अहिले सामाजिक सञ्जालका भित्ताहरुमा एक गीतको भिडियो छरिएको देखिन्छ। फेसबुक, ट्विटर, टिकटक जस्ता मोबाइल एप्सहरुमा अहिले ‘हामी पनि नाँच्नुपर्छ बिच बिचमा’ भन्दै बलिउड देखी नेपालका थुप्रै कलाकारहरु नाँचेको भिडियो जोडेर राखिएको छ । गायक दुर्गेश थापाले यसबर्षको तीज कोसेली भन्दै फरक गीत सार्वजनिक गरे जुन गीत अहिले युवापुस्तामाझ लोकप्रिय बन्दै छ । चारभागमा एकभाग दर्शकले तीजको मौलिकता नभएको गीत भन्दै तर्कपनि राखेका छन् भने अन्यले यस्तो प्रकारको गीत पनि आउनुपर्छ भन्ने तर्क सामाजिक सञ्जालमा दिएको देखिन्छ ।
दुर्गेशले आफ्नै स्वरमा ‘हामी पनि नाँच्नुपर्छ बिच बिचमा, काँचो कटहर’ शीर्षक दिएर युट्युवमा अपलोड गरेको भिडियो अहिले लोकप्रिय बन्दै गएको छ। सात जना युवाहरु एक ठाउँमा बसेर तीजको शब्द राखेर बनाएको भिडियो युट्युवमा एक सातामै करिब आठ लाख बढीले हेरिसकेका छन् । गीतमा शब्द रचना, संगीत दुर्गेशकै रहेको छ । आफूले तीज पर्वलाई लक्षित गर्दै युवावर्गका लागी भन्दै यस्तो गीत ल्याएको दुर्गेश बताउँछन् ।अहिले टिकटक तथा फेसबुकमा हेर्नेहो भने यसै गीतको एक क्लिपलाई राखेर बलिउडका सुपरस्टारहरुले नृत्य गरेको भिडियो जोड्दै राख्ने क्रम बढेको छ । बलिउड गीतमा नृत्य गरेको भिडियो यस गीतमा राख्दा हेर्नेहरुले रमाइलो मान्ने भएकाले यस्तो गरेको देखिन्छ।
आज बिहानै देखी लगातार परेको बर्षाले बिमानस्थलमा उडान र अवतरणमा पनि असर पारेको छ । यतिखेर त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उडान तथा अवतरण ठप्प भएका छन् भने अवतरणका लागी त्रिभुवन बिमानस्थलमा आएका जहाजहरु कति आकाशमै घुमाइरहेका छन् भने आन्तिरक उडानका जहाज फर्किएका छन् । यती एयरलाइन्सको जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएर विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड हुन पुगेका हुन् । यस्तै भैरहवाबाट काठमाडौं आएको श्रीएअरलाइन्सको जहाज भैरहवामै फर्किएको छ । बिहान ८ः५५ को उडान समय अनुसार भैरहवाबाट उडेको जहाज काठमाडौंमा अवतरण गर्न नसक्दा पुनः भैरहवानै फर्किएको हो ।
यस्तै यतिखेर थुपै कलाकारहरु पनि झरीका कारण जहाज चल्न नसकेपछि बिभिन्न ठाउँमा अड्किएका छन् । लोकगायक प्रकाश सपूत आज बिहान भैरहवा उडानबाटै काठमाडौं अवतरण गरेका छन् । उनी भन्छन् आफू चढेको जहाज पछि अन्य कुनैपनि जहाजले अवतरण गर्न सकेका छैनन् । ‘म बिहान ९ः३० बजे नै भैरहवाबाट आएको हुँ । म चडेको जहाज अवतरण भएपछि अन्य जहाज अवतरण हुन नसकेको खबर पाएँ ।’ प्रकाशले आर्टिष्ट खबरलाई जानकारी दिए ।
यस्तै बेली डान्सर तथा मोडल बिनु शाक्य पनि अवतरण गर्न नसकेको श्री एअरलाइन्सको जहाजमै थिइन् । उनी भैरहवाबाटै ८ः५५ मा उडेकी थिइन् तर काठमाडौं अवतरण गर्न नसक्दा फर्किनु पर्यो । ‘१० बजे काठमाडौंमा अवतरण गर्ने समय थियो । तर जहाज पुनः भैरहवा नै फर्कियो । अहिले भैरहवा बिमानस्थलमै छु । यहाँ कुनैपनि जहाजको उडान र अवतरण भएको छैन ।’ बिनुले आर्टिष्ट खबरसँग टेलिफोनमा भनिन् । ‘भोली बर्दिबासको कार्यक्रमका लागी पुग्नु छ । हेरौं साँझसम्म यहाबाट उडान हुन्छ कि भन्ने आशा छ ।’
-cinemandal
https://www.youtube.com/watch?v=6V3ht0VHPdM
प्रतिक्रिया