मनोविमर्शकर्ता कन्चन रावतको सुझाब-डिप्रेशन सामान्य रोग हो नलुकाऔ

मनोविमर्शकर्ता कन्चन रावतको सुझाब-डिप्रेशन सामान्य रोग हो नलुकाऔ


डिप्रेशन कस्तो खालको रोग हो । कुन अवस्थालाई हामी डिप्रेशन भएको रहेछ भनेर बुझन सक्छौ त आज ग्रिनसिटि पोष्टले एकजना मनोविमर्शकर्ता कन्चन रावत संग यस विषयमा खुलेर गफ गरेका छौ । प्रस्तुत छ वँहासंग गरिएको कुराकानि ।
डिप्रेशन के हो ? यो रोग हो कि होइन ?
जसरि शरिर दुख्छ त्यसैगरि मन पनि दुख्छ । यो वास्तवमा मानसिक स्वास्थ्य संग सम्बन्धीत रोग हो । हाम्रो शरिरमा लागेको विभिन्न शारिरिक रोग लागेमा समाजले विचरा रोग लागेछ भन्छ । क्यान्सर भयो डाइबेटिज भयो भने अस्पताल लगिन्छ आफन्तहरुले फलफुल ल्याएर दिने गर्छन माँया गर्छन तर मानसिक स्वास्थ्यमा समस्या आयो भने ए खुस्केछ भनेर बेवास्ता गरेको हुन्छ । डिप्रेशन के हो भनेर पत्ता लगाउने दुइ तिनवटा चरणहरु छ? जब  आशाविहिन बन्छ हरेक मान्छे केहि आशामा बाचेको हुन्छ नि त भोलि विहे गरौला, जागिर खाउला, आज भन्दा भोलि धेरै गरौला, ठुलो मान्छे बनौला भन्ने आशा हुन्छ । गर्दा गर्दा नसकेर उसको जिवनमा  त्यो आशा हराएको हुन्छ निराशाबादि सोच हुर्किन थाल्छ । तब उसले चारै तिर सबै गरेर पनि हुदैन भविष्य नदेख्ने सबैतिर कालै देख्ने  त्यस्ता व्यक्तिहरु धेरै अभ्यास गर्दा पनि आफुलाई असफल भएको महसुस गर्छन ।
आर्काे छ सहयोगविहिन महसुस गर्नु जता पनि धोकै धोका जसले पनि धोका देको छ । जसले पनि चिट गरेको छ । बाउआमाले पनि सहयोग गरेन, घरमा कसैले बुझदैन । आत्मसम्मानमा चोट पर्याे । निराशा छ एकदमै ठुलो चोट लागेर एकदम आत्तिएको हुन्छ के गर्ने के गर्ने हुन्छ मेरो कोहि पनि छैन सहारा भन्ने लागेपछि मान्छे डिप्रेशनमा पर्छ । मान्छे खान नपाए १० दिन बाच्छ । पानी नपाए तिन महिना बाच्छ, हावा नपाए ३ सेकेण्ड बाच्छ तर आशा नभए मान्छे एक सेकेण्ड पनि बाच्न सक्दैन । त्यै भएर डिप्रेशनका मान्छेहरु आत्महत्याको अवस्थासम्म पुग्छन । यो अवस्थालाई डिप्रेशन भनिन्छ ।
मलाई डिप्रेशन भएछ भनेर कसरि थाहा पाउने ?
