पाँच सय मोटरसाईकलको सुराकी कमिशन गायव

पाँच सय मोटरसाईकलको सुराकी कमिशन गायव


काठमाडौं-सर्वसाधारणको जिउधनको रक्षामा खटिने प्रहरी कर्मचारीबाटै बेला बेला अवैध काम हुने गरेको घटना सार्वजनिक हुने गरेको छ ।
महानगरीय ट्राफिक महाशाखामा कार्यरत दुईजना प्रहरी अधिकृतको पनि यस्तै बदमासी गरेको फेला परेको छ ।
ट्राफिक महाशाखाले नियन्त्रणमा लिएका चोरीका मोटरसाईकल लिलामी गर्दा आउने कमिशन रकममा उनिहरुले बदमासी गरेका हुन् ।
कानुन अनुसार चोरीका सवारीको सुचना दिने सुचक र प्रतिवेदन गर्ने प्रहरी कर्मचारीले कमिशन पाउँछन् । तर, ट्राफिक महाशाखाको मोटरसाइकल चोरी अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक निरिक्षक ९असई० धनबहादुर क्षेत्रीले केहि सिनियर प्रहरी अधिकृतसँग मिलेर प्रहरी कर्मचारीलाई दिनुपर्ने प्रतिवेदक कमिशन आफैंले लिने गरेको बताईएको छ ।
०७५ साउनमा ट्राफिक महाशाखाले चोरीका ५ सय वटा मोटरसाईकल लिलामका लागी त्रिभुवन विमास्थल भन्सार कार्यालयमा बुझाएको थियो ।  मुद्धा नम्बर ८१६,८१७, ८१८, ८१९ र ८२० अनुसार ०७५ साउनमा विमानस्थल भन्सारले ५ सय मोटरसाइकल लिलाम गरेको थियो ।
ए एण्ड ट्रेडर्स कम्पनी मार्फत शुरेस साहले भ्याट बाहेक २३ लाखमा उक्त लिलामीको मोटरसाईकल खरिद गरेका थिए ।
मोटरसाईकल लिलाम भयो, तर प्रतिवेदक र सुराकीले कानुन बमोजिम पाउनुपर्ने रकम पाएनन् ।
बरु, सुराकी र प्रतिवेदकले पाउनुपर्ने रकम असई धन बहादुर क्षेत्री र त्यतिवेला सोही शाखाको प्रमुख रहेका इन्सपेक्टर रुद्र बहादुर शाहीले आफ्नो नाममा भन्सारलाई चेक बनाउन लगाएर लिएको एक प्रहरी अधिकृतले बताए ।
‘सुराकी र प्रतिवेदकले पाउने रकम अझै पाएका छैनन’ महाशाखाका एक जुनियर प्रहरी अधिकृतले भने–‘मोटरसाईकल लिलाम भैसक्यो तर कमिशन रकम चाहिँ गायव पारियो ।’
असई धनबहादुर विगत १२ बर्षदेखी सो शाखामा कार्यरत छन् । नियमअनुसार प्रतिवेदकले हस्ताक्षर गरेपछि मात्रै भन्सार कार्यालयले कमिशन रकम दिनुपर्ने हुन्छ । तर, कमिशन पाउनुपर्ने प्रहरी कर्मचारीलाई रकम नदिई धनबहादुर क्षेत्री र रुद्र बहादुर शाहीले आफ्नो नाममा चेक काट्न लगाएर ५ सय मोटरसाईकलको कमिशन रकममा चलखेल गरेको प्रहरी कर्मचारी बताउँछन् ।
धनबहादुर क्षेत्रीको नाममा कमिशन बापत कति रकमको चेक काटियो भनेर विमानस्थल भन्सार कार्यालयलाई पटक–पटक सम्पर्क गर्दा भन्सार कार्यालयले जानकारी दिन आलटाल गरेको छ ।
हामिले असई धनबहादुरलाई सोध्यौं, –‘सुराकी र प्रतिवेदकले पाउने रकम तपाईले भन्सारबाट बुझेर किन नदिएको रु’
०७० यता महाशाखाले गाडी र मोटरसाईकल नै लिलामीमा नपठाएको जिकीर गर्दै उनले भने–‘कमिशन रकम बारे मलाई थाहा भन्, कसले कहाँबाट लिलाम गराए त्यो पनि थाहा छैन् ।’
-उद्धब कुमार कार्की