जतिसुकै महामारि परेपनि दु;ख मोलेर जनता बचाउछौ-मेयर बासुदेव थापा

जतिसुकै महामारि परेपनि दु;ख मोलेर जनता बचाउछौ-मेयर बासुदेव थापा


लकडाउनका समयमा पनि अहोरात्र खटेर आफना नगरबासिहरुलाइ महामारिबाट बचाउन लागिपर्नूभएका एकजना लोकप्रिय व्यक्ति सुर्यविनायक नगरपालिकाकका मेयर बासुदेव थापासंग ग्रिनसिटि पोष्टले समसामयिक विषयमा रहेर कुराकानि गरेको छ । प्रस्तुत छ, कुराकानिको सम्पादित अंश ।

प्रतिकुल समय छ महामारिले देशमा लकडाउन चलेको छ, तँपाइले नगरवासिलाई के कस्ता सेवा दिइरहनुभएको छ त ?
हामीले नगरवासिहरुलाई घर बाहिर ननिस्किन आह्वान गरेका छौ । ननिस्किकन नहुने काम छ भने मास्क लगाउने स्गानिटाइजर लगाउने शुरक्षित भएर बाहिर जानुस भनेका छौ । हामीले नगरप्रहरि हामी जनप्रतिनिधि मिलेर जनचेतना दिने र ठाँउठाँउमा किटनाशक औषधि छर्कने काम गरेका छौ ।
विकाश निर्माणका काम समयमै सकाएका छौ । विगत वर्षमा केहि ढिलाइ हुंदा जनताको भनाइ खानुपरेको थियो । विकाशका काम पनि गर्ने भनाइ पनि खाने गर्न त राम्रो भएन नि, भनेर हामीले यसपाली लगभग काम सकायौ । हामीले जनतालाई सुख दिने हो नि त दुख दिने भनेर त आएको होइनौ, त्यसैले पन्चानब्बे प्रतिशत काम सकियो प्रदेश र संघबाट आएका केहि काम मात्र बाकि छ । अत्तिमहत्वपुर्ण कामहरु दुरि कायम गराएर कालोपत्रे र ढलानका काम सम्पन्न गरेका छौ ।
सुर्यविनायकमा कोरोना संक्रमणको अवस्था कस्तो छ?
संक्रमण बढन नदिन क्वारेन्टाइनको व्यवस्था गरेका छौ । विदेशबाट आउनेलाई प्रतिदिन एक हजार तिरेर होटलमा बस्ने व्यवस्था गरेका छौ । सुर्यविनायकको क्वारेन्टाइनमा बस्दा पैसा परेन होइन होटलमा बस्छु भन्दा एक हजार प्रतिदिन तिरेर बस्ने व्यवस्था गरेका छौ । नगरवासि र भाडावालहरुलाइ सुर्यविनायकको क्वारेन्टाइनमा पैसा नतिरि बस्न पाउछन । अन्य जिल्लाको हामी राख्दैनौ ।
महामारिको समयमा पनि विकाश निर्माणका काम रोकेनौ भन्नुभयो, तँपाइलाई शुरक्षित हुनुपर्छ भन्ने लागेन ?
मरिन्छ कि भन्ने डर लाग्यो, हाम्रो पनि परिवार छ । हामीलाई पनि ज्यानको माया छ तर पनि नगरवासिलाई बचाउनु हाम्रो पहिलो कर्तव्य हो । दुख मोलेर भए पनि हामीले आफनो काम गर्नुपर्ने हाम्रो बाध्यता हो । हामीलाई त कुनै दिन पनि लकडाउन छैन । मास्क स्यानिटाइजर प्रयोग गर्याै । दुरि कायम गरेर काम अगाडि बढाएका छौ ।
नगरवासिहरुले के कस्ता सेवा सुविधाहरु पाए त ?
