना जारी गरेको छ ।