फोहोर व्यवस्थापनको काममा नविनको आधुनिक अभ्यास

फोहोर व्यवस्थापनको काममा नविनको आधुनिक अभ्यास


ब्लु वेष्ट टु भ्यालुका सन्चालक नविन विकाश महर्जन फोहोरमैला व्यवस्थापनमा काम गर्ने एक सफल उद्यमी हुन । वँहाको काम साच्चै प्रेरणादायि छ । फोहोरमैला व्यवस्थापनको क्षेत्रमा तन मन दिएर लागिपरेका महर्जनले यसै कामबाट आम्दानि गरिरहेका छन । मेहनेत र जोशले भरिएका नविन विकाश महर्जनसग ग्रिनसिटि पोष्टले गरेको कुराकानि प्रस्तुत छ ।
फोहोर व्यवस्थापनमा तँपाइले गरिरहेको नँया कामको विवरणको बारेमा हामीलाई जानकारि दिनुस न ?
नँया होइन पुरानै काम हो । फोहोर व्यवस्थापन र टान्सफर गर्नु फरक हो हामीले टान्सफर मात्र होइन कि व्यवस्थापन गर्ने गरेका छौ । पहिलो फोहोर चाहि मान्छेको दिमागमा हुन्छ । हामीसंग कम्प्रेहेन्सिप मोडेल छ । हामी आफनो सेवा सूविधाको बारेमा भन्छौ तब उसले हाम्रो कुरा सुनिसकेपछि हाम्रो सदस्य बन्न तयार भएपछि मात्र हामी हाम्रो सेवा दिन्छौ । पहिला हामीले हाम्रै ग्राहकलाई तालिम दिन्छौ ताकि हामीलाई वँहाहरुले फोहोर छुटटयाएर राखिदिनुपर्ने हुन्छ । हामी सेवा दिएअनुसार मात्र पैसा चार्ज गर्छौ । आज तँपाइको घरबाट यति फोहोर आउदो रहेछ हामी यति पैसा लाग्छ भन्ने गरेका छौ । हामीले कुहिने एकातिर नकुहिने अर्कातिर राख्छौ । फोहोर व्यवस्थापनमा अलि फरक गरेका छौ । हामी सफा भएर काम गर्ने गरेका छौ । दरबार मार्गमा होटल याक एण्ड यतिको पछाडि हाम्रो अफिस छ । हामी फोहोर व्यवस्थापन गर्ने काम फोहोरी भएर हैन सफा भएर काम गनुपर्छ भन्ने मान्यता राख्छौ ।
व्यवस्थापन फरक कुरा हो भन्नुहुन्छ, तँपाइले कसरि गरिरहनुभएको छ ?
कुहिने अलग नकुहिने अलग राख्ने काम शुरुवातमै गरेका छौ । फोहोर श्रोतमै छुटयाएको हुनुपर्छ । अत्याधुनिक टेक्नोलोजि राखेका छैनौ समान्य प्रविधि र सामान्य स्थानीय रुपमै निर्माण गरिएको मोशिनको प्रयोग गरेका छौ, ताकि अहिले विग्रयो भने एकैछिनमा मिस्त्रि बोलाएर बनाउन पनि मिल्यो । हामीसंग फोहोर छुटयाएर राख्ने च्याम्बरहरु छ । साधारण खालको टेक्नोलोजिबाट काम गरेका छौ । सिसा एकातिर प्लास्टिक एकातिर फलाम एकातिर गरेर कच्चा पदार्थ छुटयाउछौ । कच्चा पदार्थ लाने एउटा छुटटै गाडि आउछ हामी त्यसलाई जोखेर रेकर्ड राखिसकेर मात्र बिक्रि गर्छौ । हामीकँहा रिसाइकलिगं नहुने समानहरु पनि हुन्छन । कति मात्रामा हामीले फोहोर छुटयायौ, कति बेचेका छौ त्यो हेर्नका लागि हाम्रो आफनै डाटाबेस सफटवेयर छ । धेरैले जुस तथा तरल पदार्थ राखेर आउने बट्टाहरु – तेत्रा प्याकहरुलाई प्लास्टिक र धातु निकालिसकेपछि भिजेको कागज मिक्सरमा राखेर हामीले बायो ब्रिकेट बनाउछौ । यसले खाना पकाउन पनि मदत गरेको हुन्छ । हामीले धातु आल्मुनियम क्यानबाट विभिन्न साना साना उपहारको लागि दिन मिल्ने सामानहरु बनाउने अभ्यासमा छौ । हामीले बनाएका आल्मुनियमका समान फरक डिजाइनमा पर्यटकलाई विक्रि गर्न सक्ने गरि डिजाइन गर्दैछौ । सन् २०१७ देखि सगरमाथाको फोहोर पनि हामीले संकलन गर्ने गरेका छौ । सबै चिजहरु वातावरण मैत्री तरिकाले नै व्यवस्थापन गर्छौ ।

तँपाइको बुझाइमा चाहि फोहोर के हो रहेछ?

