हराएको मेरो साहुजीको कथा

हराएको मेरो साहुजीको कथा


‘तँपाइ अरु भन्दा क्याप्याबल लाग्छ । आफनो आयतन आफै बढाउन सक्नुहुन्छ । भो जागिर तिर नलाग्नुस ।’ यो शब्द मेरो कानमा अझैसम्म पनि गुन्जरिहेको छ । यो लकडाउनको बेलामा म बेरोजगार भएर राजधानि काठमाण्डौमा बसिरहदा यहि शब्दले चिच्याएर बोलाउछ मलाई । र मनले भन्छ केहि सानो व्यापार गर पार्वती । उसको कुराले मेरो आत्मबल पक्कि घर जस्तै बलियो भएको थियो । मनमनै प्रश्न गर्न मन लाग्थ्यो । साच्चै कोहि कसैले म भित्रको मलाई यति चाडै कसरि चिन्यो होला?
उसको र मेरो भेट मात्र एकपटक भएको छ । भृकुटीमण्डपमा जुत्ता मेला लागेको थियो । म जुत्ताको साइज छान्दै लगाउदै गरेर बाहिर निस्कदै थिए गेटैनेरको ठुलो पसलको जुत्तामा मेरो आँखा पर्यो । म त्यहि जुत्ताको भाउ सोध्न तिर लागे । मैले जुत्ता सुम्सुम्याउदै गर्दा साहुजीले जुत्ता बलियो छ, लगाउनुस, टिकाउ हुन्छ एक बर्ष केहि हुदैन भने, मैले समातेर जुत्ता लगाइ हेरे साइज मिल्यो । मुल्य एक हजार थियो मलाइ साहुजिले आठै सयमा मिलाइदिए । मैले साहुजिलाई बिल मागे । बिलमा नम्बर थिएन । साहुजीले बिलको पछाडि नम्बर लेखिदिएका थिए । म त्यँहाबाट निस्के । मेरो बसाइ होस्टेलमा थियो । होस्टेल पुगेपछि नँया जुत्ता लगाएर काकाको घर टिकाथलि निस्के । त्यो दिन बन्द थियो हिडदै जानुपथ्र्यो । हिडदा हिडदै जुत्ता बाटोमै च्यात्तियो । म सकसले घर पुगे ।
बेलुका बिल झिकेर हेरे पछाडिपट्टि साहुजिको नम्बर थियो । मैले फोन गरेर भने ‘मेरो जुत्ता च्यात्तियो साहुजि, साटिदिनुस न है, उताबाट हासो सहितको आवाज आयो ‘होर ल ल्याउनुस भोलि म साटिदिउला । मैले फोनमा जुत्ता साटने कुरा गरेको देखेर ‘काकीले भाइबहिनीसंग भन्नुभयो । देख्यौ त?, दिदि जस्तै बाठी हुनुपर्छ ।’
भोलिपल्ट मेरो जुत्ता साहुजिले साटिदिए । म खुसिले दगं परेर घर फर्के । बिहान कलेज अनि दिउसोभरि एफएममा कामपछि बेलुका घर फर्कदाँ थकाइले शरिर लखतरान हुन्थ्यो । खासै फुर्सद नै हुदैनथ्यो । किप्याड फोन फेरेर भर्खरै नँया कलर्सको पाँच हजारमा एउटा फोन किनेको थिए । कहिलेकाहि फेसबुक चलाउथे । म्यासेज स्क्रोल गर्दै जादा अपरिचित मान्छेको म्यासेज रिक्वेस्ट देखे । मलाई खासै वास्ता लागेको थिएन् । त्यो म्यासेज धेरैपटक आयो तर मैले देखेर पनि रिप्लाई गर्न मन लागेको थिएन् । फेरि त्यहि आइडिबाट हेल्लो सिस्टर देखे । म कस्तो सकरात्मक भए । यो मान्छेले केटिमान्छेलाई कति राम्रो रेस्पेक्ट गर्दोरहेछ जस्तो लाग्यो । मैले हाई भने फ्रेण्ड रिक्वेस्ट पनि असेप्ट गरिदिए । मैले टाइप गरे । ‘तँपाइ कता दाजु? यसको रिप्लाईमा ‘म जापान भनेर आयो ।’ उताबाट जापानको लोकेशन देखाइरहेको थियो ।
