कृर्तिपुरको त्रिभुवन विश्पविद्यालयको ठिक विपरित दिशामा एउटा हरियो नर्सरिको बर्गैचा छ । त्यो हो थापा नर्सरि । यो व्यवसाय कृष्ण राम थापाले शुरु गरेका हुन । ५÷६ वर्ष पहिले यो नर्सरिको नाम बुढाथोकि नर्सरि थियो । अहिले यसको नाम फेरिएर थापा नर्सरिमा परिणत भएको छ । कृष्ण राम शुरुवातमा त नर्सरिको स्टाफ मात्र थिए । ‘उनले विगत सम्झंदै भने, ‘बुढाथोकि नर्सरिमा काम गर्थे, उंहा नै मेरो गुरु हुनुहुन्थ्यो । अहिले उंहा बित्नुभयो मैले नै यो व्यापार सम्हालेको छु ।
कुरो २०५६ सालतिरको हो । नुवाकोटबाट एस एल सि दिएर शहरमा जागिरे बनेर क्याम्पस पढने धोको पालेका कृष्ण राम थापालाई नर्सरिको कामले तान्यो । अहिले उनले नर्सरिमा काम शुरु गरेको १९ वर्ष पुगेर २० बर्ष पार गर्नै लागिसक्यो । १५ लाख लगानि बाट शूरु गरेको यो व्यवसायमा अहिले उनको बार्षिक ५० लाख जति आम्दानी हुन्छ त्यसैले होला ‘उनी भन्छन, ‘मलाई यो पेशा मन परेको छ ।, उनी अहिले यहि पेशामा मस्त छन ।
आजभोलि कृष्ण रामको दैनिकि नर्सरिमै बितेको हुन्छ । बिहान देखि सांझ सम्म नर्सरि गार्डेनमा शिशु अवस्थाका बिरुवा गोडमेल गरेर हुर्काउनुमै व्यस्त हुन्छन । आफनो कामप्रति वफादार र लगनशिल कृष्ण रामले व्यवसाय गरेर आफु मात्र बाचेका छैनन यहि काम बाट २४ जनाको रोजि रोटि पक्का गरिदिएका छन र भन्छन म खुसिका साथ व्यवसाय चलाइरहेको छु ।
१५÷२० हजारको लागि बैदेशिक रोजगारमा खाडिमा जाने कुरा संग थापा खासै खुसि छैनन । ‘उनी भन्छन नेपालमा काम गर्न खोज्नेलाई जति पनि विकल्प छन नि ।
नर्सरि व्यवसाय गर्नका लागि के के ज्ञान हुनुपर्ला त भन्ने जिज्ञाशामा कृष्णराम भन्छन । ‘शुरुमा त बिरुवाको लागि (सिड) बिउ जम्मा गर्नुपर्याे । उपयुक्त मल माटोको तयारि सकेपछि प्याकपोलिथिनमा छर्नुपर्छ छरेर उम्रिसकेपछि म्याद भित्र पोलिप्याकमा राखेर हुर्काउनुपर्छ । हामीले त गा्रहकको रोजाइमा बिरुवा हुर्काउनुपर्छ ।
विरुवामा मल अलि बढि चाहिन्छ । कृष्ण रामले आफनो नर्सरिका लागि चाहिने मलको जोहो आफै गर्ने गरेका छन । बिरुवाका पहेंला पात कटिंग गरेर राखिएका झार जस्ता ठोस बस्तुबाट मल तयार गर्ने गरेको उनी बताउछन ।
उनको नर्सरिले बिरुवा मात्रै बेच्दैन मान्छेको घर, विद्यालय, अस्पताल जस्ता ठांउमा गार्डेन डिजाइनिंगको सेवा पनि दिन्छ । उनी भन्छन ‘हामी गार्डेन हेरेर सर्भिस चार्ज लिने गर्छाै ।
