मेहनेति रमेशको सफलताको कथा

मेहनेति रमेशको सफलताको कथा


 

बबरमहलबाट अलिकति भित्र थापाथलि तिर जाने बाटोको दांया साइडमा शिखा फलावर एण्ड प्लान्ट नर्सरि छ । रमेश कुमार सन्जेल यहि नर्सरिका मालिक हुन ।
रमेश कुमार एक जना कृषक मात्रै होइनन उनी सफल व्यवसायि पनि हुन । बिहानको मिर्मिरेमा उठेदेखि बेलुकाको अध्यांरो नहुन्जेल सम्म उनी यहि नर्सरिभित्रै लुटपुटिन्छन र पसिना बगाउछन, उनलाई यो नर्सरिको माटो प्यारो लागेरै होला यहि माटोमै खेल्छन र माटोमै रमाउछन ।
रमेशले नर्सरिलाई चिनेर नसर्रिसंग रमाउन थालेको १५÷१६ बर्ष पुरानो भइसकेको छ । सामान्य पोशाकमा देखिने रमेशको व्यवसाय हेर्दा लाग्छ उनीसंग स्टान्र्डड खालको मेहनत छ । मेहनेति रमेश कुमारलाई अहिले यहि नर्सरिले चिनाउन थालेको छ ।

उनी आफनो व्यवसाय शुरुवातका दिन सम्झदैं भन्छन । जम्मा एक लाख लगानिबाट शुरु गरेको थिए , । ‘अहिले खान बस्न पु¥याएको छ ।
नर्सरिबाट कति आम्दानी हुन्छ भन्ने जिज्ञाशा सकिन नपाउदै उनले भने, आफनो खटाइमा भर पर्छ नि, बिरुवा हुर्काउन सजिलो पटक्कै लाग्दैन । ‘भन्छन माटो बनाउन जान्नुपर्याे । रमेशलाई नर्सरि जोगाउने बिषयमा सानो भन्दा सानो सम्म अक्कल छ ।

‘उनले भने बिरुवा हेरेर राख्नुपर्याे । रोग अनुसारको औषधि राख्न सके बिरुवा फस्टाउछ, बिरुवा हुकार्एर आम्दानी हुन्छ भन्ने कुरासंग मात्र सिमित छैनन व्यापार गर्न त कस्टोमर संगको डिलमा पनि भर पर्छ । ‘उनी भन्छन, मलमाटो, पानी किन्नुपर्यो ।

उनको नर्सरिभित्र साइज अनुसारकोे ३० रुपिैंया देखिको दररेट छ । समान्य लेखपढ सम्म जानेका रमेशले गरेको व्यवसाय अति फराकिलो छ ।
‘उनी भन्छन, मैले २५ जना लाई नर्सरिको तालिम दिएर बैदेशिक रोजगारमा पठाएको छु । उनले ७÷८ जनालाई त आफनै नर्सरिमा रोजगारि दिएका छन ।
रमेशलाई नर्सरि चलाएर जति खुसि अरु केहिमा छ्र्रैनन र भन्छन । वार्षिक कारोबारको ५ लाख त नाफा मात्रै हुन्छ । नर्सरि चलाएर नथाकेका रमेशसंग व्यवसाय भित्रका कथा व्यथा पनि उत्तिकै छन र त भन्छन । यो सिजनल फलावर हो तिहार सम्म बिक्रि भएन भने घाटा पो हुन्छ ।
सानातिना अप्ठयारालाई रमेशले सजिलै पचाउन जानेका छन ।

रमेशले नर्सरिभित्र आउने ग्राहकहरुले अच्चमको लिला झिकेर किचलो गर्ने गरेको किस्सा पनि हामीलाई सुनाए । भन्छन ग्राहकले यो फुलको पनि पैसा पर्छ र भनिदिनुहुन्छ । मान्छे एकैछिन नदेखे फुलको मुन्टा चिमोटेर झोला भर्ने पनि आउछन,
फलफुलका बिरुवा कागती अम्बा स्याउ मौसमका साना देखि ठुला रुखका बिरुवा गोदावरि ५०÷३० ÷४० फिट सम्मका सिजलन फलावरहरु पाइन्छन ।
उनको नर्सरिले अर्काे शाखा पनि जन्माइसकेको छ । सानेपाको बिबि पार्क नजिकै तरकारि बजारको ठिक विपरितको स्थानमा उनको आफनै नर्सरि बगैंचा छ । करिब आठ लाखको लगानिबाट काम शुरु गरिसकेका ‘उनी हर्षित हुदैं भन्छन, गरे के हुदैन र? । जागंरिला रमेशलाई व्यवसायको अझै प्रगतिको लागि हाम्रो पनि शुभकामना