विश्वबैंकले भन्यो-अमेरिकामा भन्दा जापानले धेरै फोहोर उत्पादन गर्यो

विश्वबैंकले भन्यो-अमेरिकामा भन्दा जापानले धेरै फोहोर उत्पादन गर्यो


 

संयुक्त राज्य अमेरिकामा  प्रत्येक नागरिकले प्रति वर्ष औसत ८०८ किलोग्राम फोहोर उत्पादन गर्छन यो भनेको लगभग एक टन हो । जापानका नागरिकहरूले यसको दोब्बर फोहोर उत्पादन गर्ने गरेका छन । २०१९ को सेप्टेम्बर महिनामा विश्वमा उत्पादन हुने फोहोरको मात्रा धेरै नै बढेको विश्व बैंकले एक अध्ययन रिपोर्ट मार्फत सार्वजनिक गरेको छ । २०५० सम्ममा करिब ७० प्रतिशतले बढन सक्ने  सक्ने विश्व बैंकले भनिसकेको छ । उक्त रिपोर्टमा भनिएको छ, विश्वमा प्रतिदिन  दुई अरब टन फोहोर उत्पादन हुने गर्दछ, यसो हुनुमा जनसंख्या वृद्धिलाई  एउटा कारण मान्न सकिन्छ । विकसित राष्ट्रहरू फोहोर व्यवस्थापन गर्न बेवास्ता गरिरहेका  छन यसले गर्दा  संसारका मान्छेले वातावरणीय विपत्ति झेल्न बाध्य छन ।

विश्वको सूचकांक हाइलाइट गर्दा, यो तथ्यांकले आउदा पुस्ता मात्र होइन आउँदो दशकहरूमा हाम्रो ग्रहलाई समेत असर पार्नेछ ।विश्व बैंकको शहरी विकास विशेषज्ञ र रिपोर्टका प्रमुख लेखक सिल्पा काजाले भने, फोहोरलाई ठीकसँग व्यवस्थापन गर्न आर्थिक समस्या छ ।  फोहोर व्यवस्थापनले स्वच्छ वातावरण र मानव स्वास्थ्यका लागि पैरवि गरेको हुन्छ ।  पृथ्बी मानिसहरुको घर हो । घर स्वस्थ हुन मानिसहरुकै लगाव चाहिन्छ ।  हामी विभिन्न  समाधानहरू अवस्थित देशहरुलाई फोहोरव्यवस्थापनमा मद्दत गर्न तत्पर छौ ।

विश्वमा ३६ देशहरु छन जसले आफ्नो देशमा उत्पादित फोहोर व्यवस्थापन निम्न बमोजिम गरिरहेका छन ।

 

चाइनामा प्रतिबर्ष प्लाष्टिक प्रदुषण ८८२० टन छ । इन्डोनेशियामा ३२२० फिलिपिन्समा १८८० भियतनाममा १८८३० टन प्लास्टिक प्रदुषित बनेका छन । प्लास्टिक प्रदुषणले क्यान्सरको खतरा निम्त्याउछ ।

अमेरिकामा

संयुक्त राज्य अमेरिकाको ठोस फोहोर उद्योगले झण्डै ६ अरब अमेरिकी डलर राजस्व आर्जन गर्ने गरेको छ । नगरपालिकाको  फोहोरलाई घरपरिवारले उब्जाउने फोहोर भनेर चिनिन्छ ।

फोहोरमेला व्यवस्थापनलाई नियमण गर्न  ईपीआर  भन्ने एउटा संस्था छ ।  मानिसहरुलाई वातावरणीय नियमहरूको सम्बन्धमा सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय ऐन नियमहरु पालन गर्न बाध्य पारिएको  हुन्छ। आमनागरिकले उत्पादन गरेको फोहोर आफै व्यवस्थापन नगरे कम्पनीको सेवासुविधामा समेत कटौति गरिदिने प्रावधान छ ।   व्यवसायिहरुले दर्ता वा इजाजतपत्र लिन, फिर्ता गर्न, डिस्पोजल र रिसायकल गर्न, त्यसको रिपोर्ट तयार गरि बुझाउनैपर्ने हुन्छ ।  वितरक थोक बिक्रेता र खुद्रा विक्रेता आयातकर्ताहरू  आपूर्ति श्रृंखलाका सबै पक्षहरू फोहोर विद्युतीय र इलेक्ट्रोनिक उपकरण, ब्याट्री र प्याकेजि यलको राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनबाट उत्पन्न कानुनी दायित्व पालन गर्न बाध्य छन्।

श्रोत-विश्वबैकं
-पार्वती खड्का