उनको नर्सरिभित्र सानादेखि ठुलासम्मका तयारि रुखबिरुवाहरु पनि उत्पादन हुन्छन । जगंली फरेस्ट सिजलन फलावर जुनार कागति पिकानट स्टारफू्ट किवि आल्मोण्ड लागएतका आर्नमेण्टल टि प्लान्ट फुटहरु फलफुलको मात्रै ३३ वटा आइटम पाइन्छन । उनी भन्छन मेरोमा आएका गा्रहकहरु लगभग फर्किन पर्दैन ।
अलि पहिले मान्छेहरु घरमा सौन्दर्यका लागि बिरुवा किन्न नर्सरि छिर्ने गर्थे तर अहिले सौन्दर्य मात्र नभएर आवश्यकता जस्तै भएको छ । घरमा बोटबिरुवा हुदां अक्सिजन फाल्ने धुलो धुवालाई पनि ब्लक गराउने भएकाले मान्छे बुझेरै किन्न आउने गर्छन ।
यो काम कतिको सजिलो लाग्छ त भन्ने हाम्रो प्रश्नमा उनले निधार खुम्च्याउदै भने ‘त्यति सजिलो पनि कंहा छ र ? जग्गाको भाडा महंगो छ ।
उनको नर्सरिमा छिरेपछि ग्राहकले पार्ने हैरानी त झन भनिसाध्य छैन, कति हो कति ! कति जनाले त पैसा तिर्ने बेलामा किचलो शुरु गर्छन, कसैले बिरुवा चिमोटेर फाल्नुहुन्छ, कसैले पैसा नतिरि लानुहुन्छ । कतिले त लुकाएर पनि लानुहुन्छ, ग्राहक जोगाउन पनि आफुले (कम्परमाइज) बेवास्ता गर्नुपरेको उनको दुखेसो छ । त्यसैले पनि होला उनलाई यो व्यवसाय पनि अझ व्यवसायिक बनाउने रहर छ ।
कृष्णरामले मुसुक्क हास्दैं भने ‘म अहिले नर्सरि सब कमिटको सहसंयोजक पनि छ,ु । यो कमिटिले नर्सरि व्यवसायको बारेमा बेला बेलामा तालिम हरु पनि दिने गरेको छ । तालिम दिनका लागि बिज्ञको खर्च धान्ने गरि थोरै कस्टमा सबैलाई तालिम दिन्छौ । ‘उनले भने,।
उनी भन्छन ‘तरकारिको अन्नको फलफुलको जस्तो सजिलै मुल्य तोकिने भन्ने हुदैन । मौसममा खराबि प्राकृतिक विपति आइदियो भने हामी त सरकारसंग अनुदान माग्न बाहेक अरु केहि विकल्प छैन ।
अर्काे ठांउमा सिफट गर्दा ७० प्रतिशत खेर जाने सम्भावना छ, त्यसैले गाहो छ ।,
उनले यो नर्सरि गार्डेनको भाडा मात्रै मासिक एक लाख प्रन्ध हजार तिर्छन । जम्माजम्मि मासिक ५ लाखको हाराहारिमा खर्च हुन जान्छ । धेरै बिरुवा खेर जाने गर्छ । मौसमले साथ नदिदा पनि बिग्रन्छ । हिउदको समयमा पानि नपाएर पनि बिग्रन्छ । यो उस(कृष्णराम)को मात्र समस्या होइन यो सबै नर्सरि व्यवसायिको साझा समस्या हो ।
कृष्णरामले नर्सरि मा चलाएर अब्बल व्यापारिको स्वाद चाखिसकेका छन । यहि व्यवसायले उकालोे लागेका कृष्णराम भन्छन म व्यापार मात्र गरिरहेको छु जस्तो लाग्दैन । मेरो नर्सरिको विरुवाले शहरि वातावरण पनि जोगाएको छ । नर्सरिबाट गर्न सक्छु भन्नेका लागि बजार पनि राम्रो छ ।
प्रतिक्रिया