धरहरा बनाएर बिद्यालयले गर्याे रचनात्क आलोचना

धरहरा बनाएर बिद्यालयले गर्याे रचनात्क आलोचना


२०७६ साल बैशाख १२ गते भूकम्पले भत्काएका संरंचना निर्माणमा सरकारको चासो नपुगेको र सांस्कृतिक सम्पदा धरहरा अझै बनाउन नसकिएको भन्दै ड्रिमल्याण्ड पब्लिक हाइ स्कुल बागबजारका बिद्यार्थीहरुले धरहरा बनाएर रचनात्मक आलोचना गरेका छन ।

बिद्यालयको आफनै प्राङ्गणमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुर्ले भुकम्पिय जोखिम बाट सुरक्षित हुने उपाय सम्बन्धि तालिम पनि दिए । धरहरा किन बनाउन ुभयो भन्दा सोहि बिद्यालयका प्रधानाध्यापक सुर्य राई भन्छन ‘हामिले बिद्यार्थीको कलाको सदुपयोग गरेका हौ, ३ घण्टामा कागजकै भएपनि धरहरा बन्यो यसले सकरात्मक पाठ सिकाउन खोजेका हौ, रचनात्क सन्देश दिन खोजेका हौ, ।


कसरि बन्यो त धरहरा भन्ने जिज्ञाशामा फेरि प्रधानाध्यापक राई भन्छन ‘सुरुमा सम्पूर्ण विद्यार्थीहरुलाई भूकम्प विषयमा चित्र कोरि रंग भर्ने प्रतियोगिताले प्रत्येक कक्षाबाट उत्कृष्टलाई संकलन गरेका थियौ, कक्षा ८, ९ र १० का भाइवहिनीहरुद्वारा बाँस, पाइप र पत्रिका मिलाई करिव ३० फीट अग्लो धरहरा बनाइएको हो ।