नगरपालिकाको पाँचौं नगरसभा असार ९ गते अर्थात् सोमबार सुरु हुने र उक्त अवसरमा आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्नेकार्यक्रम रहेकाले बिदा दिने निर्णय गरेको उनले बताइन् ।
नगरपालिकाले सेवाग्राहीलाई बाधा पर्ने किसिमले आफूखुसी निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । सामाजिक सञ्जालको प्रतिक्रिया सम्बन्धमा जनप्रतिनिधिले आफूहरूले कानुनको दायराभित्रै बसेर सार्वजनिक बिदाको निर्णय गरेको बताएका छन् ।
‘कानुनले ७ दिन नगरसभा गर्न पाउने भनेको छ,’ नगरउपप्रमुख बस्नेतले भनिन्, ‘नगरपालिकाको सबैभन्दा ठूलो चाड नगरसभा, नीति तथा कार्यक्रम र बजेटै हो ।’ जनप्रतिनिधि नभई नगरपालिका, वडा कार्यालयमा काम नहुने र नगरका जनप्रतिनिधि तथा कर्मचारी कार्यक्रममै व्यस्त हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया