काठमाण्डौ-नदिलाई ढल मुक्त बनाउन बुक्षारोपन गर्ने र रुद्रमति पार्क स्थापना गर्न पहल गर्ने कार्यक्रमलाई योजनाको रुपमा अगाडि सारेको माननीय सांसद गगन थापाले जानकारि दिएका छन । रुद्रमति सफाई अभियानले छ बर्ष पुरा गरेको अवसरमा आज एक विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका नेता माधब कुमार नेपाल,बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल लगायतका रुद्रमति सफाई अभियन्ताहरुको बाक्लो उपस्थती रहेको थियो । कार्यक्रममा बोल्ने क्रममा नेकपाका नेता माधब कुमार नेपालले नदि नाला र सार्वजनिक स्थल सफा राख्न सबैलाई उठाएर प्रतिबद्ध गराएका थिए ।
सफाई अभियानमा नेपाल प्रहरी बिद्यालय, सामाजिक संघ संस्था लगायतको सक्रिय सहभागिता रहदै आएकाले उक्त संघ संस्थाका अभियन्ताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । रुद्रमति सफाइ अभियानका संयोजक तथा फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष धन पसाद आचार्यले नदि सफाई अभियानमा सहयोग र सहकार्यको सदैब अपेक्षा गरेको र अगामी दिनहरुमा आफुहरुको अभियान अझ प्रभाबकारि हुने कुरा बताए ।
प्रतिक्रिया