कोपा अमेरिका अर्जेन्टिनासँग भेनेजुयला पराजित

कोपा अमेरिका अर्जेन्टिनासँग भेनेजुयला पराजित


साओ पाउलो, अर्जेन्टिनाले भेनेजुयलालाई २–० गोल अन्तरले हराउँदै कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

शुक्रबार राति भएको क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले शुरूदेखि नै भेनेजुयलालाई दवाबमा राख्न सफल भएको थियो ।

चौधौँ पटक कोपा अमेरिकाको उपाधी चुम्न सफल अर्जेन्टिनाले खेलको पहिलो १० औँ मिनेटमा नै सर्गियो अग्वेरोको पासमा लौतारो मार्टिनेजले पहिलो गोलसहित खेललाई नेतृत्व प्रदान गरेका थिए ।

त्यसैगरी खेलको दोस्रो हाफको ७४ औँ मिनेटमा भेनेजुयली गोलरक्षक विल्कर फारिनेजको कमजोरीको फाइदा लिँदै गिआृभानी लो सेल्सोले दोस्रो गोल गरेका थिए ।

सुरूवाती खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित अजेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरी खेलेर विश्व च्याम्पियन फुटबल खेलाडी लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले आफ्ना दर्शकलाई निराश पारे पनि तेस्रो खेलमा कतारलाई हराएँदै क्वाटर फाइनल खेलका लागि पुगेको थियो ।

विगत तीन पटकसम्म भएका खेलमा अर्जेन्टिनाले भेनेजुयलाबाट लगातार पराजयको सामना गर्नुपरेको थियो भने रूसमा भएको विश्व कपका लागि भएको छनोट चरणको खेलमा दुई खेलमा बराबरी भएको थियो । अर्जेन्टिनाले यस बर्ष भेनेजुयलासँग भएको फ्रेन्डली खेलमा पनि हारको सामना गरेको थियो ।

अर्जेन्टिनाले २६ बर्षसम्मको पर्खाइपछि प्रमुख अन्तर्राट्रिय पदक उचाल्ने अवसरलाई शुक्रबार भेनेजुयलासँग भएको सनसनीपूर्ण खेलले जीवित तुल्याएको छ ।

आगामी बिहीबार हुने खेलमा अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिलले क्वाटरफाइनल खेलमा पाराग्वेसँग पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले विजय बनी सेमिफाइनलका लागि मार्ग प्रशस्त गरेको हो ।