उताबाट मेसेज आयो मलाई चिन्नुभयो त सिस्टर ? मैले प्रोफाइल खोलेर हेरे । उ त्यहि जुत्ता साहुजी रहेछ । मैले यताबाट रिप्लाई गरेर लेखे । अँ चिने । तिनै साहुजीले मेसेन्जरमा कहिलेकाहि फोन गर्थे । ति साहुजी आफु कम बोल्ने अरुका कुरा बढि सुनिरहने गर्थे । म कतै दूइ चार दिन अफ लाइन भइहाले भने अनलाइन आउने बितिक्कै म साहुजीको पहिलो मेसेज देख्थे । ‘तँपाइ कँहा जानुभएको थियो ? म शहरबाट दूइदिन घर जाँदा पनि मेरो बारेमा चासो चिन्ता गर्ने तिनै साहजी मात्रै थिए । साहुजीको र मेरो खासगरि व्यक्तिगत भन्दा पनि राजनितिक विषयमा कुरा हुन्थे । देशलाइ कस्तो छ भनेर साहुजि मसंग कुरा सुरु गर्थे । एकदिन कुरै–कुरामा साहुजीले भनेका थिए । ‘जोसंग धेरै कुरा हुन्छ नि त्यहिसंग लभ परेको हो, । मैले त्यतिखेर साहुजीको डिप्लोम्याटिक शब्दको अर्थ बुझेकै थिइन् । साहुजी र मेरो बिचमा धेरै नै कल हुन थाल्यो । जागिर र व्यापार कुन ठुलो भन्ने सवालमा हामी खुब बहस गथ्र्यौ । हामी बिच खुबै सिर्जनात्मक कुराकानि हुन्थ्यो । उसंग गफ गर्दा मलाइ त लाग्थ्यो कि म कुनै राम्रो किताब पढिरहेको छु ।
व्यापार जागिरको विषयमा कुरा हुदै गर्दा साहुजिले मलाई जेरि जस्तै घुमाएर गुलियो पारामा भने ‘तँपाइ त क्याप्याबल हुनुहुन्छ । आफनो आयतन आफै बढाउन सक्नुहुन्छ । अनि किन जागिर खानुहुन्छ ?’ यो सुनेपछि मलाई वरिपरि राखेका लोकसेवाको मोटा किताब भन्दा पनि उ साहुजिका कुरा पो मोटा र गहकिला लाग्थ्यो । उसका हरेक कुराले मलाई तान्यो साहुजीले जे बोले पनि मलाई सयमा सय नै लाग्न थाल्यो । म उसलाई सुन्दै गए । झन साहुजीले मलाइ त बेलाबखत यु आर ओरिजिनल पनि भनिदिन्थे ।
साहुजीले कहिले पनि भिडियो कल गर्दैनन थिए । जुत्ता किनेदेखि छुटिएको लगभग तिन बर्ष पछाडि साहुजीको भिडियो कल आयो । म अच्चममा परे । कसरि हुनसक्थ्यो । साहुजी झुक्किए कि भन्ने पनि लाग्यो । म मेरो बहिनीको छोरा सानो बाबुसंग गफ गर्दै थिए । उसको कल बटन थिचेर क्यामेरा छोरापट्टि फर्काइदिए र मैले भने मेरो छोरा छ नि । म त बिबाहित हु । साहुजी हासे अँह पत्याएनछन क्यारे सायद । किन भिडियो कल गर्नूभयको साहुजी भन्दा साहुजिले भने म पहिले जापानमा अर्कै प्रान्तमा थिए । खासै समय हुदैनथ्यो । त्यहि भएर हो अहिले मिल्छ । मेरो एकजना साथी नेपाल सरकारको कर्मचारि छिन् । उसैसंग गफिदै गर्दा ति साहुजीले फोन गरेका थिए । मेरी साथीले त्यतिखृेरै मेरो सातो खाएकि थिइ त को हो ? त जोसंग पनि किन बोल्छेस कसैलाइ विश्वाश नगर है भन्दै जगिंइ । हुन पनि उ मेरो अम्ब्रेला जस्तै छे । त्यतिखेरलाइ मैले उसका कुरा एक कानले सुने अर्को कानले उडाइदिए ।

