पनौती नगरपालिकाका महिलाले पाउन थाले अविवाहित भत्ता

पनौती नगरपालिकाका महिलाले पाउन थाले अविवाहित भत्ता

Parbati

पनौती नगरपालिकाका उपमेयर गिता बन्जाराले ग्रिनसिटि संवादाता संग समसामयिक विषयमा रहेर गरिएको कुराकानिको सम्पदित अंश प्रस्तुत छ

प्रश्न-उपमेयर भएर काम गरिहंदा कस्तो अनुभब भएको छ त ?
उपमेयर- हौसला बढेको छ । कुरा गरेर भन्दा पनि काम गरेर देखाउने ठाउसम्म आइपुगेको छु अवसर र चुनौती दुवै छन ।
प्रश्न -महिला उपमेयरका समस्या कस्ता छन ?
उपमेयर- हास्दै ‘खासमा बाहिर देखिएका कुराभन्दा नदेखिएका कुराहरु धेरै हुँदा रहेछन । यि निजि मामला हुन ।
प्रश्न-चुनावी ऐजेण्डाका प्रतिबद्धता कार्यन्वयन भए त ?
उपमेयर- कृषिमा परिवर्तन भनेका थियौ । भैसि सुत्केरि भत्ता कार्यक्रम कार्यन्वयनमा छ । यसअन्र्तगत घरमै उत्पादन भएको भैसि सुत्केरि भएको खण्डमा ५००० भत्ता दिइन्छ तर यदि किनेर ल्याएको भैसिँ सुत्केरि भएको छ भने दुइ हजार मात्र भत्ता दिने गरेका छौ । यसले पशुपालन व्यवसाय सक्रिय बनाउछ भन्ने अपेक्षा छ । त्यस्तै ३५ वर्ष नाघेका अविवाहित महिलालाई एक हजार भत्ता दिने गरेका छौ । वालिनालि सरंक्षणमा ल्याव टेस्टको व्यवस्था छ ।
प्रश्न -सामाजिक सहिष्णुता कस्तो छ ?
उपमेयर-जनता र पुलिस संगको नागरिक सुनुवाइ कार्यक्रम भएको छ । यसको रिजल्ट चाहि आत्महत्या रोकथाम र स्वावलम्बन बन्न प्रेरित गरोस भन्ने छ । महिलाहरुले चित्त बुझदो न्याय पाउछन ।

सबै मुद्धा यँहा दर्ता गरिदैन केहि मुद्धा काउन्सेलिगं गरेर मिलाउनुपर्छ । भर्खरै पनि माना चामल र बहुविबाहको केस आएको थियो अदालत पठाएका छौ ।
प्रश्न-नगरपालिका भनेपछि सफा हराभराको कुरा हुन्छन पनौतिमा के छ?
उपमेयर-हामीकहाँ फोहोरमैला व्यवस्थापन समिती छ । फोहोरलाइ घर घरबाटै छ’टयाउनको लागि पहल भइरहेको छ । केहि बर्षमै डम्पिङग साइटमा फोहोर जानबाट रोकिनेछ ।
प्रश्न- ५ वर्षपछिको पनौती नगरपालिका कस्तो हुनेछ ?
उपमेयर-स्वच्छ, सभ्य नगरपालिका बनाउनेछौ ।