राजाराम पौडयाल पेशाले हास्य कलाकार हुनुहुन्छ तर वँहा सफाइ अभियन्ता पनि हुनुहुन्छ त्यसैले आज ग्रिनसिटि पोष्टले शहरि वातावरण सफा राख्न र सभ्य बन्न सिकाउने यस्ता अभियन्तासंग फोहोरमैला व्यवस्थापन र शहरि सभ्यताको विषयमा रहेर सक्षिंप्त गफ गरेका छौ ।
शहर वातावरण प्रदुषण र फोहोरमैला व्यवस्थापनको समस्यामा छ तपाइको कलाकारिता पेशालाई अलि पर राखेर एकजना देशको नागरिक भएर सोच्नुभयो भने के के सोच्नुहुन्छ?
अब वातावरणको विषयमा कुरा गनुपर्दा हामी कती सभ्य छौ, हाम्रो देश कति सभ्य छ, यो चिजलाई विदेशिहरुले पहिलो मुल्याकंन गर्छन । विदेशिहरुले यहि वातावरण हेरेरै हामीलाई मुल्याकंन गर्छन । बाटमा हेर्दा हेल्दी देखिएपनि अस्पतालमा जानुभयो भने उत्तिकै खचाखच छ । रोगी दिनप्रतिदिन बढेको छ जस्तो काठमाण्डौ अति नै धुलो छ । पहिले डाईबेटिज भन्ने रोग त्यो बेलामा यो एकदम धनिमनिलाई हुनेखानेलाई लाग्ने रोग भन्थे तर अहिले यो रोगले कसैलाइ छोडेको छैन । अहिलेका प्राय धेरै केटिहरु देख्याछु साना १५ १६ का केटिहरु लाई पनि थाइराइड भएको भेटेको छु । रोग नभाको मान्छे पाउनै मुस्किल भइसक्यो । धुँवा अति थियो पहिले अहिले अलिकति कम भएको छ । अन्त जान्न म ग्वार्काे देखि सातदोबाटो सम्म त्यति ठुलो चौंडा रोड बनाइदेको छ । त्यति नँया सडक छ, भर्खर बनाको छ तर ४ इन्च बाक्लो धुलो जमेको छ । रोडभन्दा अलि भित्र गयो भने सडकको धुलोले श्वाश फेर्नै दिदैन । त्यो सडकमा धुलो त नागरिकले ल्याएर हाल्देको होइन नि त हो र? सडक मात्र बनाएर हुन्छ सफा पनि गर्नुपर्याे । यो समस्यालाइ तपाइ जस्ता पत्रकारहरुले यो बिषयमा सिकाउन सक्नुपर्छ जस्तो म एउटा उदाहरण दिन्छु वागमति सफाई अभियान शुरुवातको केहि महिना अगाडि लगभग शरुमा ५००० मान्छे थिए दोश्रो शनिबार आयो । ३०० मान्छे पनि भएनन म र डाक्टर राजु अधिकारि लागेर स्कुल कलेजहरुमा गएर क्लास लिन थाल्यौ । पहिले त के हो कसो हो भने कुरा सुन्दै सुनेन मानेन पनि पछि राजाराम पौडेल आउने रे भनेपछि मान्छे आउन थाले । यो अभियानमा राजेश हमाल हरु पनि आए । एकदिन त राजेश हमालले पौडि खेल्न नजानेर देउघाटको दुई चार घुटको पानी पनि खानुभएको थियो । नपत्याए भेट हुँदा सोध्नुस न ।
तँपाई वागमति सफाइ अभियानमा खटिएर के बुझनुभयो फोहोर श्रोतमै व्यवस्थापन गर्ने हो रैछ कि बाटोमा टिपेर अभियान चलाउनु ठिक हो रहेछ?
पहिलो कुरो मुहानै सफा राख्नुपर्याे । मुहान भनेको घर हो । म कहा कम्पोष्टीगं गर्छु कौसिमा मल हाल्ने गरेको छु । महानगरले पनि कम्पोष्टिग विन हरु बेचिराको छ त्यसबाट पनि काम गर्न सकियो । म त बाटामा फोहोर फाल्नेलाई फोटो खिचेर भित्तामा टासेर बेइज्जत गर्नुस भन्छु । मैले त धेरै भाईबहिनीहरुलाई यहि कुरा सिकाई सक्याछु ए आओन खोलामा फोहोर टिप्न जाम भन्यो भने डलर खाने त काम गर्ने म भनेर बचन लगाए हाम्रै कलाकारहरुले नै म नाम चाहि कसैको पनि लिन्न हामीले डलर त खाएको थिएनौ नि ।
कलाकार त सबैको आइडल हो । समाजले खोजेको कुराहरु कलामार्फत आफनो परिचयमार्फत पनि ज्ञान बाडन सक्दैन र ?
