एपिएफले १२६ रनको लक्ष्य पायो

एपिएफले १२६ रनको लक्ष्य पायो


राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबाई जितका लागि १२६ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । उसका लागि लोकेस बमले सर्वाधिक ३० रनको योगदान दिँदा विपीन रावलले २१ रन जोडे ।

त्यसैगरी खडक बोहोराले १९, रोशन अधिकारीले १६, कप्तान शेर मल्लले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

प्रतियोगितामा एपिएफका अभिनाश बोहोराले दुई विकेट लिए भने पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले समान एक एक विकेट हात पारे ।

प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।