छ एकान छ, वडा नम्बर छ, र छक्का पन्जा ३, सम्मको भारि सफलता पछि छ मायां छपक्कै उदाउन लागेको ब्राण्डेड फिल्मको नाम हो । अझ भनौ सिनेनगरि भित्रको पनि परिपक्व कलाकारहरुले भर्खरै जन्माउन लागेको शिशु फिल्म हो । दर्शककको मनोभावना अध्ययन गरेर नै कथावस्तु कोरिएका हुन्छन होला र त दिपक दिपाले बनाएका फिल्म बजारले खुबै मन पराउंछन । समाजकै कथा न हो सकरात्मक पक्ष र नकरात्मक पक्ष दुवै हने नै भए यि यावत विषयहरु तपशिलमा छन । फिल्मको प्रदशन मिती यहि असोज २४ गते तय भएको छ । छ मांया छपक्कैले छपक्कै व्यापार गर्नुपर्छ हाम्रो पनि शुभकामना छ । यहि फिल्मको गित जुनको जुनेली खुबै रमाइलै मानेर हेरे हेरिसकेपछि नेपाली मौलिक परिवेश डांडा पाखा कृषिका विषयलाई ड्रोन क्यामेराले कैद गरेको देख्दा खुबै अर्गानिक लाग्यो तर अंह एउटा आलोचनात्मक टिप्पणी पनि संगै पोख्न मन लाग्यो । निर्माता निर्देशकले यो आलोचनालाई पक्कै पचाउन सक्नुहुन्छ भन्ने विश्वाश पनि छ । यो गितको छांयाकन अरु कुनै फिल्मको गितसंग मिलेको छैन भन्न पाएको भए कति मज्जा हुन्थ्यो होला हगि निर्माता ज्यु? खै र थोरैबाहेक धेरै परिवेश दुरुस्तै मिलेको देखिन्छ ।
यो दर्शकको मन जित्नका लागि कलाकारले मौलिकता दिन खाजे यसका पछाडि अरु बाध्यता वा कारण छ यो प्रश्नको जवाफ हामी तिनै निर्माता
निर्देशकलाई थमाइदिन्छौ ।
प्रतिक्रिया