काठमाडौंका महानगरपालिका– ३२ वडास्थित मनोहरा खोला किनारमा काठमाडांै महानगरभित्रको फोहर संकलन गरेर पशु व्यवसाय गर्दै आएका व्यवसायीको फोहर संकलन केन्द्रमा वडा कार्यालयले जवर्जस्ती जोडर चलाएको छ ।
वडाअध्क्ष नवराज पराजुलीको ज्यादती शैलीले डोजर लगाएपछि स्थानीयको लाखौंको क्षति भएको छ । फोहोर संकलन केन्द्र भत्काउदैं अध्यक्ष पराजुलीले आफ्नो वडामा अन्य वडाको फोहर राख्न नदिने बताउँदै यस्तो गरेका हुन् ।
उनले यस क्षेत्रको जग्गा प्लटिङमा परेको भन्दै फोहोर संकलन स्टेसन भत्काउने, खाल्डा खन्ने लगायतका काम गरेर दुख दिइरहेका छन । एक्सन वेष्ट प्रालीका सन्चालक देवेन्द्र खड्काले आफूहरुमाथि वडाले अन्याय गरेको गुनासो गरे । उनले बिना जानकारी वडा कार्र्यालयले डोजर चलाउँदा लाखौंको क्षति भएको बताए ।
उनी भन्छन, ‘फोहोर संकलकहरुले महानगरभित्र भएका घरघरबाट संकलन गरेर ल्याएका फोहोर स्टेसनसम्म आएर जम्मा गर्छन, संकलित फोहोरबाट निस्केको सडेगलेको खानेकुरा तरकारिका बोक्रा आदिले धेरैका बंगूर पालेका थियौं, त्यसबाट करिब ३० घरपरिवारको चुल्हो बलेको थियो । तर महानगरको एउटा वडाले भत्कायो ।’ सञ्चालक खडकाले २० बर्षदेखि यहि काम गरेर बाचेको बताए । ‘हामीलाइ कुनै विकल्पै नदिइकन वडाले व्यवसाय उठाइदियो,’ उनले सुनाए, ‘यस विषयमा हामी महानगरसमक्ष पनि गएका छौ तर महानगरले भने यो विषयमा आफुहरुलाइ वडाले केहि जानकारि नगराएको प्रतिक्रिया दिएको छ ।’ उनले हजारौको रोजगारि खोसियो फोहोरमैला व्यवस्थापनको क्षेत्रमा कार्यरत कम्पनीहरुमा फोहोर संकलक फोहोर व्यवस्थापक भनेर थुप्रै कामदारहरु खटाइएको बताए । तर, ति कामदारहरुको उठिबास भएको जानकारी दिए । उनका अनुसार घरसम्म सिठि फुकेर फोहोर लाने पनि तिनै कामदार हुन्छन ।
उनीहरुले फोहोर छुटयाए वापत केहि पारिश्रमिक पाउछन । यस्तै कामदार हुन सर्मिला तामागं पनि उनले यहि मनोहरा खोला किनारामा अवस्थित एक्सन वेष्ट प्रालीमा काम गर्छिन । उनको जागिर बिहान सात बजेबाट फोहोर स्टेसनमा सुरु हुन्छ । उनी घरघरबाट संकलित फोहोर छुटयाउछिन त्यसबापतको उनको मासिक पारिश्रमिक १६ हजार छ । आजबाट काम गर्ने अफिस डोजरले भत्कायो उनले गुनासो गर्दै भनिन न हामीले कतै अर्काे काम जानेका छौ अब हामीलाइ कसले जागिर दिन्छ र ? चार वर्ष अगाडि बंगुर पालेर ४ लाख जति घाटा भएपछि बाध्यताले यो काममा छिरेकि सर्मिलाको अहिले जागिर खोसिएको छ । त्यो पनि सरकारि निकायबाटै यस्ता हजारौ सर्मिलाहरुको जागिर यहि मनोहरा खोला किनारा थियो । तर अब न उनको जागिर रहयो न व्यवसायिहरुले उनलाइ जागिर दिने कार्यलय नै रहयो ।
पत्रकारको क्यामेरा खोसियो
दुइ वटा डोजरले फोहोर स्टेसन भत्काउदै थियो । पिडित हरुलाइ छेउछाउ पर्न नदिइ औला ठड्याएर मनोमानि हिसाबले गालिगलौजका भाषाहरु बोलेको यस पंक्तिकारले देखेका थिए । फोटो खिचेकै निहुँमा यस पक्तिकारको क्यामेरा खोसिएको थियो । जनपथ प्रहरी अधिकृत (एलिजा गिरी)ले हामी पत्रकारमाथि हमला गरेर मोवाइल क्यामेरा खोसिन । कसैले पत्रकारलाई यसो गर्न पाइदैन भन्ने आवाज सुनेपछि उनले हामा्रे क्यामेरा फिर्ता गरेर पत्रकार भन्ने थाहा भएन सरि भन्न भ्याइन ।
व्यवसायिहरुलाई मानसिक तनाब र धम्कीको व्यवहार
फोहोर संकलन गरेर त्यहि फोहोर खुवाएर बंगुर व्यवसाय गरिरहेका बिकु प्रसाद देउला भन्छन हामी क को अक्षर पनि जान्दैनौ हामी जस्तालाइ वडाले बोलाएर जबरवस्ती साइन गर्न लगायो हामीले डर मानेर गरेको थियौ । यसरि भत्काउला भन्ने के थाहा बेला बेलामा हामी भत्काइ दिन्छौ भनेर तनाब त दिने गरेको थियो, उनी भन्छन अब ‘हामी सुकुम्बासी नै भयौ,ं । किन भत्कायो वडाले व्यक्तिको जग्गा फोहोर व्यवसायिहरु भन्छन मनोहरा खोला जग्गा सरकारी जग्गा नभएर व्यक्तिको नाममा छ हामीले लाखौ भाडा तिरेर लगानि गरेका छौ ।
व्यक्तिको जग्गामा वडाको किन हस्तक्षेप भयो?
काठमाण्डौ महानगरपालिकाले फोहोर सिसडोल ल्याण्डफिलमा लगेर जम्मा गर्छ त्यहि सिसडोलको पनि अहिले आयु सकिएको छ । महानगरसंग डम्पिङग साइटै छैन भने पनि हुन्छ । यस्तो अवस्थामा मेरो वडामा अन्य वडाको फोहोर ल्याउन पाइदैन भनेर फोहोर टिपेर व्यवसायमा लागेका उद्यमी व्यवसायिहरुको बिल्लीबाठ पार्ने अधिकार वडाअध्यक्ष नबराज पराजुलीले कंहाबाट पाए ? व्यवसायि देवेन्द्र भन्छन हामी अब १० नम्बर वडाको फोहोर बन्द गराइदिन्छौ, उनी भन्छन हामीले सबै क्षतिपुर्ति नपाएसम्म बिरोधका कार्यक्रम अगाडि बढाउने निर्णय गरेका छौ ।
-पार्वती खड्का
भिडियो सहित
https://www.youtube.com/watch?v=v2hZ6zCVkIY
प्रतिक्रिया