जस्तै डिप्रेशनका विरामीले लगातार दुइ हप्तासम्म आफनो दैनिकि बिगारेको हुन्छ । विहान समयमै नउठने दाँत नमाझने, खाना नखाने, अफिस नजाने,घरको काम नगर्ने, उ सुतेर मात्रै बस्ने, शरिर दुख्ने मन भारि हुने, आत्तिने, खान मन नलाग्ने, कि धेरै खाने कि थोरै खाने, बाहिर निस्कन मन नलाग्ने निन्द्रा लाग्दैन अथवा दुनिया कामै नलाग्ने जस्तो लाग्ने । भनिन्छ नि कत्ति सुतेको बाहिर निस्क तिमी यस्तो मान्छे त थिएनौ भनेको हुन्छ नि त्यो किन भनेको भने घरका मान्छेले आफनो दैनिकी कार्यतालिका बिगारेर भनेको ढाडस दिन भनेको हुन्छ । डिप्रेशनको मुख्य समस्या भनेको आत्महत्याको विचार आउन थाल्यो । जिन्दगि बेकार छ । म बेकार जन्मीएको रहेछु भन्ने आयो भने डिप्रेशनको लक्षण हो । डिप्रेशनको विरामीले संसार खालि रित्तो कालै मात्र देख्न थाल्छ ।
मान्छे रिसाएको बेलामा किन झर्किने गर्छ किन रिसाउछ अथवा संयम हुदैन ?
भावना भन्ने कुरा संस्कारसंग जोडिएको हुन्छ । रिसाउनु हुन्न भनेर सिकाउने चलन छ यो एकदम गलत संस्कार हो । किन भने घरमा एकजना बच्चाले आफनो बुवा रिसाएको बेलामा जिम गर्न गएको उफ्रेको खन्न गएको त देखेको हुदैन । आमा बुवा रिसाको बच्चाले कुटेको देखेको छ बच्चाले त्यै सिक्छ । हाम्रो शरिरमा रिसाएको बेलामा शरिरमा एक प्रकारको उर्जा आउछ त्यो जन्मदैको शक्ति हो नि त्यो भनेको हार्माेन हो । बाआमाको हर्माेन त्यै बच्चासंग हुन्छ । त्यो हर्माेनले त तँपाइलाई एकछिन बस्नै दिदैन । शरिर काम्न थाल्छ । त्यो उर्जालाई उत्पादनमुलक काममा लगाउन सक्ने संस्कार छैन । त्यै भएर हामी थेरापिमा के गराउछौ भने आफना कुरा व्यक्त गर्न लगाने चिच्याउन लगाउने, नाच्न लगाउने लेख्ने, नुहाउने, पेन्टिङ गर्ने गर्न लगाउछौ । रिसाउने मान्छेलाई खत्तम रहेछ यो काम लाग्दैन भन्नुहुदैन । उसलाई एकदम व्यक्त गर्न लगाउन सक्नुपर्छ ।
डिप्रेशन भएछ भन्ने महसुस भयो भने जोगिन के के गर्नुपर्ला अथवा यसबाट बच्न साबधानीहरु के के हुनसक्ला ?
के बुझनुपर्याे भने तँपाइलाई यदि नरामा्रे सपना आयो । समाजमा आफनो प्रतिष्ठामाथि चोट लाग्ने डर भयो भने मनमा कुनै संकोच नबोकेर आफना मनको कुरा बुझने मान्छेलाई आफना कुरा बाडौ । सामाजिक प्रतिष्ठामा आँच आउने डरै नबोक्ने । साइको थेरापीस्टकोमा जाने । बरु अरुका कुरा काटने, त्यो पनि छैन भने नाच्ने उफ्रिने, विहान विहान आलु खाने मिठा मिठा खानेकुरा खाने साथिहरुसंग मन परेको ठाउंमा जाने ।
मान्छेले अर्काको कुरा किन काटछ । आफनो नकरात्मक विचारहरुले हो । अर्काे साथिको प्रगतिले पोलेर हो । यो पनि एककिसिमको भावना हो । यो सवालमा चाहि समाजले हामीलाई सरासर बिगारेको छ महत्वकाँक्षि बनाइदेको छ । तिमी ठुलो मान्छे बन भनेको छ नि त । तिमी भित्र जे छौ त्यसमा खुसि हुन भनिदैन । आफनो त मतलबै छैन । समाजले के भन्छ त बाहिर चिटिक्क बनेर देखाउ भनेर सिकाउछ । यो कारण पनि हामी अर्काको बहकाउमा हिडेर डिप्रेशनमा परेको हुन्छौ । हो त्यसैले आफु संग भएको शक्ति आफुले बुझनु पर्याे । खुसि हुने तत्वहरु आफैसंग हुन्छ ।
डिप्रेशनको समस्याको प्रकृती पुरुष र महिलामा के कति फरक छ ?
