नेकपाको कुल जोगाउन पनि कहिल्यै नराम्रो काम गर्दिन-मेयर अमानसिंह तामाङ

नेकपाको कुल जोगाउन पनि कहिल्यै नराम्रो काम गर्दिन-मेयर अमानसिंह तामाङ


एक घर एक रोजगार अभियानमा लागेका र कृषिको विकाशमार्फत नगरपालिका समृद्ध बनाउन खोजेका एकजना भिजनरि व्यक्ति जो  सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिकाका मेयर छन ,जसको नाम हो । अमानसिंह तामाङ । तामाङसंग आज हामीले नगरपालिकाभित्र के के विकाशको काम भए त भनेर आमनागरिकको विकाश र समृद्धिका विषयमा कुरा गर्याै । प्रस्तुत वँहासंगको कुराकानि ।
नगरपालिकाभित्रको मुख्य समस्याहरु के के छन ?
मुख्य समस्या कृषकहरु कृषि पेशालाई माया गर्न छोडे । यो भुकम्पको समयमा विभिन्न संघ संस्थाबाट आएको राहत खादा खादा खाएर मान्छेहरु काम नगरि खान पल्किएका छन । मान्छेका काम नगरि खाने बानि बिग्रयो । हामीले ति कृषकहरुलाई कृषिमा फर्काउन अनुदान दिएर लोभ्याउने काम गरेका छौ ।
कृषक लोभ्याउने काम भन्नाले कसरि सम्भब छ ?
किसानहरुले घर घरमा गोरु पालेर काम छैन भनेर हामीले हाते टयाक्टर दिएका छौ । हाते टयाक्टरमा नगरपालिकाले आदि अनुदानमा दिने गरेको छ । हाते टेलर पनि दिएका छौ । मकै छोडाउने मेशिन पनि दिएका छौ । घरमा भैसिं पाल्नेलाई ३० हजार अनुदान दिने गरेका छौ शूरुमा एउटा भैंसि पाल्नेले अनुदान लगे भएको भैसि पनि बेच्न थाले हामी सफल भएनौ अनुदान मात्र लगेको र भैसि नपालेको हुनाले हामीले के भन्यौ भने ५ वटा भन्दा बढि दुहुना भैसि पाल्नेलाई मात्र ३० हजार अनुदान दिने व्यवस्था गरेका छौ । दुध बेच्ने कृषकलाई लिटरको ३ रुपैंया अनुदान दिने काम गरेका छौ । त्यस्तै ५० वटा फलफुल रोप्ने कृषकलाई फलफुलका बिरुवा वितरण गर्ने गरेका छौ । ठाँउ ठाँउमा तरकारि पकेट क्षेत्र घोषणा गरेका छौ । यदि कृषकको तरकारि व्यापार भएन भने कुहिएको तरकारि नगरपालिकाले जिम्मा लिने भनेका छौ ।
कृषकले तरकारि कुहियायो भने नगरपालिकाले क्षति व्यहोरेर सक्ला?

कृषकलाई कृषिमा फर्काउन हामीले जसरि पनि लोभ देखाउनु छ नि त । जोसुकै राष्ट्रपति होस नेता होस कि डाक्टर पाइलट जेसुकै पेशामा भएपनि उसले खाने भनेको त्यहि किसानले उत्पादन गरेको खाने हो । दिउसोभरि सेमिनार बैठकतिर बस्छ भाषण लगाउछ बेलुका त आएर त्यै किसानले उत्पादन गरेको तरकारि चामल खाने हो, त्यै भएर हामी कृषिलाई प्राथमिकता दिन भनि लागिपरेका छौ ।
कृषिमार्फत नगरवासि आत्मनिर्भर छन त?
फलफुलमा छैन तरकारिमा पनि आत्मनिर्भर छैन । दिनको ३००० किलो काठमाण्डौबाट चौतारामा तरकारि र फलफुल जान्छ हामी त्यसलाई रोकेर चौतारालाई आत्मनिर्भर बनाएर काठमाण्डौंमा तरकारि पठाउने योजनामा छौ ।
सामाजिक सुरक्षा भत्तामा सहजता छ?
