‘‘कम्पोष्ट मल बेचेर आम्दानि गर्छाै’ —महेश बस्नेत (इलाम नगरपालिका)

‘‘कम्पोष्ट मल बेचेर आम्दानि गर्छाै’ —महेश बस्नेत (इलाम नगरपालिका)


इलाम नगरपालिकाका मेयर महेश बस्नेतले ग्रिनसिटि पोष्ट संवादातासंग समसामयिक विषयमा रहेर गरिएको कुराकानीको छोटो अशं

प्रश्न— इलामको मेयर भइसकेपछि जनताको काम गर्दा कस्तो महसुस भइरहेको छ ?
मेयर— अवश्य पनि मंसग जिम्मेवारी र दायित्व छ, संगसंगै कमिकमजोरि भन्दा पनि म संवैधानिक र कानुनी निकाय भित्र पर्दछु भन्ने महसुस भएको छ ।
प्रश्न— नगरबासिलाइ बाडेंको चुनावि घोषणापत्र बमोजिम काम भएका छन त?
मेयर— बजेट निति कार्यक्रम बनाउदा त्यहि घोषणापत्रलाई नै आधार बनाएर बनाएका छौ, हामीले उठाएका सबै एजेण्डाहरु चुनावका लागि मात्र थिएनन ति एजेण्डाहरु विकाश र समृदिका लागि पनि थियो भन्न चाहन्छु ।
प्रश्न— नगर सफा राख्न कस्ता प्रयासहरु भएका छन?
मेयर— सरसफाइका लागी आम नागरिकको सहभागिता जुटाउने बिभिन्न संघ संस्था, आम नगरवासिसंग सग हातेमालो गरिरहेका छौ । नगरवासिंग बार्षिक फोहोर व्यवस्थापनका लागि पचास साठि लाख कर तिरेका छन । बिशेषगरि फोहोरमैला व्यवस्थापन गर्नका लागि हप्ताको ५ दिन नसडने फोहोर र २ दिन सडने फोहोर संकलन गरिन्छ । सिसा बोत्तल महिनाको १ पटक मात्र संकलन गरिन्छ । सडने फोहोरको मल विक्रि गरेर आम्दानि गर्छाै । इलामकै कृषकले मल खरिद गरे चालिस प्रतिशत अनुदान दिने व्यवस्था गरेका छौ ।
प्रश्न— कम्पोष्ट मल बेचेर नगरपालिकाले मासिक कति आम्दानी गर्छ?
मेयर— हामीसंग दैनिक सात सय केजी मल उत्पादन गर्न सक्ने प्लान्ट छ तर हप्तामा पाँच सय केजी मात्र मल उत्पादन हुन्छ सडने फोहोरको अभाब छ । १ केजीको तिस रुपैँयामा बिक्रि गर्ने गरेका छौ । मासिक छ हजार जति आम्दानि हुन्छ ।

प्रश्न— नगरपालिकामा कस्ता खालका समस्या छन ?
मेयर— नगरपालिका भित्र आवश्यकता अनुसार कर्मचारी प्रयाप्त छैनन । विकाश निमार्ण लगायतका यावत समस्या छन झन अहिले त घरेलु समस्या पनि धेरै आउछन । झै झगडाका केसहरु आउछन हामीले मेलमिलाप गरेर पठाउनुपर्छ । स्वास्थ्यका कुरा छन , अस्पतालले डाक्टर छैन भन्छ, स्कुलले दरबन्दी माग्छ यिनै त हुन नि हाम्रा समस्या ।
प्रश्न— तपाइको कार्यकाल सकिएपछाडि इलामले थप पाउने कुराहरु के—के हुन त ?
मेयर — स्वस्थ इलाम, सभ्य इलाम, सु—सस्कृत इलाम हुनेछ ।