के छ भने डिप्रेशनमा महिलाहरुको बढि समस्या छ भने आत्महत्यामा बढि केटा मान्छेहरु अगाडि छन किनकि पुरुषहरुले समाजमा रुन पाउंदैनन नार्मद मान्छ हाम्रो समाज । उनीहरुले आफनो समस्या व्यक्त गर्न सिकाएको छैन । केटा मान्छे बलियो हुन पर्छ भन्ने कुरा सिकाएको हुन्छ तर केटि मान्छेहरुले आफना समस्या जता पनि खुलेर राख्न सक्छन । महिलाहरु हिंसामा परेको हुन्छन तर पुरुषहरुको अवस्था झन दयनिय हुन्छ । यो कुरा समाजले बुझदैनन । त्यसैले पुरुषहरु बढि आत्महत्या गर्छन । पुरुषहरु रुने भनेको हार्टको समस्या हुदा शारिरिक पिडा हुदा मात्र हो जिवनको अन्तिम अवस्थामा मात्र ।
डिप्रेशनका कारणहरु के के हुन सक्ला?
तँपाइलाई थाइराइड छ, किडनीको समस्या छ भने आफै डिप्रेशन हुन्छ । अर्काे हार्माेनको कारण पनि हुन्छ । अर्काे खानपान मुख्यतया हाम्रो समाजको गरिबी, संस्कारका समस्या, छाउपडि दलित समुदाय विभिन्न कारण हुन सक्छन । आत्मसम्मानमा चोट पुगेका कारण र फरक खालको अभाबहरुले नै डिप्रेशन जन्माएको हुन्छ ।
खुल्ला आँखाले मन विकेन्द्रिकृत हुन्छ, मन विकेन्द्रित भयो भने पनि डिप्रेशन बढछ भनिन्छ नि ?
त्यो हो जस्तै ब्लाइन्ड व्यक्तिहरु आत्मकेन्द्रित हुन्छन । उनीहरु फोकजड भएर आफनै खालको दुनिया बनाउन सफल हुन्छन । मेरो आफनो अनुभबले के भन्छ भने अस्सि प्रतिशत शक्ति हाम्रो आँखामा जान्छ, हामी जे देख्छौ त्यै हाम्रो दिमागमा छाप पर्छ । आखा नहुनेहरु आत्मनिर्देशित हुन्छन, आत्मालाई सोधेर काम गर्छन । केन्द्रिकृत भएर काम गर्न सक्छन । त्यसैले अरु अगंले सक्रिय रुपमा काम गरेको हुन्छ र सोचाइमा गुणस्त्तरियता आउछ र सफलता आफै हाता लाग्छ ।
त्यसो भए आँखाले देखेका सबै सत्य होइनन त?
खुसिको सिमा समाजले निर्धारण गरेको छ । हामी खुसि बाहिरै खोज्न थाल्यौ । अमेरिका गए राम्रो हुन्छ । सरकारि जागिर खाए सुख पाउछौ । यो लगाए राम्रो हुन्छ । यो खाए समिठो हुन्छ भनेर हाम्रो मन अरुले भडाएको छ । जब आँखा चिम्लेर सोच्नुस तब शरिर र मन एक ठाँउमा ल्याइदिन्छ । खुसि हुने तत्व आफैभित्रबाट निस्किन थाल्छ । आफनो जिन्दगीमा आफनै उदेश्य हुनुपर्छ, अर्काको उदेश्यमा हिडन थालेपछि खुसि कदापि मिल्दैन त्यसपछि त डिप्रेशन शुरु हुन्छ । सबै छ, पैसा पनि छ, जागिर छ ,आफन्त छन तर आफुले चाहेको काम गर्न पाएको हुदैन भने त्यो खतरनाक डिप्रेशनको कारण हो । हामीभित्र डपामिन सेरोटिन भन्ने हर्मान  हुन्छ । जब ध्यान गर्छाै त्यो हर्मान निस्किन थाल्छ । खुसि आर्फैसंग छ तर मान्छे अन्त खोज्न जान थाल्छ त्यै कारण पनि हो दुखि भइन्छ । अर्काे कुरा मन नपरेको काम गर्नुपर्दा पनि सुसाइड गर्छ मान्छे जापानमा धेरै आत्महत्या हुने कारण यहि हो । विश्वमा जापान धेरै आत्महत्या गर्ने देशमा पर्छ ।
डिप्रेशन न्युनीकरण कसरि गर्ने ?
