काठमाडौं–तपाईंको घरमा फोहोर थुप्रियो भने अबश्य चिन्ता लाग्छ होला । तर, अब घरमै बसेर तपाईं फोहोर बेच्न सक्नुहुन्छ ।
कार्टुन, बोत्तल, प्लास्टिक, मेटलजस्ता समानको फोटो खिचेर अथवा जानकारी गराउनु भयो भने ‘कवाडि एप्स’ ले तुरुन्तै मुल्य बताइदिन्छ । र, आफनो अनुकुल समयमा समान बेचेर आम्दानी गर्न सक्नुहुन्छ ।
ललितपूर महानगरपालिकाले यस्तो एप्स शुरु गरेको महानगरपालिकाका वातावरण शाखा प्रमुख प्रदिप अमात्यले बताए ।
घरको फोहोर बर्गीकरण गर्न असहज भयो एप्सले रिसाइकलिगं गर्न मिल्ने पुराना समान छुट्टाउँछ । त्यसपछि प्रत्येक घरघरमा पुगेर समान खरिद गर्ने गरेको अमात्य बताउँछन ।
‘ल्याण्डफिल साइट जाने फोहोर श्रोतमै घटाउने उदेश्यले यो एप्स सन्चालनमा ल्याइएको हो । करिब १८ महिना अगाडि शुरु भएको यो अवधारणा पूर्णरुपमा संचालनमा ल्याउन ८ महिना लागेको थियो । ब्लू टेक्नोलोजि ब्लू वेष्ट टू भ्यालु प्रालिसँगको सहकार्यमा यो एप्स सन्चालनमा ल्याइएको विभागका प्रमुख अमात्यले बताए ।
‘कवाडी एप्स’ यसरी खोज्नुस्
मोवाइलको प्ले स्टोरमा गएर kabaadi नाम टाइप गरि सर्च गर्दा एउटा सुपरम्यानको लोगो आउँछ । त्यसलाइ डाउनलोड गरेर यो सेवा लिन सकिन्छ ।
अमात्य भन्छन, ‘हामी ठूलो कवाडखाना मेट्रियल रिकभर फेसिलिटि नामक आधूनिक मेशिन खरिद गर्ने योजनामा छौँ । यो मेशिन लाई ३ करोड पर्छ । जसले ९ प्रकारका फोहोर छुट्टयाउनका लागि मद्वत गर्छ ।’
अमात्यका अनुसार फोहोर संकलकलाइ पेशागत स्वास्थ्य र शुरक्षाको व्यवस्था गरिएको छ ।१६ वटा अस्पताल ललितपुर नगरक्षेत्रभित्र सन्चालित छन । लालिपुरको २९ वटा क्लिनिकहरुमा फोहोर सेग्रिगेसनको काम नगरपालिका आफैले गरिरहेको उनले बताए ।
-पार्वती खड्का
प्रतिक्रिया