रजस्वलापछि महिलाहरुलाई किन सामाजिक संस्कारले अलग झोलामा राख्छ ?

रजस्वलापछि महिलाहरुलाई किन सामाजिक संस्कारले अलग झोलामा राख्छ ?


 

पहिलोपटक महिनावारि भएको थिए । हजुरआमाले काइयो माग्नुभयो । मैले काइयो दिएको थिए । हजुरआमा काप्न थाल्नुभयो ।  त्यो देखेर मेरो होस उडयो म सेकेण्डरि मान्छे हो, म यतिबेला तुच्छ काम  नलाग्ने भएको छु भन्ने जस्तो भान परेको थियो । यि हरफहरु मनोपरामर्शविद कन्चन रावतले  हामीलाई सुनाएको अनुभब थियो ।

यो प्रश्नले तँपाइ प्रत्येकसंग उत्तर मागिरहेको छ । महिलाहरुले महिनावारि नबार्दा साच्चै कुल रिसाउलान त ? मेरि आमा रजस्वला हुंदाखेरि घरबाहिर गोवर, घाँस स्याउला, मेलोपात सबै गर्नूहुन्थ्यो । घरभित्रको काम हजुरआमाले धान्नुहुन्थ्यो । हजुरआमाले आमालाई मझेरिमा राखेर अलग्ग भात पस्केर दिनुहुन्थ्यो । मैले बुझने भएदेखि त्यस्तो बेलामा म कहिल्यै पनि आमाको  नजिकै जादिनथे । आमाले पनि कहिल्यै भन्नुभएन कि मलाई छुदा केहि पनि हुदैन । मेरो बुझाइमा आमालाई छुन जानुहुदैन भन्ने मात्र थियो ।

कक्षा पाचको परिक्षा आउनै लाग्दा  पल्ला घरका खतिवडा बाजेले यस्तो बेलामा किताब छुदा पाप लाग्छ भनेर आफनी छोरिलाई ४—५ दिन पढनै पठाउदैनथे ।

अलि पहिल्यै स्कुले समयमा मसंगै बेन्चमा बस्ने साथी रजस्वला भएकि थिई । उसले मलाई झुट बोल्न लगाएर उ स्कुलबाट घर भागेकि  थिई । धेरैले उ रजस्वला भएको कुरा थाहा पाइसकेका रहेछन । उसको बेन्चभरि ब्लड थियो । कसैले उप्रति सहानुभुतिले हेरेनन बरु उल्टै मुखामुख गरेर उसको खिसिटिउरिमा उत्रिएका थिए । त्यो किन भएको रहेछ अहिले बुझदैछु कि त्यतिबेला हाम्रो घर शिक्षा त्यस्तै थियो ।

मैले छोएको भरमा घर बिटुलो हुने र कुल रिसाउने कुराले म त्रसित थिए । मैले एकदिन आमाको आँखा छलेर  आमाले नछुनु भनेका जति सबै छोइदिएको थिए ।  मलाई त्यतिबेला प्रमाणित गराउनु थियो कि म बिटुलो  थिइ कि थिइन भनेर  जान्न मन थियो । जब म घर छोडेर क्याम्पस पढन शहर आए । आफन्तकँहा केहि समय बस्दा मैले अत्यन्तै फरक अनुभव बटुलेको छु । हाम्रो परिवारभित्र शिक्षितहरु पनि छन । जो यो परम्पराको अँधेरोबाट बाहिर निक्किन सकिरहेका छैनन ।  त्यहि दिनदेखि शिक्षाले अन्धविश्वाशको जरा ओखलिन्छ होला भन्ने मेरा विश्वाशको घरलाई भत्कायो  ।

अब म ६० जोडन ३ बिसा चाहिन्छ नानी भन्ने आमाबाट यस्तो कुरामा के अपेक्षा गरुम? महिनावारि रितपुर्वक बार्ने कुरामा मलाई मेरो बुवाले होइन मेरि आमाले सिकाउनुभएको थियो ।  प्राय घरभित्र पुरुषहरुले भन्दा बढि महिलाहरुले नै यो कुरामा निटिखुटि गरिरहेका हुन्छन । हाम्रा परम्परा प्रथा संस्कारले महिलालाई घुमाउरो तरिकाले पित्तृसत्ता हावि गराइदिएको छ  ।

फक्स न्यूजमा कार्यरत एकजना अमेरिकी पत्रकार मेगन केलिले काम गरिरहेको कार्यकक्षमा रजस्वाला भइकि थिइन । उनी रगताम्य भएपछि कार्यकक्षबाट बाहिरनुपरेको थियो । पहिलो रिपल्किन राष्ट्रपती बहसमा डोनाल्ड ट्रम्पले यो कुरा स्वीकारेनन बरु उनले केलीको पिडालाई मजाकमा उडाए र भनेका थिए केलीको नाकबाट रगत बगेर बाहिर निस्केको हुन सक्ने अनुमान लगाएका थिए ।यो बहसले अमेरिकामा एकपटक खुबै खैलाबैला चलेको थियो ।  पश्चिमा देशहरुमा महिला र पुरुषबिचमा श्रमको प्रतिश्पर्धा हुन थाल्यो ।

यस विषयमा फेलिस स्लाफली नामक एकजना दार्शनिकले महिलाहरुमा हार्मोन कमजोर हुने कारण बराबर रुपमा उत्रिन अयोग्य भएको बताएकि थिइन । हुनत धर्म संस्कारविनाका समाज  संसारमा कतै पनि नहोला तर त्यहि धर्म र संस्कारको कारण महिलाहरुलाई अलग्ग झोलामा राखिनु गलत हो ।

मलाई पनि यहि समाजले हुर्काइरहेको छ । रजस्वलाका समयमा महिलाहरु चुलोचौको र घरधन्दाबाट अलग रहने प्रचलन छ । अझ सुदुरका महिलाहरु त छाउपडिको पिडामा छन । छाउगोठमा बस्दा बर्षेनी अकाल मृत्यृबरण गरिरहेका  छन ।

भारतका हिन्दूहरू र नाइजेरियाका केही जनजातीको यहूदी र इस्लामीक समुदायमा रजस्वला भएको समयमा महिलाहरुबाट रोग सर्नै डरले  परिवारबाट अलग राखिन्थ्यो अहिले पनि त्यो प्रथा कायमै छ । नेपाल र भारतको राजस्थान, साथै इन्डोनेशिया, बंगलादेशमा रजस्वला भएको महिला परिवारबाट अलग्याइन्छ ।  खाना पकाउन वा सम्पर्कमा आउन अनुमति दिइदैन । जापानको शिन्टो धर्ममा  चाहि यो समयमा महिलाहरुले नुहाइधुवाइमा ध्यान दिनुपर्ने र खाना पकाउन अनुमति छ । मन्दिर प्रवेशमा रोक लगाइएको हुन्छ ।

जुन प्रक्रियाबाट मान्छे जन्मिन्छ त्यहि कुरा हामीले लुकाइरहेका छौ ?  हामी महिलाहरु रजस्वला हुदा शारिरिक पिडामा हुन्छौ, त्यसमाथि फेरि परिवारबाट अलग्याइदा झन मानसिक पिडा थपिन्छ । यस विषयमा इलिनो विश्वविद्यालयको  महिला स्वास्थय विज्ञान विषयका प्राध्यापक अल्मा गोट्टलिबले रजस्वला महिलाहरुको जादू हो भनेकी थिइन उनले भनेकि थिइन शरिरबाट बग्ने रगतबाट नै महिलाहरु मासिक धर्म र विज्ञानको अनुभब गर्छन ।

-पार्वती खड्का