उद्यमशिलताको बाटोमा लाग्नेहरु सिर्जनशिल हन्छन । आफनै जोश र उर्जाले अरुलाई उज्यालो छर्न सफल हुन्छन । मेहनत र उर्जाले भरिएका एकजना सभ्य अनि सक्षम नागरिक अनिल राज भण्डारी पेशाले होटल व्यवसायि हुन । सरसफाइ सभ्यता झल्काउने पहिलो सुचक हो । अनिलले फोहोर फाल्नेलाई डण्डा लगाउन सुझाए, आज हामीले वँहासंगको भेटमा अनिल राजले होटल व्यवसायबाट हाता पारेका सफलताको कथासंगै सभ्यताको कुरा पनि खोतलेका छौ ।
तँपाइको व्यापारको बारेमा अलिकति जानकारि दिनुस न?
अहिले काठमाण्डौमा एल्लो प्यागोडा (Yello Pagodda) होटल छ । पोखरामा पनि यसैको शाखा छ । हामी ४ स्टार स्टयान्डर्ड मेन्टेन गरिरहेका छौ । हामीकंहा एक सय आठ वटा रुम छ ८ वटा ब्याकेंट हल छ । पोखरामा पनि ४ वटा ब्ंयाकेट हल ३८ वटा रुम छ ।
तँपाइको व्यवसायले कति जनालाई रोजगारिको ग्यारेण्टि गरेको छ ?
हामीकँहा काठमाण्डौको होटलमा एक सय प्रन्ध जना कर्मचारि छन भने पोखरामा २२ जना छन । कर्मचारिहरुको सबै सुविधा कटाएर न्युनतम १३ हजार चार सय पचास छ ।
अनिलराजलाई के कुराले उद्यमशिल बनायो ?
यँहा पहिला अनुप राणाहरुको होटल थियो । सँक्रमणकालको समयले गर्दा बिचमा बन्द भयो । पछि यो घरमा नबिल बैंक बसेको थियो । बिचमा ठयाक्क छोडिदियो । भाडामा दिँदा पनि खासै भाडा नआउने । हामीसंग विकल्पै नभइसकेपछि हामीले होटलमा परिणत गरेका हौ । यो बिल्डिगं हाम्रै हो । नबिल बैकले हामीलाइ लोन पनि दियो यो घर हामीलाई हात्ति पालेको जस्तो भयो । उतिबेलै नबिल बैकले बिस लाख भाडा तिरेको थियो ।
मासिक आम्दानि र खर्च कति हुन्छ?
मान्छेलाई जति भए पनि पुग्दैन भन्ने उखान छ जति नभए पनि पुग्छ । मासिक खर्च नब्बे लाख जति हुन्छ । जम्मा जम्मि गरेर डेढ करोडको हाराहारिमा कमाइ भयो भने ठिकै हुन्छ त्यति हुन्छ हामिकँहा ।
यो व्यापारमा पनि अप्ठयारा समस्याहरु होलान तँपाइको अनुभबमा के के छन ?
अतिथि देवो भब भनिन्छ
हामीकँहा त्यो भन्दा ठुलो समस्या के छ भन्नु? अतिथि आए चल्छ नत्र समस्या छ । अलि अलि ट्राभल एजेन्सिहरुले पैसा नदिने खाइदिने समस्या छ । स्वच्छ वातावरण छैन पर्यटनमैत्रि वातावरण छैन ।
विदेश जानेहरुलाई के भन्न चाहनुहुन्छ ?
विदेश जानेहरुलाई नँया नँया सोच लिएर आउनुस भन्न चाहन्छु ।
तँपाइकँहा कस्ता अतिथिहरु हुन्छन नेपालि कि विदेशिहरु छन ? फोहोर व्यवस्थापनमा विदेशि पाहुनाहरुको व्यवहार कस्तो लाग्छ?