कसैले नलिएपछि मात्र फोहोर हुन्छ र थोरै फोहरको मात्रामा निस्किन्छ त्यसलाई मात्र ल्यान्डफिल साईटमा लगिन्छ । प्रशोधन भएर बाकि फोहोरलाई पनि थप कसरि फाल्न नपर्ने बनाउने भनेर काम गरिरहेको छौ । हामीले हाम्रो डाटाबाट कति काम गरेका छौ त्यो हेर्न मिल्छ र हेर्छौ, त्यहि डाटाको आधारमा मात्र हामी रिसर्च गरेर काम अगाडि बढाउछौ । स्वस्थजन्य फोहर र विधुतीय फोहरको पनि व्यवस्थापन अलग तरिकाले गर्दै आईरहेका छौ । यसको लागि अटोक्लेप गर्ने मेसिनले फोहरमा भएका हानिकारक किराहरु निर्मलीकरण गर्ने, फिल्टर गरेर फोहोर कम गर्न लागिपरेका छौ। जनमानसमा मैले पैसा तिरेपछि यसले गर्छ अथवा फोहोर व्यवस्थापन गर्ने काम मेरो काम होइन फोहोर टिप्ने काम त उ तल काम गर्नेको हो भन्ने मान्यता ठिक लाग्दैन। कतिपय अवस्थामा मेयर नै हामी हो भने जस्तो गर्दा चाहि नराम्रो लाग्छ।
कँहा कँहाको फोहोर व्यवस्थापनको जिम्मा लिइरहनुभएको छ त ?
काठमाण्डौका केहि होटलहरुमा हाम्रो सहकार्य रहदै आएको छ । नगरपालिका अन्र्तगत शंकारापुर नगरपालिका र किर्तीपुर नगरपािलकामा पनि गर्दै आईरहेका छौ । हामी दैनिक एघार बाह् टन फोहोर व्यवस्थापन गर्छौ ।
तपाइसंग फोहोर व्यवस्थापनमा काम गर्न इच्छुक हुनेले भएको खण्डमा के कति मापदण्ड पुरा गर्न पर्छ ?
हामी पहिले फोहोरको रेसियो हेरेर अध्ययन गर्छौ । फोहोर नछुटयाउने घरको अथवा होटल संस्था कतैको पनि हामी लिदैनौ । त्यसमा पनि फोहोरमा काम गर्ने साथिहरुले सर्टेन एरिया लिएर गरिरखेका छन । हामीले इन्टरप्ट गर्दा वँहाहरु रिसाउनुहुन्छ । शंकरापुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने हाम्रो जिम्मामा छ । तर हामीले अन्यथा गएर हस्तक्षेप गर्न मिलेन ।
फोहोर व्यवस्थापनमा अलि बढि प्राविधिक हुनुहुन्छ हो?

अत्याधुनिक मेशिन हामीसंग केहि छैन । बुझने अथवा नबुझने पढने वा नपढने संग सरोकार होइन । जसले पनि फोहोर उत्पादन गर्छ । उत्पादन गरेपछि पैसा तिर्नुस हामी फ्रिमा सेवा सुविधा दिन सक्दैनौ ।
तँपाइको कार्यालयमा तालिम पाप्त कर्मचारिहरु छन कि छैनन ?