यो नगरपालिकाले दिने त होइन तर पनि हामीलाई समस्या छ । बैंकमार्फत कारोवार हुने व्यवस्था भएकोले बुढाबुढिले बैकंमा जान नसक्ने हुनाले हातहातमै पाएका छैनन । छोराले झिके छोराले खाइदिने छोरिले झिके छोरिले खाइदिने बुहारिले पाए बुहारिले खाइदिने, बुढाबुढि हेरेको हेरेइ भएर जेष्ठ नागरिकहरु समस्यामा परेका छन । यो चिजले हामीलाई गम्भिर तुल्याएको छ । हामीले अबदेखि एउटा बैकंलाई जिम्मा दिने निर्णय गरेका छौ ।
अग्नि सापकोटाहरुको गृहजिल्लामा तँपाइ राजनिति समालिरहनुभएको छ । तँपाइले चुनावमा जनतालाई देखाएको एजेण्डा पनि मँहगो थियो होला पक्कै, जनताको ति अपेक्षाहरु पुरा भएका छन त ?
पुरा हुदैछन । नम्बर एकमा बहत्तर सालको भुकम्पपिडितलाई छाप्रोबाट घरसम्म लैजाने ।
नम्बर दुइ मेरो नगरपालिकाभित्र काठको पोल मुक्त नगरपािलका बनाउने । नँम्बर तिनमा सबै वडामा कालोपत्रे नंम्वर चारमा एक घर एक धारा नम्वर पाँचमा एक घर एक रोजागार यस्तै योजना देखाएर जनताको भोट पाएको थिए । मेरो यि योजनाहरुको आधाआधि काम भइसकेको छ । मेरो कार्यकाल सम्म यो सबै काम गरेर सक्ने योजनामा छु । प्रत्येक टोल टोलमा गाडि पुर्याउने काम गरेको छु । पुर्ननिर्माणको काम ९६ पतिशत काम सकाइसकेको छु । बाकि ४ प्रतिशत काम छ त्यो पनि प्राधिकारणले पटक पटक गुनासोको म्याद थपेका कारण अलि ढिला भएको हो ।
सिन्धुपाल्चोक दैबिविपत्तिले पनि सताइरहने जिल्ला त्यस्तै खालका संरचनाहरु आवश्यक छन । यहि विषयलाइ मध्यनजर गरि के के काम भएका छन त ?
भुकम्प प्रतिरोधात्मक घरहरु बनाउन लागिपरेका छौ । काठको पोल हटाउने भनेका छौ यहि काममा लागेका छौ । नंम्बर एकदेखि १४ सम्म नै हामीले कालोपत्रे शुरु गर्ने भनेर काम धमाधम थालेका छौ ।
स्वस्थ जनजिवनको लागि के के काम भए ?
पहिलेका मान्छेहरु विहान घरबाट निस्केर बेलुका घर आउछ कि आउदैन भन्ने थियो भने अहिले राति सुतेर विहान उठछ कि उठदैन भन्ने तनाब छ कारण मान्छेहरु काम नगर्ने पसिना नबगाउने भए । श्रम नगरेपछि मुटुको रोगले सताउने गर्छ । स्वस्थ भएन भने न शिक्षा छ न जिवन छ केहि पनि छैन । मेरो नगरमा १४ वटा वडा छ त्यसमा १९ वटा स्वास्थ्य चौकि छ । सुत्केरि महिलाहरुलाई बचाउन एम्बुलेन्स भाडा नगरपालिकाले तिरिदिने व्यवस्था गरेका छौ । आजकालका बच्चाहरुले मोबाइल धेरै चलाउने भएकोले आमा बाउले त्यहि बच्चालाई कुटन, दिदिबहिनिले त्यहि बच्चालाई कुटने, कुलमा मास्टरले त्यहि बच्चालाई कुटने, साथिभाइले पनि उसैलाई खिस्याउने भएपछि त्यो बच्चाले अब आत्महत्यातिर लाग्ला भनेर मलाइ डर भयो । हामीले नगरपालिकाबाटै विद्यालयमै चेकजाँच गराएर निशुल्क चस्मा वितरण गर्ने काम गरेका छौ । १५ सय जति चस्मा वितरण गरिसकेका छौ । मेरो कार्यकालभर त्यो चस्मा निरन्तर दिने छु । महिला स्वयंसेवक लाई पनि मासिक एक हजार रुपैंया भत्ता दिने व्यवस्था गरेका छौ । मनमोहन सिंहको पालाबाट सय रुपैंयाबाट शुरु भएको थियो,अहिले मैले एक हजार पुर्याएको छु ।
फोहोरमैला व्यवस्थापन पनि प्रमुख काम हो नगरपालिकाको नगरपालिका भनेपछि त सफा चटट पनि हुनुपर्यो, नगर कत्तिको सफा छ?