उनि (विदेशि) हरुले खासै फोहोर नगर्ने । हामीले डस्पिन राखिदेको हुन्छौ त्यति धेरै फोहोर नगर्ने एकदमै अनुशाशित लाग्छ । अहिले नेपालीहरुले पनि बुझन थालेका छन ।
होटलबाट उत्पादन हुने फाहोरमैला ब्यबस्थापन गर्न के गर्नूभएको छ ?
होटलबाट निस्कने फोहोरमैला कुहिने फोहोर तरकारिका बोक्राहरु एउटा भाडोमा राखेर मल बनाउछौ । गडयौलाले त्यो मल खान्छ । हरेक हप्ताको ३ दिन फोहोरमैलाको गाडि आउछ बाकि फोहोर लिएर जान्छ । प्लास्टिक सिसि लगायतका कवाड फोहोर बेचेर आएको पैसा कर्मचारिको कल्याणकारि कोषमा जम्मा गरिरहेका छौ ।
तँपाइको होटलमा कति जति मात्रामा फोहोर उत्पादन हुन्छ ?
राम्रो कार्यक्रम भयो भने दैनिक विवाहा भयो भने फोहोर बिस पच्चिस ब्याग आउछ । अन्य समयमा दैनिक छ, सात ब्याग आउछ ।
कौसिमा गडयौला पालेर गडयौले मल बनाएका छौ । होटलमा कुहिने खाना हुन्छ त्यो खाना एउटा केटो आएर सुगुरको लागि लिएर जाने गरेका छन । तरकारिको बोक्रा कुहिने फोहोरबाट कम्पोष्टिगं गर्छौ । यसमा मेरो श्रीमतीले पनि सहयोग गर्नुभएको छ । गडयौले मल हामीले कौसिमा लगाएको तरकारि र फुलमा प्रयोग गरिरहेका छौ । त्यो मल कोहि आउने साथीभाइलाई पनि बाडने गरेका छौ ।
आफनो वरपरको वातावरण सफा राख्न के के गर्नुभएको छ ?
हाम्रो घर होटलको अगाडि हामीले बुक्षारोपन गरेका छौ । चाइनिज एमबेस्सि अगाडि देखि यँहासम्म रोपेका छौ । धेरै ठुलो पानी पर्दा हाम्रो घरको अण्डर ग्राउण्डमा पानी छिरेर हामीलाई धेरै नै समस्या पर्ने गरेको थियो । हामीेले वडाको सहयोगमा ढल पनि हालेको छौ । अहिले पनि अण्डर ग्राउण्डमा पानी छिर्ने समस्या बेला बेला आइरहेको छ ।
बुक्षारोपन गरेको भन्नुभयो एक्लो प्रयासमा हो कि ?
एकजना इन्सपेक्टर हुनुन्थ्यो वँहाले बिरुवा उपलब्ध गराउनुभएको थियो । हामीले कुषिबाट बोटहरु ल्याएर रोपेका थियौ ।
व्यापार व्यवसायमैत्रि वातावरण कस्तो छ नेपालमा तँपाइको अनुभबले के भन्छ ?
नेपाल तेस्रो विकसित मुलक हो । हरेक पल डर नै डर छ । स्थायित्व भएन सँधै डर सँधै त्रास बोकेर काम गरेका छौ । हाम्रो यो पर्यटन व्यवसाय व्यापार आकाशे खेति जस्तै भएको छ ।
किन यस्तो भयो होला ? कमजोरिहरु केलाउनतिर लाग्यौ भने कसको कमजोरि देख्नुहुन्छ ?