हामी भने बिस्तारै हामी आफना व्यक्तिगत कुरा पारिवारिक कुरा सेयर गर्न थाल्यौ । श्रावन महिना थियोे । बाहिर पानी परिरहेको थियो । विहानै म्यासेन्जरमा फेरि पनि उहि साहुजीको कल आयो । साहुजीले मलाइ भने । ‘ल बस्नुस म डिउटि जान थाले है । कुरो नसकिदै भने एउटा कुरा भनौ ? मैले हुन्छ भने उताबाट आवाज आयो । ‘हामी बिहे गरौ है ? मैले भने मेरो एकपटक बिहे भइसकेको छ ।
उताबाट फेरि निर्धक्कको साथ आवाज आयो । फेरि अर्कोपटक गर्नुपर्छ है । त्यसपछि मेरो जवाफ सकियो, फोन काटियो । साहुजिका मसंग बिहेका कुरा तन्किदै गयो । मैले अर्को पटक बाजा बजाउनुपर्छ है त भनेर डिमाण्डेड बनिदिए । त्यसपछि उताबाट आवाज आयो । सल्लाह गरौला नि । यस्तै यस्तै कुरा चल्दा(चल्दै दशै तिहार आयो मलाई उप्रति निर्धक्क विश्वाश गर्न गाह्रो थियो । मलाइ सिर्फ उसको नाम मात्र थाहा थियो । न हामी सधै भेटेको साथी संगीं न संगै पढेका, न त गाँउघरको चिनेजानेको कुनै साहिनो सम्बन्ध थियो । कुनै हिसाबले पनि मलाई विश्वाश गर्न सजिलो छदै थिएन् ।
एकदिन मैले उसको फेसबुकको पासवर्ड मागे । उनले हत्तपत्त दिन इन्कार गरे । दुइ दिनपछि पासवर्ड दिए । साहुजीले मेरो पनि मागेर लगेका थिए । मेरो उदेश्य उसको फेसबुक हेरेर कुरा भएको आधारमा उसलाई जज गर्नु पनि थिएन् । मेरो उदेश्य त उसले म प्रति कति विश्वास गरेका छन भनेर मप्रतिको उसको धारणा बुझनु मात्र थियो ।

उसको फेसबुकको पासवड पाएपछि मलाई एकदमै खुसि लाग्यो । उसको फेसबुकमा के–के छ को–को छ खासै वास्ता लाग्दैनथ्यो । हामी अडियोमा लामा–लामा गफ गथ्र्यौ स्क्रिन टच भएर कतिखेर कतिखेर अननेसेसरि गू्रूप बनिसकेको पत्तो हुदैनथ्यो । त्यो हटाउन मैले उसको फेसबुक खोलेको थिए । त्यँहा कसै९केटि०को म्यासेज थियो । जहिल्यै अनोदर कल है के गर्दै छौरु कँहा बिजि हुन्छौ हरु हेल्लो डियर तिमीहरु रातभरि पढथ्यौ मलाइ पनि पढने आइडिया देउन डियर, मेसेज यस्तै यस्तै खालका थिए । मैले अरु पनि म्यासेज हेरे । उस९केटि०को पुरानो आइडिबाट भएको कन्र्भसेसनमा पुगे त्यँहा पनि उहि केटिको म्यासेज थियो को–को छौ कोठामा? म आउदैछु है अनि यताबाट रिप्लाई थियो । ‘ग्रयाप्स ल्याएको थिए । तिमी आएनौ सकियो ।’ यावत कुरा थिए । यो सबै देखिसकेपछि मैले सोचे जे थियो त्यो उसको पास्ट थियो ।

मनमनै सोचे साथी मात्र होला । बेलुका उसैको जब कल आयो । मैले स्क्रिन सर्ट पठाए । केहि टेक्स्ट सहित पुरानो सम्बन्धको खाता बेलैमा बन्द गरेको राम्रो है भनेर लेखे । उताबाट कल आयो मलाई उठाउन मन लागेन् ।
मैले फोन उठाइन् । उसको मेसेज आयो । ‘अबुइ के भनेको यो त साथि मात्र हो ।’ केहि समयपछि मैले आफै फोन गरे अँह उठेन् । हासो लाग्यो । बच्चाले लुकामारि गरेजस्तो पनि लाग्यो ।
केहि समयपछि उताबाट म्यासेज आयो तँपाई यो म्यासेजमा फेल हुनुभयो । तँपाइ खुसि हुनुस है लास्ट वर्ड फरम माइ साइड भनेर म्यासेज आयो । मैले सोचे उसले मेरो परिक्षा लिररहेको रहेछ । मैले हुन्छ भनेर रिप्लाई गरे ।