तँपाइले भनेको ठिक हो । यो काम हुन सक्छ कलाकारले चाहेर मात्र भएन नि त्यह विषयमा कथा लेखिनुपर्याे बिचमा त्यसै त छिराउन मिलेन नि त्यहि भएर त म पनि वागमति सफा गर्न लागेको नि । बिद्यालय भित्र कति गइयो कक्षा सन्चालन गर्न ग्यालेक्सीमा मात्रै ४ पटक गएका थियौ । बिस्तारै सडकमा भाइबहिनीहरु अउन थाले यो टोलको हामी जिम्मा लिन्छौ भन्न थाले ।
भनेपछि वागमति अभियान जनचेतनाले व्ँयुतीयो ?
त्यति गर्दा पनि मान्छे टेर्दैन थिए । एकपटकको एउटा रमाइलो के भो सुनाउछु सुकुम्बासि टोलतिर सफा गर्दै थियौ हामी म लगायत सबैले बाटोमा फोहोर टिपिराख्याछौ मान्छेले कौसिबाट बार्दालिबाट पुलबाट हेरेर बसेको थिए । मलाई असाध्यै असह्य भएर मैले माइक खोसेर यो फोहोर टिप्न आउनुस तल यँहाबाट चलेको हावाले तँपाइलाई पहिले रोग लाग्न सक्छ हामी त अलि पर छौ । आउनुस भनेपछि सबै फात्तफुत्त भाग्नुभयो अर्काेपटक लाज लागेर सबैजना हामी भन्दा पहिला आउनुभाथ्यो । दाई हामीलाई अस्ति लाज लागेर भागेको भन्नुभाको थियो त्यसैले मान्छेलाई कहिलेकाहि लाज पनि लगाइदिन पर्दाेरैछ क्या ।
प्रदुषणले गर्दा मानवस्वास्थ्यका विषय ओझेलमा पर्याे काठमाण्डौ त झन झन थलिएको छ नियमण गर्ने निकाय पनि निस्क्रिय छ यो विषयमा किन चिन्तन नभएको होला?
नियामक निकाय पनि मान्छे नै हो वँहा पनि त्यै नाकले नै शाश फेर्नु हुन्छ । रोगले यसले यँहा काम गर्छ यसकामा हामी त जानुहुदैन भन्दैन क्यारे । रोगले छोडदैन । रोगले त उसका परिवार बालबच्चा लाइ पनि छोडदैन ।
मान्छे आफैले जानेन या सबै ज्ञान बुद्धि भएर पनि हेप्यो कि फोहोर फाल्न छोडदैन यो हेपाहा प्रवृती चिर्न के गर्नुपर्ला के भन्नुहुन्छ ?
यो हेपाहा प्रवृती चिर्न अलिकति त पेनाल्टी नतिरिकन मान्छे तर लाग्दैन पेनाल्टि अलि दरै रकम जरिवाना सकेसम्म जेल अलि ठुलै जरिवाना सम्म नभइकन हुदै हुदैन । सिगांपुरमा चुइगम झिक्न पनि पाइदैन सिगांपुर त्यसै सिगांपुर भाछ? त्यँहा चुइगम खाएमा लाखौ जरिवाना तिर्नैपर्छ । ल एण्ड अर्डरले मात्रै यि सबथोक बन्ने वाला छ । नत्र हुदैन ।
एकपटक काठमाण्डौ महानगरले बोलायो म गए,माथि पुल हुँदाहुदै मान्छेले बिच बाट बाटो काटिदियो के गर्ने होला दाई भन्नुभयो मैले घण्टे जेल बनाउनुस भनेको थिए । बाटो काटेको भेटयो कि त १ घण्टा भ्यानमा हालेर थुन्ने । पछि महानगरले २ वटा भ्यान पनि बनाकोथ्यो के कारण त्यो लागु भएन । यँहा त के छ भने सडकबाट सररर मान्छेले आँखा नहेरि बाटो काटिदिने गाडिले मोटरसाइकललाई हान्यो भने गाडिको गल्ति नभएपनि उ जरिवानामा पर्याे यसरि अनुहार हेरेर कानुन लागु हुनुभएन नि
तँपाई त धेरै मुलुक घुम्नुभएको छ देखिसक्नुभएको छ त्यँहाको सभ्यता व्यवस्था राम्ररि चिनेर आउनुभएको छ । अलिकति अनुभब सुनाइदिनुस न ?
