खजुरा गाउँपालिकाका किसान अहिले पराम्परागत खेती छाडेर व्यावसायिक बन्न थालेका छन् । व्यावसायिक खेतीका लागि गाउँपालिकाले खेतीको पकेट क्षेत्र छट्याउनाका साथै यस वर्षका लागि रु ४० लाख छुट्याएको अध्यक्ष किस्मतकुमार कक्षपतिले बताP .
गाउँपालिकाले स्थानीय तहमा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर खर्च गर्ने गरेको कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं २ र ३ का कृषकले व्यावसायिकरुपमा खेती गर्दै आए पनि पर्याप्त सहयोग पाउन नसकेको खजुरा तरकारी हाट बजारका अध्यक्ष कमला न्यौपानेको गुनासो थियो ।
झण्डै ५१ हजार जनसङ्ख्या रहेको खजुरा गाउँपालिकामा करीब ७० प्रतिशत बासिन्दा कृषि पेशामा आबद्ध भएकामा करीब ३० प्रतिशत किसानले व्यावसायिकरूपले खेती गर्दै आएका छन् ।
किसानले टमाटर, काउली, बन्दाकोभीलगायत हरियो तरकारी उत्पादन गर्दै आएका छन् । यहाँका किसानले व्यावसायिक रुपमा तीन कट्ठादेखि १५ बिघासम्म तरकारी खेती गर्दै आएको खजुरा–२ सीतापुरका किसान मोहनप्रसाद रिजालले बताउनुभयो । गाउँपालिकाको लगानी, कृषकको उत्साह र बजारको मागका आधारमा खजुरालाई व्यावसायिक खेतीका लागि पकेट क्षेत्रका रुपमा विस्तार गर्ने प्रयासलाई भने सबैले प्रशंसा गरेका छन् ।
विवाद हुँदा पनि न्यूरोडमा सवारी पार्किङस्थल बनाइँदै
स्थानीयको विरोध भइरहेका बेला नेपालगञ्ज उपमहानगरपालिकले न्यूरोडको सडकको ग्रिनरी डिभाइडरलाई दुई पाङ्ग्रे सवारी पार्किङस्थल बनाउने बताउन लागेको छ ।
उक्त कार्यका लागि अहिले सिमेन्टको ब्लक बिच्छाउने कार्य भइरहेको छ । बीचमा भएका पुराना बिरुवालाई यथास्थितिमै छोडेर खाली ठाउँमा साइकल र मोटरसाइकल पार्किङ गराउने उपमहानगरपालिकाको योजना छ । नयाँसडकलाई सुन्दर बनाउने भन्दै बिरुवाको बीचबीचमा पार्किङ गर्ने ठाउँ बनाएर कुरुप र सुख्खा बनाउन लागेकामा स्थानीयवासीले विरोध गरिरहेका छन् ।
नयाँसडकमा पार्किङका साथै सार्वजनिक शौचालयको अभाव छ । गर्मीको शहर भएकाले हरियाली बनाउन उपमहानगर संवेदनशील नभएको गुनासो व्यापारी कृष्णप्रसाद श्रेष्ठको छ । नगरपालिकाप्रमुख डा धवलशम्शेर राणाले भने ग्रिनरी डिभाइडरको खाली स्थान सदुपयोग होस् भनेर दुई पाङ्ग्रे सवारी साधन पार्किङस्थल बनाउन लागिएको बताउ5g ।
बाख्रा र कुखुराको चल्ला वितरण
जिल्लाको दुर्गम र पिछडिएको राप्तीसोनारी गाउँपालिका—७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि बाख्रा र कुखुराको चल्ला उपलब्ध गराइएको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जीवीकोपार्जनका लागि साना किसान सहायता परियोजना’ अन्तर्गत सो सहयोग उपलव्ध गराइएको हो ।
क्लबका अध्यक्ष परवेजअलि सिद्दिकीका अनुसार १२ विपन्न परिवारलाई प्रतिपरिवार १०० वटा कुखुराका चल्ला प्रदान गर्नाका साथै खोर निर्माणका लागि पाँच थान जस्तापाता, एक बण्डल जाली, पाँच बोरा दाना र रु ४० हजार तथा आठ परिवारलाई बाख्रापालनका लागि पाँच बाख्रा, दुईथान जस्तापाता र रु ५५ उपलव्ध गराइएको छ ।
सो वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष रामलखन थारु, कतार च्यारेटीका प्रबन्धक इर्शाद शेष र क्लबका अध्यक्ष सिद्दिकीले विपन्न परिवारका सदस्यहरुलाई बाख्रा र कुखुराका चल्ला हस्तान्तरण ग/]sf lyP .
प्रतिक्रिया