हामीलाई फोहोरमैलाको खासै समस्या छैन । एउटा ट्रिपर छ । एउटा डाइभर छ । त्यसैले लगेर डम्पिङसाइटमा लगेर फाल्छ । रसायनिक मल विस्थापित गरेर अर्गानिक मल बनाउनको लागि हामी हिजैबाट काठमाण्डौंबाट विज्ञहरु लगेर काम गर्दै छौ ।
कतिपय ठाँउमा कर्मचारि जनप्रतिनिधिको अलिकति दुरिमा देखिन्छन । तँपाइको नगरपालिकामा काम गर्दा कर्मचारि र जनप्रतिनिधिबिचको तालमेल कत्तिको मिलेको छ?
त्यो कर्मचारि र जनप्रतिनिधिको मात्र कुरा होइन मेयर र उपमेयर पनि नमिलेको देखेको छौ । मलाई लाग्छ मिल्नुपर्छ । मेरो विचारमा नमिलेको कारण चाहि एकले अर्काको काममा हस्तक्षेप गर्न खोज्ने भएपछि कँहा मिल्छन त ? यो काम कर्मचारिले गर्ने काम, यो जनप्रतिनिधिले गर्ने भनेर आफनो कामको बाडफाड गर्याे भने किन झगडा हुन्छ । सल्लााह गरेपछि नमिल्ने के छ र?
तँपाइकोमा चाहि के छ कसरि मिलाउनुभएको छ?
मेरोमा झगडा छदै छैन । मैले त पहिल्यै भनेको छु हामी जनप्रतिनिधि र कर्मचारि भनेको त बत्तिको कालो तार सेतो तार हौ । हामी अत्यन्तै पारिवारिक भएर काम गर्ने गरेका छौ । एउटा सानो काम पर्याे भने पनि यँहा आइज भनेपछि प्रमुख प्रशाशकिय अधिकृत आइहाल्छन त्यहि बसेर कुरा गर्छौ । मैले सानो गल्ति गरे भने पनि मेरो त के जान्छ र अग्नि सापकोटाको पो इज्जत जान्छ त, मैले त मेरो पार्टिको कुलको इज्जत जोगाउनुछ अनि म किन नराम्रो गर्न सक्छु । त्यसैले त कर्मचारिलाई मैले भन्ने गरेको छु नि तँपाइहरुले जथाभाबि कलम चोप्नु अगाडि काठमाण्डौंको रातो(अख्तियार)को घर सम्झिनु भन्ने गरेको छु ।
भनेपछि तँपाइको नगरमा भष्ट्राचार पनि छैन ?
छैन, मैले थाहा पाएको छैन ।
शिक्षाको विकाशमा के के काम भएको छ ?
नगरभित्र नब्बे प्रतिशत मान्छेहरु साक्षर छन । हामीकँहा महाविद्यालयको स्थापना भएको छ । स्वास्थ्य प्राविधिक भेटरिनरि,जस्ता थुप्रा जनशक्ति उत्पादन गर्ने गरेका छौ । एक घर एक प्राविधिक भनेर घोषणा पनि गरेका छौ ।
अग्नि सापकोटाकासंग कतिको नजिक हुनुहुन्छ?
हामी एउटै वडाबासिन्दा हौ । यति मात्र नभएर अग्नि सापकोटा त मेरो गुरु हो नि । वँहा ८ कक्षामा पढदाखेरि म ३ कक्ष्ााँमा पढथे । म राजनितिमा लागेको २०४७ सालदेखि हो । मैले टिकट पाउनुमा अग्नि सापकोटाकै हात छ मलाई अग्नि सापकोटाले विश्वाश गरेको मान्छे भएकाले वँहाको विश्वाश खेर जान दिने छैन ।