चितवन – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र रुकू भनिने अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको छ ।
शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले लामिछानेसहित ३ जनालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । उनीहरु तीनै जनालाई प्रहरिले विहिबार राति काठमाडौँबाट पक्राउ गरी चितवन लगिएको थियो ।
गत साउन २१ गते चितवनस्थित कंगारु होटलमा आत्महत्या गरेका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आफ्नो आत्महत्याको कारणमा पत्रकार रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्की रहेको भिडियो सार्वजनिक भएको थियो ।
नेपाल आजले उक्त भिडियो सार्वजनिक गरेको भोलिपल्टै प्रहरीले अनुसन्धानका लागि लामिछानेसहितलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया