आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ११ को घोषणा

आइसिटी अवार्ड २०१९ अन्तर्गत ३ विधाका उत्कृष्ट ११ को घोषणा


काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । ११ सदस्यीय निर्णायक समूहले विभिन्न चरण र छनोट प्रक्रियामार्फत् शीर्ष ११ को टुंगो लगाएको हो ।

यी ३ विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्डप्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका उत्कृष्ट ११ प्रतिष्पर्धीको नाम सार्वजनिक गरिएकाे जानकारी जुरी समूहले दिएकाे छ । आइसिटी स्टार्टअप अवार्ड २०१९ अन्तर्गत विभिन्न ९ विधाका लागि १ सय ५० बढीले अनलाइन आवेदन दिएका थिए । सेल्फ नोमिनेशनबाट प्राप्त आवदेन, डकुमेन्ट र प्रोफाइलको अधारमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डको लागि उत्कृष्ट ११ को छनौट गरिएको हो ।

यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजीसिनिकल टेक्नोलोजी प्रालिई–डिजिटल नेपाल प्रालिहाम्रो टेक्नोलोजी प्रालिखाली सिसी प्रालिकिताब यात्रा प्रालि, यति बुक्स स्टोरटायर ट्रिजर्सयुजी केक्स प्रालिउनेल्मा प्लाटफर्म र वाकम्यान ‘ग्रिन क्वेन्स’ रहेका छन् । स्टार्टअप आइसिटी अवार्डमा ३० भन्दा बढीको नोमिनेशन प्राप्त भएको थियो । पहिलो चरणमा क्राइटेरियामा परेका कम्पनीहरुलाई छनाेट प्रक्रियामा समावेश गरिएको थियो ।