कस्ले सुन्ने फोहोर व्यवसायिका पिडा

कस्ले सुन्ने फोहोर व्यवसायिका पिडा


काठमाण्डौ,नेपालीमा एउटा कहावत छ एकले थुकि सुकि संयौले थुकि नदि यहि कुरा अहिले काठमाण्डौका फाहोरमैला व्यवसायिहरुले महसुस गरेका छन ।

काठमाण्डौको सडकमा फालिएका फोहोरमैला व्यवस्थापनको काम गरेर आफनो रोजि रोटिको जोहो गर्दै आएका फोहोरमैला व्यवसायिहरुलाई काठमाण्डौं महानगरपालिकाले मनोहरा खोला वरिपरि टहरा बनाएर व्यवसाय गर्दै जग्गा धमाधम अतिक्रमण गरेको छ ।

३२ वडामा कार्यरत व्यवसायि विकुप्रसाद देउला भन्छन वडाले डोजर लगाउछु भनेको छ, हामी कँहा जाने केहि सोच सकेका छैनौ, हुन पनि विकुले यो व्यवसाय थालेको २० वर्ष भइसक्यो । फोहोर बटुलेर बंगुरपालन व्यवसाय गरिरहेका राजु सुनुवारको पनि पिडा दुरुस्तै छ । भन्छन हाम्रो कुरा अब कस्ले सुन्छ र  ‘उनि भन्छन, यस विषयमा वडा कार्यलय र महानगरपालिका समक्ष धेरै लिखित र मौखिक सबै खालका गुनासो गरेका छौ तर सुनुवाई भएन । एक्सन वेष्ट प्रालिका द्वेन्द्र खडका पनि फोहोरमैला व्यवसायि हुन ।

उनले बानेश्वर १० नम्बर वडाको फोहोर व्यवस्थापनको काम गर्दै आएका छन । महानगरको यो कामबाट सास्ती व्यहोर्ने देवेन्द्र पनि हुन उनको दुखेसो उस्तै छ । फोहोरमैला व्यवसायिहरुलाइ यसो गर्नूको खास कारण भने महानगरपालिकाले खुलाउन सकेको छैन ।