शहरी वातावरण स्वच्छ राख्न कालकाकारहरुले पनि विज्ञापन, सिरियलमा आफनो कलामार्फत जनचेतना दिन सक्छन भन्ने कुरा सर्वविदितै छ। त्यसैले पनि आज हामीले हास्य कालाकार दिपाश्री निरौलासंग गफ गरेका छौ । उँहा भन्नुहुन्छ एक घर एक रुख अभियान चलाउ कम्तीमा पनि काठमाण्डौंमा अक्सिजन नपाएर मर्नु त पर्दैन । यहि विषयको सेरोफोरोमा रहेर उँहासंग गरिएको कुराकानिको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
वातावरण मानव स्वास्थ्यसंग सरोकार राख्ने विषय महानगरको वातावरणीय अवस्था व्यवस्था प्रति तँपाइको धारण के छ र?
वास्तवमा काठमाण्डौंलाई पहिले लखनपुर भनिन्थ्यो रे । लखन अनि पुर लखनपुर भनेर मजाकको हिसाबले यसो भन्थे रे । वातावरण सफा र स्वच्छ भयो भने मात्र मान्छे स्वस्थ हुने हो । मानिस एउटा सामाजिक प्राणि भइसकेपछि आफु पनि स्वस्थ हुनुपर्यो । आफनो ठांउलाई चिनाउनका लागि धुलोरहित धुँवारहित बनाउनको लागि हामीले पहल गर्ने हो । व्यवस्थाको कुरा गर्नुभयो, एअर पोलुसन नियन्त्रण गर्नका लागि ट्राफिक नियम पालना गर्नु पर्यो पहिलेको तुलनामा हर्न त कम हुदै गएको छ ।
हर्न एकदमै बजाउनैपरेको ठाँउमा मात्रै बजाइन्छ नत्र कम भएको छ । वातावरण सन्तुलन राख्न प्रदुषण नियन्त्रण गर्ने हामी आफैले हो यसका लागि त आफै पनि सजग हुन जरुरि छ । धुलोको हकमा कुरा गर्ने हो । धेरै ठाउंमा सरचनाहरु बन्ने क्रम बढदो छ । नेपालमा यस्ता संरचना बनाउदा व्यवस्थित बनाएर गरेको देखिदैन्। विदेशतिर यस्ता काम गर्दा छोपेर नो इन्ट्रिको बोर्ड लगाएर हुन्छ कि सामन्जस्य मिलाएर काम गरेको हुन्छ । तर यँहा सरकारि निकायबाट त्यस्तो काम भएको छैन । यो दुख लाग्दो कुरा हो । मान्छे एक त खानपिनले नै एककिसिमले यत्तिकै बिरामि छ । वातावरणले त झन बिरामि पर्छ । हामी प्रदुषित छौ । वातावरण स्वच्छ राख्न सक्या छैनौ । सरकारि निति नियमबाट मानवस्वास्थ्यमा अलि राहत हुन्छ । प्रत्येक नगरिक सचेत भइदियो भने मेरो विचारमा केहि पनि कुरा असम्भब चाहि देख्दिन्। मैले छैन । दिउसोभरि काम गरेर राति घरमा गइसकेपछि सफा हुन बाथ रुमममा छिर्यो भने नाकबाट मुखबाट कति कालो जान्छ त्यहिबाट थाहा हुन्छ । वातावरण कति प्रदुषित छ ।
फोहोर व्यवस्थापनमा समस्या त झेलिराखेकै छौ । तपाई हामीले यो सबै देख्दै गर्दा भोग्दै गर्दा के कुरा नपुगेको महशुश हुन्छ र?
हाम्रो हेलचक्रयाइ गर्ने समस्या छ । बाहिर चाहि राम्रो छ । यँहा छैन भन्छौ हामी । यँहा चाहि यहि नजिकै खसेको चाउचाउका खोस्टा भयो, चकलेट भयो जे पनि हामी फाल्न हतार हुन्छौ क्या । म यो देशको नागरिक हु यो मेरो दायित्व हो भन्ने हुनुपर्यो । लापारवाहि हुनुभएन । आफै चेतनशिल हुनुपर्दोरैछ । सबभन्दा ठुलो कुरा चाहि घरवरिपरि सफा हुनुपर्यो । वास्तबमै भन्ने हो भने पोखरा हेरे हुन्छ । पोखरामा फोहोर फाल्नै मान्छे डराउछन । म चाहि घरमा म आफै काम गर्छु ।आफै बढार्छु । काम गर्ने हुदै पनि आफै फुलमा पानी हालिरा हुन्छु । आफनै तरिकाले आफनो काम गर्ने हो । तपाई समाजको प्रतिष्ठित व्यक्ति भएर उभिन सक्नुहुन्छ । मलाई त्यस्तो लाग्छ । मलाई राम्रो चाहियो भने त मैले नै शुरु गर्ने हो ।
समाजिक जनचेतनका विषयमा रचनात्मक काम गर्ने अवसर कत्तिको अवसर पाउनुभएको छ र?
ठाँउ पाउदा त हामी बोलि नै हाल्छौ नि किन नबोल्नु । अलिकति सिरियस भयौ र सौच्न थाल्यौ भने त हामी त धेरै सजग हुनुपर्छ । वातवरणका कुरा फोहोरका कुरा घरवरिपरिका कुरा आफै राम्रो बनाउन जरुरि छ । मलाई चाहि कुरौटे ठाँउमा जान पनि मन पर्दैन र म जान्न । वातावरण त हेर्नू आफै सिर्जना गर्ने बिषय हो ।
चेतनशिल समाज निर्माण गर्नका लागि तँपाइ कलाकार हरु पनि सक्नुहुन्छ होला नि तँपाइहरु त झन फिल्म बनाउनुहुन्छ र?
नसक्ने भन्ने त कुरै छैन । मान्छे चन्दमा पुगिसके त्यसैले असम्भब भन्ने के छ र ? यो काममा त आमनागरिक सचेत हुन जरुरि छ । सम्बन्धीत निकाय महानगरपालिका झन धेरै सजग हुनुपर्छ । हामीले भन्दा पनि बिशेषगरि विद्यासुन्दर शाक्यलाई यो घचघच्याउन जरुरि छ । अस्ति तिर डम्पिङ साइट भएन भनेर समाचार पनि आइरहेका थिए ।
कलाकारले बोलेका कुरा प्रधान हुन्छ यो कुरा लाई ख्याल गरेर तँपाईहरुले काम गर्नुभएको छ र?
हामीले नगरेका छैनौ पहिले तितो सत्य टेलिभिजन सिररियलमा पनि धेरै एपिसोडमा यो विषयमा बोलेका छौ । फिल्ममा मान्छेले मनोरन्जन लिन आउनुहुन्छ । शन्देशहरु थुपार्न गाह्रो हुन्छ । नथापाउनेगरि राख्न सकिन्छ । शन्देशहरु यसैगरि राखेका पनि छौ । कतिपय विज्ञापन पनि बनाएका छौ । विज्ञापनमार्फत एकदम चाडै सबैको घरघरमा पुग्न पनि सजिलो छ । विज्ञापनहरु जिगंल बनाएर प्रयाप्त रुपमा सरकारले पेल्न सक्नुपर्यो ।
तँपाइको परिभाषामा स्वस्थ जनजिवनको सुत्र के हो?
मान्छे आफैभित्र फोहोरी छ, आफैभित्र फेरि पनि सुघरि पनि छ । तँपाई हराभरा वातावरणमा बस्न चाहनुहुन्छ भने आफनै घरबाट शुरु गर्नुस भन्छु प्रत्येक दिन नुहाएपछि सफा भएजस्तै प्रत्येक दिन सफा गर्न जान्नु पर्छ हामीले । काठमाडौमा अक्सिजन नपाएर कति मान्छे मर्नूपरेको अवस्था छ त्यसैले एक घर एक रुख अभियान चलाउ न रुख काटन सरकारसंग अनुमति लिनुपरोस न अनि त नहुने के नै छ र?
प्रस्तुति-पार्वती खड्का
प्रतिक्रिया