ग्रिनसिटी पोष्ट संवादाता ।
काठमाण्डौ । कोरोना भाइसरको दोश्रो लहरले सुरुमै आक्रान्त पारेको मुलूक भारतमा यो साता संक्रमणदर ९ प्रतिशतले मात्र वृदी भएको छ भने मृत्यृदर चांहि २० प्रतिशतले बढेको वल्डोमिटरले देखाएको छ । नेपालमा १०१ प्रतिशतले संक्रमणदर बढेको छ भने मृत्युदर ११९ प्रतिशतले बढेको देखाएको छ । हिजोसम्म नेपालमा १६७ प्रतिशतले मृत्युदर देखाएको थियो जुन दक्षिण एसियाकै नेपाल पहिलो हो । पहिलो लहरले थला राखेको युरोपियन मुलुकहरुमा यो लहरबाट स्वास्थय सजगता अपनाएका छन् जसका कारण मुत्युदर पनि घटदै गइरहेको छ । अमेरिकामा मृत्युदर ७ प्रतिशतले घटेको छ भने संक्रमण दर पनि १६ प्रतिशत घटदै गएको छ । फ्रान्समा पनि संक्रमणदर २६ प्रतिशतले घटेको छ भने मृत्युदर पनि २२ प्रतिशतमा झरेको छ । त्यस्तै बेलायतमा ४८ प्रतिशतले मुत्युदर घटेको छ भने ९ प्रतिशतले संक्रमणदर पनि घटेको छ । यस्तैगरि सानो देश माल्दिभ्समा ७५ प्रतिशतले संक्रमण दर बढेको छ भने मृत्यृदर १०० प्रतिशतले बढेको देखिएको छ । साउथ अफ्रिकन मुलुक लेसोथोमा ३०० प्रतिशतले मृत्युदर बढाएको छ भने पश्चिमी अफ्रिकन मुलुक ब्रुर्किना फासो भन्ने देशमा त्यंहाका ४०० प्रतिशत नागरिकहरुमा मुत्युदर बढाएको छ । युरोपियन मुलुकहरुमा मत्थर हुदै गएको र एसियन अफ्रिकन मुलूकहरुमा मौलाउदै गएको कोरोनाले विश्वभरिमा यो साता ५५ लाख ५६ हजार ७४२ संक्रमण भएकाहरुमध्ये ५७ लाख ५५ हजार ८४२ संक्रमित निको हुदैं गएको छन भने ९० हजार ३०८ को यहि साता कोरोनाका कारण मुत्यु भएको छ ।
प्रतिक्रिया