हाम्रै कमजोरि होला । हामीसँग कुनै भिजन छैन, स्किम छैन । अरुको राम्रो गरेको देख्ने वित्तिकै दौडने चलन छ । जग्गावाललले जग्गाको व्यापार गर्न पर्यो । बैकले बैकको काम गर्न पर्ने हो । मान्छेहरु आफनो पेशाभन्दा बाहिरु जाने लहलहैमा लागे । अरु घोडा चढे भने आफु धुरि चढन थाल्ने बानिले गर्दा विग्रेको हो । अस्वस्थ प्रतिस्पर्धा बढयो ।
राज्यले भ्रमण वर्ष २०२० मनाइरहेको छ, तँपाइजस्ता व्यवसायिले राज्यको तर्फबाट केहि राहत उर्जा पाउनुपर्ने हो पाउनुभएको छ कि छैन ?
पर्यटक आए भने पो सहयोग भयो त हामीलाई नत्र कसरि सहयोग हुनु त ? हामी त सेवा गर्न बसेका हौ ।
आफनो फोहोर आफैले व्यवस्थापन गरेर भने पनि डम्पिङसाइटले अलिकति शास र्फेथ्यो कि ? अरुलाइृ भन्ने कुरा सफा शहर बनाउन अभियान चलाउने सवालमा तँपाइ यसमा सहमत हुनुहुन्छ ?
हामी एकदम सहमत छौ । फोहोर गन्ध आउने कुरा हो । छिटो कुहिने भएकाले अलि समस्या छ । हामीले जे गर्नुपर्छ हामी तयार छौ ।
फोहोर व्यवस्थापनको अभ्यासमा कमि छ के गर्दा उपयुक्त होला तँपाइको विचारमा ?
अब अस्ति मेरो भाइको छोरो भर्खर अमेरिकाबाट आएको थियो । एउटाले बाटोमा फोहोर फाल्यो उसले गएर सिधै ह्वाइ यू थ्रो दिस भनेर गाडि रोकेर त्यो फोहोर टिप्न लगायो । उ त्यहि ८ बर्ष जतिको छ । उ बच्चाको कत्रो हिम्मत बरु हामी डराएका थियौ । भनेपछि त्यसलाइ भनिन्छ कन्सस । संस्कार पनि त्यै अनुसारको हुनुपर्दो रहेछ । हामी चाहि जति बढि फोहोर फाल्यो त्यति फोहोर फाल्न पाएकोमा आफुलाई ठुलो भएको सम्झन्छौ ।
यस्ता हेपाहा प्रवृति हटाउनका लागि चाँहि राज्यले के गर्दिए हुन्छ होला तँपाइको विचारमा ?
राज्यले फोहोर फाल्नेलाई जरिवाना होइन डण्डा लगाओस भन्छु डण्डा नलगाइकन मान्छे सुध्र्रिदैन । डण्डा खाने भएपछि मान्छेमा डर हुन्छ ।
किन डण्डा भन्नुभएको ?
जथाभाबि फोहोर फाल्दा त्यो फोहोरको कुटाइ खानेमा म पर्छु । म एकपटक मोटर साइकलमा हिडदै गर्दा केराको बोक्राले हिर्काए । एकदिन चाहि हातमा माथिबाट खकारेर थुकिदिएको पनि छ । एउटा घटना छ माथि कौसि बाट पानी फालिदियो । कस्तो पानी के पानी त्यो भगवानलाई थाहा छ । मैले मनमनै सोचे यो पानीले मेरो पाप पखाल्यो होला । केहि प्रतिकार गरिन किनकी त्यो लडिरहने समय हुदैन मान्छेसंग । एकैछिनमा सकिने काम महिनौ बर्षौ लाग्छ के प्रतिकार गर्नु र ? कानुन भनेको डराउने मान्छेको लागि मात्रै हो जस्तो नडराउने मान्छेलाई के कानुन ?
वातावरणको विषयमा राज्यसंग यँहाको अपेक्षा के छ?
नगरपालिकाले पनि कौसी खेतिलाई प्रा्त्साहन देको छ । ग्लोबल वार्मिगंको समस्या छ । हरित काठमाण्डौं हेर्न मन छ हराभरा वातावरणमा बस्न मन छ ।
प्रस्तुती-पार्वती खड्का
प्रतिक्रिया