पहिले एउटा अपागं मान्छे अर्काे अपागंसंग भेट गरे भने त्यँहा भिड लाग्थ्यो ओहो यिनिहरु मिल्दा रहेछन । के गफ गर्छन होला सुन्न उत्साहित हुदै नजिकिन्थे । दृष्टिविहिनलाई अन्धा भन्थे कान नसुन्नेलाइ बहिरा भन्थे अझ खुटटा नभएकालाई लगंडा भन्थे अपागं भन्ने बितिकै शारिरिक रुपमा सबल नभएको भनेर बुझिदिन्थे यहि गुनासो पोख्दै थिए अर्घाखाचिका बालकृष्ण गैरे ।बालकृष्णको एउटा खुटटा छैन तर पनि उनको जिन्दगि बैशाखिको सहारामा दौडिएको छ । सवलागं जतिकै जोशिला बनेर स्कुटरमा राष्टिय अपागं महासंघ सम्म आइपुगेका थिए । अर्घाखाचिको खिदिम पोखराथोक हालको बाहिनी गाउंपालिकामा जन्मेका गैरेलाइ अपागंमैत्रि विद्यालय नहुनुकै छटपटिले करिब ४० वर्ष अगाडि नै काठमाण्डौसम्म डोर्याएको थियो । उमेरले ५० नाघेका गैरेसंग अपागंता भएर बाच्नुका थुप्रै तिता अनुभबहरु छन । उनी भन्छन, अपागंता भएका नागरिकलाई जति समस्या अरु कसैलाइ पनि छदै छैन ।
अन्तराष्टिय अपागं दिवस मनाउने सेरोफेरोमा भेटिएका गैरेसंग हामीले यस्तै सामान्य गन्थन गर्याै । राष्टिय अपागं महासंघले पनि सप्ताहव्यापि कार्यक्रम गर्ने तयारीमा जुटेको छ । यहि मेसोमा बालकृष्ण गैरे राष्टिय अपागं महासघंको भबनमा आइपुगका हुन । बालकृष्ण गैरे राष्टिय अपागं महासंघका संस्थापक सदस्य पनि हुन ।
अर्घाखाचिको दुर्गम गाउंमा जन्मजात छोटो खुटा हिडडुल गर्न नसक्नुले बालकृष्णलाई शरिरिक पिडाले झण्डै ओझेल पारेन उनी विगत सम्झदै भन्छन ‘बिद्यालय घरदेखि धेरै टाढा परिवारले संधै बोकेर लान नसक्ने हुनाले शिक्षा दिक्षाको लागि अपागं लाई साच्चै अपागं भएको महसुस हुन्छ । ‘अपागंता भएका व्यक्तिले आफनो जिवन सन्चालन गर्नका लागि शिक्षा चाहिने रहेछ भन्ने कुरा बालकृषण्ले कतै सिकेका होइनन उनको आफनै भोगाइहरु मनग्य छन ।
अपागंताका विषयमा आवाज उठाउनु पर्छ भनेर २०५० सालतिर राष्टिय अपागं महासंघ खोलेका हौ । संस्था खोलेपछि संविधानमा हाम्रा सवालहरु संबोधन हुनुपर्छ भनेर संस्थाले आवाज उठाइयो । बालकृष्ण गैरे आफुले उठाएका अपागंताका सवालहरु राजनितिक दल र सबिंधानमा शमाबेशिताका नाममा संबोधन हुदा कसैको दया माया सम्झदैनन । उनलाई यो आफनो श्रमले आर्जेको निजि सम्पती मान्छन । उनी भन्छन हामीले हाम्रा समस्या उठायौ र पो शमावेशिताको कुरा आएको हो नत्र हाम्रा सवालमा अरुले कसरी जान्नु र? अपागंताको सवाल अहिले त स्थानिय तहमै जिल्लामै संबोधन हुनुपर्छ भनेर राज्यले व्यवस्था गरेको छ । तर गैरेले यति मात्रैमा सबै अपागंताको सबै उपलब्धी देख्दैनन ।
समाज र अपागंता भएका व्यक्तिका समस्यालाई सविधानमा संबोधन हुनुपर्छ भनेर हामी लागिरहयौ । उनले भने कति ठाउंमा विभेद भएको छ त्यो त बेहिसाब छ । अपागंता भएकै कारणले मैले रोजगार पाइन । लोकसेवाको लिखित र अन्र्तवार्तामा यो त अपागं रहेछ भनेर फालेको उदाहरणभित्र पर्छु म पनि ।
हुन पनि हो भित्रि क्षमता जाच्दैन मान्छे धेरै कुरा जान्दैन, खोतल्दैन मान्छे । यहि कुराको साचो प्रमाण हुन बालकृष्ण गैरे । उनले आफनो विगत तिर सम्झेर हामीसंग गफिदै भने सर्वोच्च अदालतमा प्रेस स्थापना हुदै थियो । त्यतीबेला कर्मचारि माग भयो । त्यतिबेला मैले गरेको कामको अभिलेख सहित आवेदन भरेको थिए । उनले प्रेसको टेक्निकल कामहरु गर्थे । तत्कालिन बारको अध्यक्ष दमननाथ ढुगाना संग रितिबहादुर प्रधान संग यो भाइले लिखित पनि अन्र्तवार्ता पनि पास गरेको रहेछ लु कन्सिडर गर्दिनुपर्यो भनिदिनुभएको थियो तर यो काम गर्न सक्दैन भनेर होला भोलिपल्ट मेरो नाम निस्केन । पछि मैले आर्को ठाउंमा नाम निकालेर साझा यातायातमा जागिर भेटेको थिए । पछि कोल्यास्प भयो त्यसको नकरात्मक टिको हामीले पनि लगायौ । अपागंता भएका पछिल्ला पिढिले जागिर नपाउलान भनेर नराम्रो काम गरिएन । इमान्दारिता बचाइयो तर संस्था बचेन । यस्तै तिता अनुभब छन ।
अहिले बालकृष्ण गैरे भारतमा घर छोडेर गएका नेपालीहरुका बेघरबारे रोगव्याधिका कारण अलपत्र परेका अपागंता भएका मान्छेहरुका लागि राज्यले आवाज उठाउनुपर्छ भनेर पैरवि गर्छन । उनको आफनै संस्था नेसनल माइग्रेन नेटवर्क छ । उनी अहिले त्यसैमा काम गर्छन । बालकृष्ण गैरे शारिरिक असक्षमतालाई आफनो बलियो मनोबलले चिर्न सक्ने पात्र हुन । उनलाई यस्ता छिटफुट मनाइने शहरकेन्द्रित दिवसहरुले मात्र अपागंताको मुद्धा समेटिन्छ जस्तो लाग्दैन । उनी भन्छन काम गर्न धेरै बांकि छ ।
आखा नभएकालाई अन्धो भन्ने अन्धो समाज अझै ज्युंदै छ । हाम्रा वरिपरि थुप्रै बालकृष्णहरु पिडित छन । अशक्त मान्छेहरु प्रति हेपाहा भाब राखेर मुल्याकंन गर्ने कुरिती र अशिक्षाको आगो अझै हरेक घरभित्र दन्कीरहेकै छ । बालकृष्णका कथाले यहि बोलिरहेको छ कि यो कानुन र सबिधानमा उल्लेख भएका पक्तिहरु व्यवहारमा पटक्कै पनि छैनन ।
प्रतिक्रिया