ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन र ग्रिन सिटि पोष्टका संवादाताबीच महानगरको सरसफाईको सेरोफेरोमा रही गरिएको कुराकानीको संम्पादित अंश ।
प्रश्न – हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
मेयर – नगरसभाको तयारी आउनै लाग्यो वोर्डको बैठक चलिरहेको छ ।
प्रश्न – चुनाब अघि तपाइले जनतामाझ बाडनु भएको गुलियो एजेण्डा बमोजिमकै काम भए त?
मेयर – हामिले जनतासँग प्रतिबद्धता मात्रै गरेका थियौं, खासमा त्यसलाई म गुलियो ऐजेण्डा बाडेको भन्न रुचाउदिन, पहिलो नम्बरमा हामीले महानगर सफाइलाई मुख्य प्राथमिकता दिएका थियौ, यसैमा केन्द्रित भएर काम अगाडि बढाएका छौ ।
प्रश्न – महानगरवासिको स्वच्छ, हराभरा वातावरणमा बस्न पाउने अपेक्षालाई महानगरपालिकाले सम्मान गरिदिएको छ कि छैन त ?
मेयर – हो हामी जनताको अपेक्षाको कदर गरेरै काम गरिरहेका छौ, तर हामीसँग सम्पूर्ण पुर्वाधारहरु उपमहानगरपालिकाकै हालतमा छ । महानगरभित्र हामीसँग गाँउपालिका पनि मिसिन आएको छ नगरस्तरिय योजनाहरुलाई उच्च प्राथमिकतामा राखेको कुरा अवगत गराउछु । स्मार्ट सिटीको लागि लाइट जडानको काम शुरु गरेका छौ ।
प्रश्न – डम्पीङसाइटको आयु सकियो महानगरको फोहोरमैला व्यवस्थापन अब कसरि गर्ने योजना छ ?
मेयर –अहिले फिनल्याण्ड इण्डीया र नेपालको संयुक्त लगानिमा फोहोरमैला व्यबस्थापनको काम भइरहेको छ । यसमा नेपाल लगानि वोर्डले हामीसँग फोहोर व्यवस्थापनको काममा सहमार्य गर्नका लागि पहल गरिरहेको छ भने महानगरले पनि अब बन्चरे डाँडामा फोहर डम्पीङको लागि पहल गरिरहेको छ । अबका केहि बर्षमा हामीकहाँ फोहोर स्टेसन मात्रै रहनेछ फोहोर स्टेशनबाटै सेग्रिगेसन गरेर डम्पीङसाइट पठाउनेछौ ।
प्रश्न – यो त फोहोर फाल्ने परम्परागत उपाय मात्रै देखियो फोहोर व्यवस्थापन गरेर आम्दानी गर्ने तिर सोच्नुभएको छैन ?
मेयर – फोहोर मोहोर हो यसबाट आम्दानि हुन्छ तर ललितपुरको मेयरको हैसियतले भन्नुपर्दा चाहि ठयाक्कै यकिन गरेर हामी फोहोरबाट आम्दानि यति समयमै गर्न सक्छौ भनेर भन्न सक्दिन । काम गर्दै जाने हो ।
प्रश्न – फोहोरमैला व्यवस्थापन ऐन र नियमावलीले भनेका कुरा पलना भएको छ ?
मेयर – फोहोरमैला व्यवस्थापन ऐन २०६८ र नियमावलि २०७० संसोधन भएपछि फोहोर उत्पादन देखि विर्सजन सम्मका सम्पुर्ण काम स्थानिय निकायले गर्ने भनिएको छ म मान्छु तर तपाइले काठमाण्डौँ महानगरपालिकाको हालत पनि देख्नुभएकै होला । उसको आजसम्म आफनै कलेक्सन सेन्टर सम्म छैन एकाध नगरपालिका बाहेक कसको कलेक्सन सेन्टर छ र ?
प्रश्न – महानगरवासिको जल्दोबल्दो समस्या के छ?
मेयर – खानेपानी र फोहोरमैला व्यवस्थापन, धुलो धुँवा हो अहिले १५÷१६ किलो मिटर बाटो बनाउँदै छौ । अलिकति तापक्रम बढिसकेपछि कालोपत्रेको काम पनि शुरु गर्छौ । मेलम्चीको पानी आउदैछ अब मेलम्चीको पानीले नपुगे डिप टयुबेलबाट खनेर भएपनि पानी खुवाउछौ ।
प्रश्न – ५ वर्षपछिको ललितपुर कस्तो हुनेछ ?
मेयर – धेरै राम्रो, मेगाप्रोजेक्टको निर्माण सकिसकेको हुनेछ, चुनाबताका बोलेका मेरा प्रतिबद्धताहरु अधिकाशं पुरा भइसकेका हुनेछन र भूकम्पले क्षति बनाएको सबै संरचनाहरु ब्निसकेको हुनेछन, महानगरवासिहरुको घर सफा, आगन सफा, टोल सफा, मन सफा (लिभिङ सटान्र्डड अपग्रेड) का हुनेछन । हामीसंग अहिले प्राविधिक जनशक्तिको अभाब छ फोहोरमैलाको काम म्यानुअली मात्र भइरहेको कारण पनि यहि हो । अबको ३ वर्ष भित्रमा हामी कुचो लगाइरहेका हुदैनौ,सडक सफा गर्न मेशिन (अटोमेशन) प्रयोग गर्छाै । हाम्रो उदेश्य सफाइको गुणस्तर बढाउनु हो ।
प्रश्न – नगरवासिगंग तपाइ –मेयरको अपेक्षा केहि छ?
मेयर – छ नि जथाभावि फाहोर नफाल्दिनुस, आफनो बाटो टोल आफै सफा राखेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।
प्रतिक्रिया