दुवै खालको स्टाफहरु छन । इन्भाइरोमेन्ट साइन्स पढेर, मास्टर गरेका भाइबहिनीहरुले पनि फोहोर व्यवस्थापनमा काम गरेकै छन् । फोहोर दैनिक रुपमा छुटयाउनु हुन्छ कि हुदैन हेर्नुपर्ने हुन्छ । उनीहरुले हाम्रोमा राम्रो गरेका छन अस्ति भर्खरै एकजना भाई विदेश जानुभयो । फोहोरमा काम गर्दा अनपढ भएर गवार भएर नै काम गर्नुपर्छ भन्ने छैन काम गर्ने तरिका परिवर्तन गरेको छु । पहिला सिमित जातका मानिसले मात्र काम गर्ने भन्ने थियो आजकाल त त्यस्तो छैन ।
यहि काम गरिरहदा आत्मसम्मानमा चोट पुगेको कुनै अनुभब छ भने सुनौ न ?
किन नपुग्नु नि मेरै घरमा यस्तो भएको छ । मेरो माहरुले भन्नुभाथ्यो यो फोहोर जुठो काम हो अरु सबै अगाढि बढिराछ तिमी यो के गरिरा ?
मेरो घराना त पुरै फार्मर हो । जब मेरो घरमा चार वटा क्यामेरा ल्याएर मकँहा आए तब मात्र बल्ल थाहा भयो मेरो कामको महत्व, मैले काम गरेको त देखियो नि । नत्र किन साइन्स पढेर यतातिर लाग्यो । अरु चाहि अगाढि बढछ तिमि चाहि यो काम नगर भन्ने परिवारले अहिले मलाई पुरै सपोर्ट गरेको छ । मलाई थाहा छ मैले राम्रो काम गरिराछु । मलाई प्रुफ गराउनु पर्छ भन्ने लाग्दैन ।
फोहोर छुटयाएर कमाउने अभ्यासमा लाग्दा कतिको सन्तुष्ट हुनुहुन्छ ?
हामी आफनो इन्ट्रेष्टमा काम गरिरहेका छौ । कोहि मान्छेले यति पैसा तिर्छौै मेरो फाहोर लागिदे भन्दैमा हामी नछुटयाएको फोहोर लिदैनौ । ब्लु भ्यालु भनेको पनि यहि हो फोहोरको मात्र हेरेर पैसा लिन्छौ । धेरैले भनेका छन फोहोरबाट मोहोर हुन्छ । मोहोर कमाउन कति गाह्रो छ । मोहोर कमाउने साथिहरु बढेका छन । फोहोर व्यवस्थापन गर्नु र मोहोर कमाउनु फरक छ । पहिले हामी फोहोरकोे मात्रा कति छ अध्ययन गरेर मात्रै चार्ज गर्ने गरेका छौ । होटल जन्य फोहोर व्यवस्थापनमा हामीले कति फोहोर आउछ भनेर मोनिटर गर्ने सस्टिम छ । हामी सिस्टममा रहेर संकलन गर्छौ ।
जेरो वेष्ट बनाउन खोज्नुभएको होला? वास्तविक कामै नलाग्ने फोहोर चाहि कति  कवाडमा जाने गर्छ ?
सामान्यतया दश देखि एघार प्रतिशत फोहोर मात्रै वास्तविक कामै नलाग्ने फोहोर हुन्छ । यो तस्विरबाट धेरै कुरा बुझन सजिलो हुन्छ । फोहोर आम्दानिको विषय छ ।
महानगर आफै पनि फोहोर व्यवस्थापनको अन्यौलतामा छ तँपाइको सुझाब के छ?
म चाहि हामी जस्तो फोहोरमा काम गर्ने कम्पनिीहरु निजि संघ संस्थाहरुसंग मिलेर काम गर्ने पहल गनुर्स भन्छु । आमनागरिकलाई सबैभन्दा पहिलो फोहोर छुटयाएर राख्न सिकाउनुपर्छ भनेर सिकाउनुपर्यो । फोहोरमा एउटा फलमको टुक्रा परेपछि मेरो मेशिन कति दिन विग्रिन्छ त्यो त भन्दिनुपर्यो नि त्यहि भएर योजना बनाउदा सफल हुने योजना बनाउनुपर्यो नि सफल नहुने योजना हामी पहिल्यै थाहा पाउछौ । हामी नेपालीहरुको व्यवहार सपार्नुपर्छ जस्तो लाग्छ । पार्टिमा गयो धेरै प्लेटमा राख्ने, सित्तैमा पायो भनरे धेरै खाइदिने गर्छन त्यो पनि फोहोर हो । नपचेपछ पनि फोहोर भएन । एकपटक फोहोर बनाइसकेपछि फेरि पुन व्यवस्थापन गर्न कति कस्ट लाग्छ मेहनत लाग्छ त्यो भन्दा त फोहोर श्रोतमै कम गर्नु चाहि पहिलो व्यवस्थापन हो । यसको लागि त जनचेतना नै चाहिन्छ ।
तँपाइकंहा काम गर्ने कर्मचारिलाई कति तलब दिएर काममा लगाउनुहुन्छ ?
