लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दवाव

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दवाव


आदिवासी, जनजाति, मधेशीलगायत समुदायले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आदिवासी, जनजाति, मधेशीलगायतका संयुक्त आन्दोलन समितिले विज्ञापन रद्द गर्न दवाव दिएको हो । विज्ञापन रद्द नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको आन्दोलन समितिले जानकारी दिएको छ । नेपाल आदिवासी, जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले संविधानको समावेशी सिद्धान्तविपरीत विज्ञापन निकालेको भन्दै आफूहरु आन्दोलनमा जानु परेको स्पष्ट पारे । मुस्लिम र मधेशी समुदायले पनि समावेशी सिद्धान्तका आधारमा विज्ञापन नआएको दाबी गर्दै विज्ञापन रद्द गर्न माग गर्दै आन्दोलन सुरु गर्ने बताए ।