हुनत विदेश त म मात्रै होइन सबैले घुमेका छन । नेता सासंद कर्मचारि वर्ग सबैले हेर्नुभाछ । विदेश के छ कस्तो छ नियम कस्तो छ कसलाई थाहा छैन सबैले घुमेका छन नि कसलाई थाहा छैन र लागु गर्नुपर्ने उनीहरुले हो । निकाय बेग्लै छ अमेरिका त ल एण्ड अर्डरले चलेको देश हो ठाँउ ठाँउमा क्यान ब्याग डिस्पोजल गर्ने चिज राखिदेको हुन्छ । मुख्य गरि संस्कार नै गतिलो दिनसक्नुपर्छ ।
अमेरिकामा धेरै बसेर पनि आउनुभयो त्यहाको सभ्यता सँस्कृती र यँहाको अवस्थाको अन्तर कस्तो छ वातावरणको विषयामा यँहाको मान्छेले के जान्न जरुरि लाग्छ?
उनिहरुको र हाम्रो त तुलना गर्नै मिल्दैन नि त्यँहा ह्वात्तै आजै बनेको हो र ? होइन पहिलेदेखि जग रामा्रो थियो । जस्तो उतातिर बाटोमा ठाँउ ठाँउमा ट्रयास क्यानहरु राखिदेको हुन्छ डिस्पाज्याबल व्यागहरु राखिदेको हुन्छ । कसैले फोहोर फाल्न नजानेको हुदै हुदैन । हाम्रामा केटाकेटिहरु उतार्नुपर्छ बाटामा फोहोर फाल्नेको फोटो खिचेर फलेक्स बनाएर बाटामा झुण्डयाउन पर्छ भन्छु म त ।
फोहोर व्यवस्थापन बाट आम्दानी हुन्छ सहमत हुनुहुन्छ?
एकदमै मैले सुनेको छु नगरपालिकाहरुले पनि काम गर्दैछन । म आफैले पनि पेपरको इटटा देखेको छु ।
कलाकारले सिरियस गफ नर्गलान भन्ने मान्छेको बुझाइ छ तँपाइ त सफा गर्ने काममा पनि लागेको देखियो काम कुरा भन्दा बाहिर रहेर कहिलेकाँहि उडन्ते प्रश्नहरुको मात्रै जवाफ दिनुपर्दा चाहि वाक्क लाग्दैन तँपाइलाई ?
लाग्छ किन नलाग्नु मैले पनि अन्र्तवार्ता दिँदा जे सोधेको छ त्यसको जवाफ दिने न हो । तँपाइले आज भात सँग के खानुभयो भन्दा त मैले त्यसैको उत्तर दिनुपर्याे नि जस्तो तँपाइले आज वातावरणको विषयमा सोध्नुभयो मैले देशको बारेमा बोल्न पाए ।
आज मैले यो विषयमा बोल्न पाए हुन्थ्यो अन्र्तवार्ता दिन पाए हुन्थ्यो भन्ने विषय छान्नुभयो भने के छान्नुहुन्छ ?
म नढाटिकन भन्छु मैले विषयबस्तुभित्र रहेर एकदम कम बिरलै बोलेको छु । आज वातावरणको विषयमा बोल्न पाए, त्यसमा पनि एकदम डेप्थमा गएर प्रश्न गर्नुभयो अत्यन्तै खुसि छु । त्यसैले आज म आनन्दले निदाउछु ।
बिग्रेको शहरि सौन्दर्यले सरकारको भ्रमण वर्षलाई जिस्काएको छ भने हाम्रो सभ्यतालाई गिज्याएको छ यो विषयमा के भइदिए हुन्थ्यो जस्तो लाग्छ ?
कुलमान घिसिङले तार व्यवस्थापन गर्छु भन्नुभएको छ भन्ने मैले सुनेको छु । वँहाले लोडसेडिङ हटाउनुभयो मलाई विश्वाश छ वँहाले यो काम पनि गर्नुहुन्छ । एक अर्काे निकायसंग समन्वय नभइ काम भएको छ । सडकमा कहिले खानेपानिले खनेको छ कहिले केवल ढलले खनेको छ खनेको खनेइमा ३०÷३५ वर्ष त खनेरै गइसक्यो कसरि धुलो बन्द होस त? यहि तालमेल नमिलेर बिग्रेको छ । आफनो वरिपरिको फोहोर सबैले उठाउनुपर्छ अनि मात्र सभ्यता रहन्छ ।
प्रस्तुती-पार्वती खड्का
प्रतिक्रिया