उसको फेसबुक खोल्न खोजे इनकरेट पासवर्ड भन्यो । त्यस दिनदेखि हाम्रो कुराकानि पनि बन्द भयो । आत्मग्लानि भयो मलाई, म चुप बस्न सकिन अनि मैले उसलाई सरि मागे तर पनि अँह साहुजीले मलाई सरि दिन एक शब्दपनि खर्च गरेनन् । यस विषयमा न कुनै केहि कुरोकन्तो नै गरे । यसैगरि दिन बित्यो ।, महिना बित्यो । मेरो म्यासेज सिन हुन्थ्यो तर कहिल्यै पनि रिप्लाई हुदैनथ्यो ।, तर पनि उप्रति म कति पनि नकारात्मक थिइन् । र छैन पनि किनकि मैले ति साहुजीको दुख–सुख सुनेको छु । दुख सबैलाई बाडने हिम्मत आउदैन् । र सबैलाई बिसाउदै हिडने कुरो पनि होइन तर मलाई साहुजिले सबै कुरा भनेका छन् ।

साहुजी अहिले मबाट गुमनाम हराएका छन् ।
मलाई बिश्वाश छ मेरो यो अनुभुतिसहितको लेख तिनै साहुजिका आँखामा अबश्य पनि कुनै दिन पुग्लान् । साहुजी तँपाइको पसलबाट ल्याएको जुत्ता त फाटिहाल्यो । जुत्ताको हिसाबकिताब बाट शुरु गरेको सम्बन्ध झण्डै शिरमा पुग्नै आटेको थियो त्यो पनि जुत्ता जस्तैगरि फाटयो । मैले जतन गर्न सकिन् साहुजी तँपाइलाई लाग्यो होला कि अब चाहि यो सम्बन्ध घाटामा जाने भो हैन त ? जुत्ताबाट शुरु भएको सम्बन्ध छरिएर यता उत्ता भए होलान ।, त्यसमा मेरो केहि गुनासो पनि छैन् । तर मनबाट शुरु भएको सम्बन्ध चाहि जतन गर्नुहोला है साहुजी । मान्छेको भावना पोखिए पछि जुत्ता जस्तो गरि सिलाउन पनि मिल्दैन रहेछ के गर्ने साहुजी ।

मलाई विश्वाश छ कि पक्कै पनि तँपाइ आफनो संसारमा खुसि हुनुहुन्छ होला । अनि मैले तँपाइलाई जवरजस्ति खोजेर बोलाएर डिस्टर्व गर्न पनि चाहिन भनौ या सकिन् । किनकि साहुजी मलाई पनि थाहा थिएन म तँपाइलाई यति धेरै माया गर्न थालिसकेको छु भनेर । तँपाइ मसग सम्पर्कबिच्छेद हुदा खुसि हुनुहुन्छ भने म चाहि किन बोलाउ साहुजी तँपाइलाई ? तँपाइको खुसिलाई मैले मेरो जिवनको उच्च प्राथमिकतामा राखेको छु । तँपाइ जस्तो आफनो मेहनेतमा विश्वाश गर्ने मान्छे थोरै छन यो संसारमा । यो सम्झनुस तँपाइ मौरि हो फुलमा जानुुहुन्छ । झिगाँजसरि अर्काको झुठो थालमा रमाउने तँपाइको स्वभाव नै छैन । यदि मैले जिवनमा व्यापार गर्न सके भने पहिलो उर्जाको श्रेय तँपाइलाई नै जानेछ ‘साहुजी’ । प्रिय साहुजी, तँपाइलाई नँया जिन्दगीको फेरि पनि शुभकामना ।
उहि तँपाइको पुरानो व्यापारिक साथी
-पार्वती खडका