किन सेलायो वागमती सफा अभियान

किन सेलायो वागमती सफा अभियान


पार्वती खड्का
वागमती एक खोला मात्र होइन । पानीको स्वच्छातासंगै पबित्रता गासिएको छ र त खोलालाई गंगा मानिन्छ । पबित्र गंगामा दुर्गन्धित ढलले अपबित्र बनाएको छ । हिन्दु परम्पराअनुसार खोलालाई पुजा आजा गरि जल खाने र मरेका आत्मा जलबाट सहजै पार हुने विश्वाशले गर्दा खोला अथवा नदि किनारामा अन्त्यष्टि गर्ने परम्परा छ । खोलानालामा फोहोर गरे नाग लाग्छ भन्ने बुढापाकाहरुको भनाइभित्र यहि वैज्ञानिकता लुकेको हुनुपर्छ । बाक्लो शहरको क्रियाकलापभित्र वागमती भने स्थिर छिन् । खोलाले मलाई यता लैजा उता लैजा केहि पनि भन्दैन । न त फोहोर भयो नै भन्छ । एकाथरि फोहोर टिपिरहेको छ र अर्काथरि फोहोर फालिरहेको छ । हामीले फोहोर भनेर फालिएका प्लास्टिक, कपडा मरेका पशुपन्छी र अनियन्त्रित ढलले गर्दा खोलाको वास्तविक शोभा हराएको छ । शनिबार एक दिन अभियन्ताहरुले फोहोर टिप्छन तर फेरि उस्ताको उस्तै हुन्छ । खोलामा फोहोर फाल्ने क्रम बाक्लीएको छ । सडक चोक सार्वजनिक ठांउहरु फोहोरमुक्त हुन सकिरहेको छैन् । खोला किनारामा फालिएका फोहोरहरु टिपेर  मात्रै सफा राख्न पक्कै पनि सम्भब छैन् । काडमाण्डौमा जनघनत्व जति बढयो त्यति नै वागमती फोहोरले गह्रौ हुने गरेको छ । २०७१ सालमा तत्कालिन मुख्यसचिब लिलामणि पौडेलले वागमती सफाइ अभियानमा जागरुक भएर लागेका थिए । कलाकार पत्रकार समाजसेवी सबैले साथ पनि दिएका थिए । तत्कालिन शहरि बिकाश मन्त्रालयका सचिब किशोर थापाले पनि सक्रियता प्रस्तुत गरेका थिए । एक शनिबारमा करिब तिनसय जनाको सहभागिता हुने गथ्र्यो तर आजका मितीसम्म आइपुग्दा त्यो भिड हराएको छ ।
वागमती सफा बनाउन अभियन्ताहरुको बलमा मात्रै सम्भब छैन् भन्ने कुराको गतिलो प्रमाण हो यो । फोहोर श्रोतमै वर्गिकरण गर्न सके खोला किनारामा फोहोर टिपेर अभियन्ताहरुले सास्ती व्यहोर्नुपर्दैनथ्यो । नदि खोला नाला र शहर आफैमा सफा शहर हुने थियो । फोहोर उत्पादकहरुले आफनो फोहोर आफै व्यवस्थापन  गरे भने फोहोर व्यवस्थापन सम्भब छ । चकलेट चाउचाउ र बिस्कुटका जस्ता जङ फुडका खोल व्यवस्थापनमा सम्बन्धीत उद्योगले आफनो दायित्व निभाएको छ त ? यँहा फोहोर व्यवस्थापनको समस्याको जरो हामी आफै भित्र छ । फोहोर व्यवस्थापनको बारेमा हाम्रो घरशिक्षा नै कमजोर छ । बिद्यालयहरुमा पनि फोहोर फयाक्ने बारेमा सिकाइन्छ फोहोर व्यवस्थापनको विषयमा खासै पाठयक्रममा पनि समेटेको पाइदैन् । हामीकँहा फोहोर उत्पादकलाई मात्रै जिम्मेवार बनाउन सके भने शहर आफै सफा हुन्छ । शनिबार लिलामणि पौडेल र किशोर थापाहरुको टोलि फेरि पनि वागमती खोलाकिनारामा फोहोर टिप्दै गरेको देखियो । एघार नम्बरका वडाअध्यक्ष हिरालाल तण्डुकारले खोला नाला सफा हुन नसक्दा पितृलाई पिण्डादान गर्न पनि असहज भएको सुनाए । अहिले अभियन्ताहरुले अभियानको मोडालिटी परिवर्तन गर्ने भनेका त छन् तर कस्तो भन्ने कुरा स्पष्ट छैन ।  पुर्व मुख्यसचिब लिलामणि पौडेलले वागमती सफाई अभियानमा अपनत्वको भावनाले काम गर्नुपर्ने बताएका छन् । वागमती सफ गर्ने अभियान शुरु भएको सात बर्ष पार गरिसक्दा अभियन्ताहरु पातलिएका छन् । खोलानालामा ढलनिकाशको समस्या ज्युँका त्यँु छन् । पशुपति आर्यघाट वरिपरि त झन फोहोरको कुरै नगरौ । पर्यटकिय स्थल आफैमा दुर्गन्ध र फोहोरले घेरिएको छ । त्यहि नजिकै वागमती सभ्यता एकिकृत सुधार परियोजना छ । वागमतीको रुपले यो संस्थालाई गिज्याइरहेको छ । कुरा खोलानालाको मात्र होइन कुरा सभ्यताको हो हामी कती सभ्य छौ भनेर केलाउन सरसफाई नै पहिलो सुचक मानिन्छ । बिकसित देशहरुमा फोहोरबाट आम्दानी गर्ने गरिन्छ । हामीकँहा त डम्पिङसाइट भरिएको छ । नागरिकहरुमा फोहोर जथाभाबि फाल्ने आद्धत परेको छ । सरोकारवाला निकाय काठमाण्डौ महानगर मौन छ । यस विषयमा महानगरका बिद्यासुन्दर शाक्य मिडियासंग कुरा गर्न पन्छिने गर्नूहुन्छ । अनि कसरि सम्भब छ फोहोर टिपेर वागमती सफा गर्न?