एकदमै हामीले थेरापिमा वाक एण्ड टक भनेका छौ आफना कुरा सेयर गर । बरु कुरा काटने गर । हामीले थेरापिमा यो अभियान पनि चलायौ । लौ अब कुरा काट तर फेसबुकमा चाहि नराख है भनेका थियौ । त्यस्तै स्वस्थ खानपान गर, बेला बेला रगत जाँच गर । आफनो मन लागेको साथिसंग कुरा गर्ने जस्तै हामी चउरमा घाँस काटछौ सफा हुन्छ फेरि नँया पलाउछ सुदर सफा हुन्छ नि त्यस्तै सकरात्मक हुन सकरात्मक कुरा थपिराख्नै पर्छ ।
विभिन्न कारण मान्छे अधिकाँश यस्ता खालको विरामी छन ,राज्यले खासै प्राथमिकतामा राखेको छैन त्यसैले पनि यो रोग त आत्मनियन्त्रण गर्नै पर्ने अवस्था छ । समाजले पनि हत्तपत्त स्विकार्दैन कसरि आत्मनियन्त्रण उपचार गर्ने यो उपचार सम्भब कसरि छ ?
अब एउटा कुरा राज्यले त यो रोगलाई हेलचक्रयाई गरेको छ । राज्यले त यो शिर्षकमा जेरो पाइन्ट फाइभ प्रतिशत बजेट पनि छुटाएको छैन । मानसिक अस्पतालको हालत हेर्दा तँपाइ रुनुहुन्छ । विरामीहरु पहिलेभन्दा अलि आउछन अहिले मलाई यास्तो भयो भनेर आउछन । यो भुइचालो पछि आउन थालेका हुन । यो रोग हाइ प्रोफाइलका व्यक्तिहरुले झन लुकाएका देखेको छु । म नाम लिन चाहन्न मँकहा पनि आउनुभएको थियो एकजना हाईप्रोफाइल मान्छे उँहालाई डिप्रेशन भएको रहेछ भन्न सकिन भन्नुभयो । मलाई यस्तो भयो म आत्तिय भन्न सक्नुपर्याे भन्ने अभियानमा म छु । यसको पहिलो उपचार भनेको विरामीले स्विकार्नु पर्याे र इमान्दार भएर भन्न सक्नुपर्याे । हरेक व्यक्तीलाई एक न एकपटक डिप्रेशन हुन्छ । यसको राम्रो उपचार योग हो । योग भनेको मन र शरिरलाई एक ठाँउमा ल्याइदिन्छ । जस्तै मन एकातिर काम अर्कातिर हुन्छ । यो अवस्था पनि डिप्रेशन हो । म यता छु लौ घरमा के भयो भन्ने आत्तिने खालको अवस्थामा एन्जाइटि शुरु भयो भनेर बुझनुपर्याे । योगले यस्तो अवस्थालाई मन केन्दिकृत बनाउछ ।
कुन अवस्थालाई डिप्रेशनको अन्तिम अवस्था पागल अर्थात मानसिक विक्षिप्तता भएको अवस्था मानिन्छ ?