हामीले विकाश निर्माणका काम गरिरहदा केहि नगरवासिलाई रोजगारि पनि मिलेको थियो । खान नपाउनेहरुलाई राहात बाडेका छौ । अतिआवश्यक बाहेक त्यस्तो केहि काम भएन । पुल हाल्ने खानेपानिको काम भयो । बाटो घाटोका काम भइरहेका छन ।
महामारि र भोकमरि संगसंगै छ कति राहत बाडनुभयो?
नगरपालिकाले १० हजार घर धुरिलाई राहत बाडेका थियौ । भाडावाल र ज्याला मजदुरि गर्नेहरुलाई पहिलो चरणमा राहत बाडेका थियौ । दोश्रो चरणमा छुटफुट भएकाहरुलाई दिने काम भयो घर धनिलाइ भन्दा पनि बाहिरबाट आएर डेरा गरि बस्नेहरु नहुने वर्गलाई केन्द्रिीत गरेर बाडेका थियौ ।
३ बर्षे कार्यकालसम्म के के काम गर्नुभयो त?
म जनप्रनिधि भइसकेपछि मेरो अग्रसरतामा नगरपालिकाले ४५ वटा ऐन कानुन बनाएर कार्यन्वयन गर्याे । सबै वडामा आफनो भवन बनाएका छौ । नगरपालिकाको भवन थिएन । अहिले आफनै भवनमा छौ । ४४ कोठे भवन शिल्यान्याश गर्याै । ११ वटा पक्की मोटर पुल सम्पन्न गर्याै र ५ वटा क्रस पुल १ वटा झेलुगेंपुल ३१.५ किलोमिटर कालोपत्रे २५.५ किलोमिटर ढलान र ३० किलोमिटर रिपेरिगं वाल लगायौ । १० वटै वडामा घर भत्केका विद्यालयहरुलाई भवन बनाइदियौ ।
तँपाइले गर्नुभएको यो कामबाट तँपाइका नगरवासि कतिको सन्तुष्ट छन त?
हिजो नगरसभा सम्पन्न भयो । मैले यहि बुझे कि मेरो कामबाट आजसम्म सबैजना एकदम सन्तुष्ट रहेछन । मैले राजनितिक दल पत्रकार बुद्धिजिबी साना देखि ठुलासम्म सबैलाई समेटेर सबैको सल्लाहबमोजिम आफनो काम अगाडि बढाएको छु ।
अबको बजेट के मा खर्च गर्ने योजना छ?
कोरोना महामारि छ, हामीले यसैका बारेमा सोचेका छौ । कृषि शिक्षा स्वास्थ्य जस्ता विषयमा खर्च गर्ने भनेर बजेट पास गरेका छौ । कोरोना संक्रमण न्युनिकरण भयो भने भौतिक पुर्वाधार भक्तपुरमा विकाशका काम व्यापक रुपमा अगाडि बढछ । यदि कोरोना बढयो भने त जनताको स्वास्थ्यका लागि भनेर सुर्यविनायक नगरपालिकाको एउटा अस्पताल छ त्यसैमा खर्च गर्छाै ।
तँपाइको नगरमा अलपत्र पर्नुभएको कोहि छन कि ?
हामीले थाहा पाएसम्म उद्धार गरिरहेका छौ । अलपत्र परेका देशका जुनसुकै ठाँउको दाजुभाई दिदिबहिनी भएपनि हामी तुरुन्त संरक्षण गर्छाै ।
आमनागरिकबाट नगरपालिकाले बनाएको निति नियम पालना गरेर सहयोग गरिदिनु अनुरोध गर्दछु ।
कोरोनाबाट शुरक्षित हुन के के गर्ने योजना छ ?
सामाजिक दुरि कायम राख्ने, मास्क स्यानिटाइजर प्रयोग गर्ने नगरबासिले आफै स्वस्थ हुन आफै पनि सचेत भएर घरभित्रै बसेर शुरक्षित हुन जरुरि छ ।