कँहा चाल पाउथे र मैले
कतै मेरा मनमा पनि कुनै र्ददहरु नलुकिदिएका भए ।
लाग्छ म गहिराईमा त अहिले होइन उहिल्यै पुगिसकेको रहेछु ।
के थाहा हुन्थ्यो र मलाई अझै पनि
कुन चाहि दुख कुन चाहि सुख हो
दौडाइको रफतारमा यि पैतला नफुटिदिएका भए ।
कँहा चाल पाउथे र मैले फेरि
ति तृष्णाका झटटाराहरु थिए भनेर
सम्झिएर यि मेरा परेलीहरु नरुझिदिएका भए ।
-पार्वती खड्का
प्रतिक्रिया