लाइका नामको एउटा कुकुर जसले अन्तरिक्षमा पहिलो पटक पुगेर विज्ञानको परिक्षण गरायो । आज हामी एक उद्धार प्राणिको दुखद मृत्युको बारेमा चर्चा गर्नेछौ । अन्तरिक्षमा यात्रा गर्ने मानिस नभएर गल्लिहरुमा घुम्दै हिडने भुस्याहा कुकुर थियो । लाइकाले अन्तरिक्षमा पुगेर पिडादायि मुत्युवरण गनूृपर्याे । शोभियत युनयिनको महत्वकाक्षि मिशनमा सहभागि हुँदा अन्तरिक्षखोजमा आफनो प्राण गुमाउनु पर्याे । आज भन्दा छ दशक पहिले दोश्रो अन्तरिक्षयान स्पुतनिक २ मा पहिलोपटक एक प्राणि लाइका बसालेर पुथ्बीको कक्षमा लन्च गरिएको थियो ।
शोभियत युनियनको एक खोज टोलिले अन्तरिक्ष अभियानका लागी आफनो क्षेत्रमा रहेको केहि भुस्याहा पोथि कुकुरहरु खोजि गरिरहेको थियो । अन्तरिक्ष अभियानका लागि सडकमा छोडिएका बेसहारा कुकुरहरुलाई नियन्त्रणमा लिए । ति कुकुरहरुलाइ तालिम दिइयो शुरुमा ति कुकुरहरुलाई सानो पिंजडामा राखियो । बिस्तारै पिंजडाको आकार घटाउदै लगियो ।
तालिमका क्रममा धेरै कुकुरहरु कमजोर भए भने धेरै त मरिसकेका थिए । तर तालिमका लागि ल्याइएका सबै कुकुरमध्ये लाइका र एल्भिना भने अलि फरक थिए । आवश्यक तालिमहरु झेल्न उनीहरु सफल भए । उनी एल्भिना र लाइका लाई बैज्ञानिकहरुले अत्याधिक रुचाउथे अन्तरिक्षमा पठाउने सबै तयारिहरु भएको बेला एल्भिनाले बच्चा जन्माइन ।
एल्भीना अलग भइन र लाइकालाई नै अन्तरिक्ष पठाउने निर्णय गरियो । सन १९५७ नोभेम्बर ३ मा स्पुतनिक २ लन्च गर्ने दिन लाइकालाई अन्तरिक्षयानमा बसाइएको थियो । यानमा एउटा सेन्सर सुट पहिर्याइएको थियो । वैज्ञानिकहरुले यो सुट लाइकालाइ सफा राख्न बनाएका थिए । नोभम्बर ३ मा विहान ५ बजेतिर उडान गरिसकेपछाडि नोभेम्बर १० सम्म लाइका जिवितै रहेको शोभियत युनियनकोे दावि छ ।
ब्लडप्रेशर मुटुको चाल थाहा हुनेगरि लाइकाको शरिरमा मेशिन जडान गरेर पठाइएको थियो । तर लाइकाको मुटुको धडकन ३ देखि ४ सम्म बढिरहेको थियो ।
अन्तरिक्ष मिशनको जानकारि थाहा पाउन रेडियोको मदत लिइएको थियो लाइकाले भुकेरै जानकारि दिएको थियो । यानभित्र लाइकाको लागि ७ दिनको लागि मात्र पुग्ने अक्सिजन राखिएको थियो । केहि समयपछि अक्सिजनको अभाबमा उसको मृत्यु भएको थियो ।
यदि शोभियत युनियनको टोलिले चाहेको भए लाइकाको मुत्युलाई वैज्ञानिकहरुले सजिलै रोक्न सक्थे तर यस्तो देखिएन । शोभिएत युनियनको यस्तो कार्यलाई ब्रिटिसले दानविय अत्याचारपुर्ण मिशन भनेर व्याख्या गरेको थियो । स्पुतनिक २ पुन पृथ्बीमा फर्काउन सक्ने बनाइएको थिएन जसका कारण पनि लाइकाको मृत्यु पुर्वनिर्धारित नै थियोे शोभियत संघका नेता निकिताले यस्तो योजना सुनाए कि जसका कारण बैज्ञानिकहरुले आफना सबै योजना पुरा गर्नै समय नै पाएनन ।
थोरै समयमा अन्तरिक्षयान पुन पृथ्बीमा फर्कन सक्ने यान बनाउन सकेनन । रसियाले रसियन बोल्सेभिक क्रान्तीको चालिसौ वार्षिकउत्सबका दिन लन्च गर्न चाहन्थ्यो तर थोरै समयमा वैज्ञानिकहरु पृथ्वीमा फर्कन सक्ने अन्तरिक्ष बनाउन असमर्थ भए । लाइकाको मृत्युका विषयम विश्वले आवाज उठायो ब्रिटिसले त दानविय मिशन सम्म भनेको थियो ।
त्यस्तै अमेरिकाको प्रेश विथ मिरर ले द डग डाइ वि कान्ट सेभ इट शिर्षकमा समाचार प्रकाशन गरेको थियो । लाइकाको रसियन भाषामा अर्थ हुन्छ भुक्नेवाला शोभियत युनियनले लाइकालाई खानामा विष मिसाएर सजिलै मारेको दावि गरेपनि लाइकाकको मृत्यु भने सहज थिएन । शोभियत संघको स्पुतनिक २ मिशन निर्माण टोलिका सदस्य बैज्ञानिक ओलेक गजेका ले समयको गति र विज्ञानको आविष्कारले लाइका गुमाउनुपर्दाको पिडा ताजै रहेको सुनाएका थिए ।
आफुहरुले हतार गरेका कारण लाइका मरेको उनी स्विकार्छन । हामिले लाइकाको जिवसंग नराम्ररि खेल्नुहुन्नथ्यो । लाइकाले मानव जातिका लागि गरेको बलिदान सधैं जिवितै छ । आफु मरेर पनि लाइका सबैको मनमा छ यु एस मा पशु अधिकारका विषयमा लेख्ने पत्रिकाको नाम पनि लाइका म्यागेजिन राखिएको थियो ।
यसभन्दा पहिले नै द युनाइटेड स्टेटस र रसियाले अन्तरिक्षमा जनावरहरु मुसा र चिम्पान्जी पठाएका थिए । तर फरक यति मात्र हो ति जनावरहरु आफनो धर्तिमा सकुशल फर्काइएको थियो ।
प्रतिक्रिया