साइकोसिस्ट न्युराटिक भन्ने दुइवटा चरण हुन्छ । साइकोसिस्ट भनेको कडा खालको अवस्था ब्रेनमा नकरात्मक विचार आउन थाल्छ ब्रेनमा काम बन्द हुन थाल्छ कडा खालको मानसिक रागि हो । बर्बराउने गरेको कारण चाहि उसले सबै नराम्रो सबै मात्रै असत्य देख्न थाल्छ ब्रेनले सकरात्मक काम गरेको हुदैन ।
मानसिक विक्षिप्तताको रोगिहरुसंग समाज अलि परै बस्न खोज्छ । विशेषगरि घरमा पनि यदि त्यस्ता भइहालेमा बाधेर राख्ने पागलखाना छोडने गरिन्छ । काउन्सेलहरुले यो सामाजिक समस्यालाई कसरि चिर्ने हो ?
यो रोग शँका गर्ने रोग हो । मानसिक रोगिहरु आफुलाई हान्न आयो, मार्न आयो भनेर आत्तिएका हुन्छन । आफुलाई सिध्याउन लाग्यो भन्ने सोचेर अरुलाई हिर्काउन आउने भाग्ने गर्छन । मलाइ पनि धेरै पटक निधारमा हानिसकेका छन । कतिपय अवस्थामा औषधि दिएर राखिनुपर्छ । यसको उपचार अलि महँगो छ । परिवारमा कोहि मानसिक रोगि छन भने परिवार पनि डिप्रेशनमा जान थाल्छ । यो विषयमा राज्यले पनि सामाजिक जनचेतना दिन सक्नुपर्याे । अरुमा भर पर्ने, महत्वकाँक्षा राख्ने, घरमै बस्ने अल्छिपना बाट टाढा रहने गर्न सक्नुपर्याे । संस्कारले पनि स्विकारेको छैन ।
एकजना गर्भवति आमामा डिप्रेशन भएको छ भने बच्चामा के असर गर्छ ?
आमा गर्भवति भएको बेलामा जन्मिएको बच्चा अलि दुखि हुने हुन्छ यो त अन्तराष्ट्रिय अध्ययनले देखाएको पनि छ । आमा सकरात्मक भयो भने बच्चा अलि बाठा फ्रेस हुने हुन्छ । नेपालमा महिलाहरुमा आफनो शरिरमाथि आफनो अधिकार छैन । उसलाई छोरा जन्माउनुपर्ने घरको दवाव छ । त्यो प्रेशरले पनि आमा तनावमा हुन्छ आमामा नकारात्मक विचार आउन थाल्छ । बच्चा पेटमा भएको बेलामा आमाले एकदमै मायाँको कमि महशुश गरे भने आमाहरुले स्वस्थ बच्चा जन्माउन सक्दैनन । डिप्रसिभ आमाले डिप्रेशिभ बच्चा जन्माउछे त्यो बच्चाले कहिल्यै प्रगति गर्नै सक्दैन । बरु बच्चा पाउदै नपाए हुन्छ जन्माएर रोग भित्रयाउनुभन्दा त

डिप्रेशनका विरामी अपहेलित हुन्छन । घर परिवार र समाजबाट टाढिएका हुन्छन । उनीहरुलाई हामीले आफन्तले के गर्ने?
याद राखौ आज उसलाई छ भोलि मलाइ पनि हुन सक्छ भन्ने कुरा । आफना कुरा भन्न लाज नमानौ । के भो त यो मैले बोलाको होइन मलाई यस्तो भयो लौ सहयोग गर्नुपर्याे भनेर सहयोग मागौ न बरु साइकोथेरापीस्टकोमा जाऔ । डिप्रेशन लुकेर बसेको ठुलो समस्या हो । यो बम हो जति लुकायो त्यति खतरा छ । त्यस्ता विरामीहरुलाई माँया चाहिएको हुन्छ । उसलाई माँया गरौ एकपटक छोइदियो भने पनि उसको आँखाबाट तररर आशु आउछ कारण उसलाई माँया नपुगेर हो ।

प्रस्तुती-पार्वती खड्का