सरकारले तोेकेको न्युनतम पारिश्रमिक दिएको छु । १८÷२० हजार त कामदारले पाइरहेका छन ।
यो कामबाट भएको आम्दानिले सन्तुष्ट हुनुहुन्छ ?
हामी ब्रेक इभनमा छौ जति आम्दानि हुन्छ त्यति नै खर्च छ ।
कति लगानिमा सुरु गर्नुभएको थियो ?
५० लाख जतिमा सुरु गरेका थियौ । अहिले त्यहि पाँच करोड जतिको पुँजि छ ।
कसरि यहि काममा लाग्नुभएको ?
फोहोरमा काम गरेका २४ वर्ष भएछ जतिबेला गोकर्ण ल्याण्डफिल बन्द थियो । फोहर व्यवस्थापनमै धेरै एनजियो आइएनजियोका प्रोजेक्टहरुमा पनि काम गरिसकेको छु । काठमाण्डौ महानगरमा पनि काम गरेको थिए । मैेले डिजाइन गरेको मल बनाउने प्वाल परेको भाडाहरु अहिले पनि प्रयोगमा छन । मेरो त शिक्षा पनि यहि काम पनि यहि हो । त्यो भाडो किचनमै पनि राखेर पनि कम्पोष्टिगं गर्न मिल्छ । मैले त फोहोरबाट मल बनाउने भाडो विन बेडमै राखेर पनि व्यवस्थापन गरेको छु । काम गर्ने मान्छेले हुदैन भनेर त भन्दै भन्दैन । उसले त पोजेटिभ कुरा गर्छ । तँपाइका अब शहरि फोहोर व्यवस्थापनमा केके योजनाहरु छन?
अलि पहिले एकिकृत फोहोर व्यवस्थापन भनेर म पनि यस योजनामा सहभागि थिए । मलाई यो शहर यसरि फोहोरको बन्धक भएको हेर्न मन छैन । नेपाल सरकारको अथोरिटिज बडिले काम गर्न खोजेको तर राम्ररी गर्न सकेको छैन । मेरो कम्पनीले मात्र ५ वर्षको संझौतामा काम गर्दैछ, लगानी गर्नको लागि लगानी सुरक्षित गर्ने व्यवस्था चाहिन्छ । हामीलाई अथोराइज्ड बनाएर काम दिए हामी गर्न तयार छौ ।
युवाहरुलाई के शन्देश दिनुहुन्छ ?
हरेक दिन विहान देखि बेलुकी नसुतेसम्म कति फोहर उत्पादन गरछौ ? हरेक दिन बिहान ५ मिनेट मात्रै सोच्ने र बिचार गर्ने हो भने यो शहर यत्तिको फोहोर हुने थिएन । मेरो घरमा कति फोहोर छ कसले लिएर जान्छ तिनिहरुले यो फोहोर लगेर के गर्लान भनेर सोचिदिनुस ,समान किन्दा अलि विचार पुर्याएर मात्र किनिदिनु होला, काम नलाग्ने बस्तुहरु लिएर न आउनुस , कति समान किन्ने होस पुर्याएर मात्रै किनमेल गर्नूस । अझ विशेषगरि युवतिहरु आज लगाएको लुगा भोलि अर्को भोजमा लगाउन खोज्दैनन त्यो ठुलो समस्या हो, यसले गर्दा लुगाहरु पनि धेरै किन्नुपर्ने र फोहोर बढ्ने हुन्छ , त्यसैले मुख्यतय फोहोर तँपाइ हाम्रो सोचाइमा छ भन्न चाहन्छु ।

प्रस्तुती पार्वती खड्का