पाँचखाल- भट्टाको मुस्लोले पाँचखाल उपत्यका कुरुप बनाएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । शनिबार विरोधमा उत्रिएका स्थानीयले दिनभर नारा लगाई भट्टा बन्द गराउने विषयमा अन्र्तक्रिया गरेका थिए । सरोकारवाला निकायले स्थानीयको जनगुनासोलाई बेवास्ता गर्दै भट्टा सञ्चालकलाई संरक्षण गरेको भन्दै उनीहरुले चर्को नारा लगाएर सडकमा प्रर्दशन समेत गरेका थिए ।
स्थानीय स्तरबाट आयोजना गरिएको सार्वजनिक सुनाई कार्यक्रममा सरोकारवाला निकायको उपस्थिति न्यून थियो । ‘हाम्रो भोटले चुनाव जित्ने अहिले हामीलाई अप्ठेरो पर्दा माफियासँग मिल्ने ?’ पाँचखाल बचाउ अभियानका अभियन्ता सुर्य वहादुर भेटुवालले भने, ‘सयौं नागरिक विरोधमा आउँदा पनि सरकारी निकाय र जनप्रतिनिधिले टेरेनन् ।’
सार्वजनिक कायैक्रममा १५ सय भन्दा बढी स्थानीयहरु भट्टाको असर विरुद्द भेला भएका थिए । उनीहरुको एउटै माग भट्टा बन्द गराउनु हो । स्थानियहरु वातावरण बचाउ अभियान संचालन गर्दै अन्तरकृयामा उत्रिएसँगै कार्यक्रमवाट अतालिएकाहरुले कार्यक्रम विथोल्ने प्रयास पनि गरेका थिए । तर, स्थानीयको बाक्लो उपस्थिति रहेकोले त्यो सफल हुन सकेन। कार्यक्रममा अधिकांस बक्ताहरुले ईटाभट्टाका कारण पाँचखालको कृषि र मानव स्वास्थ्यमा गंभिर असर परेको भन्दै भट्टा हटाउनु पर्नेमा जोड दिएका थिए ।
भट्टाको कारण धुवा धुलोले बस्नै नसक्ने अवस्था सृजना भएको भन्दै उनिहरुले कि पाचखालवासिलाई स्थानान्तरण गर कि भट्टालाई हटाउ भन्दै सरकारको ध्यानाकर्ण गरे।
पाँचखालमा अहिले ७ वटा भट्टा र १ वटा प्लाईउड कारखाना संचालनमा छ । यसबाट निस्कने धुवाले पूरै पाँचखाल इलाकालाई नै प्रदुषित पारेको छ । कार्यक्रममा अधिकांशले भट्टा गैरकानूनि भएको दाबी गर्दै त्यसलाई तुरुन्तै हटाउन माग राखे ।
कागज र सेटिङ मिलाएर भट्टा दर्ता हुनु विडम्बना भएको स्थानियहरुले बताए ।
‘विद्यालय छेउ, जंगल र मानव वस्ति नजिक भट्टा संचालन हुनुमा कमिसनको चक्कर छ,’ अभियन्ता श्रीकृष्ण धिमालले भने, ‘नगरपालिकाका कर्मचारीको पनि यसमा मिलोमत्तो देखिन्छ, नत्र यति बिरोध गर्दा भट्टा हटिसक्नुपर्ने हो ।’
बिरोध कार्यक्रममा पाँचखाल नपा वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले, हामीलाई उद्योग चाहिन्छ तर वातावरण मैत्री ढंगबाट संञ्चालन हुनुपर्ने वताए । वातावरणलाई असर नपु¥याउने ढंगबाट संञ्चालनमा आउने कुनैपनि प्रकारको उद्योगलाई स्वागत गर्ने जानकारी दिए । आफ्नो वडामा २ वटा ईट्टा भट्टा र १ वटा प्लाईउड कारखाना संञ्चालनमा रहेको र सो उद्योगहरु वातावरण मैत्री ढंगबाट संञ्चालन नभएकोले सचेत गराए । उनले उद्योगको नाममा स्थानियको स्वस्थ्यमा खेलबाड नगर्न उद्योगीहरुलाई चेतावनी दिए । प्रक्रिया पु¥याएर वातावरण मैत्री ढंगबाट संञ्चालन नगरेमा त्यस्ता उद्योगहरुलाई नगर साथै वडाबाट दिनुपर्ने कुनै पनि प्रकारको सहयोग गर्न नसकिने बताए । नगरको कार्यपालिकाको बैठकमा वातावरणमा असर पु¥याउने उद्योगहरुका बिषयमा छलफल गरी वातावरण मैत्रि ढंगबाट संञ्चालन गर्नु पर्ने बिषयमा आफ्नो पहल हुने भनाई राखे ।
बातावरण बचाउ कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका सयोजक सुर्य बहादुर भेटवालले स्थानिय जनताको अपार माया र भरोसा प्रति धन्यवाद दिदै जनताको स्वास्थ्यको लागि जस्तो सुकै चुनौतिको सामना गर्ने तयार रहेको बताए । स्थानीयको विरोध सम्बोधन गर्न नसकेका पाँचखाल नगरपालिकाका मेयर महेस खरेल कार्यक्रममा सहभागी भएनन् । उनले लामो समयदेखि भट्टा बन्द गर्ने आश्वासन दिए पनि भट्टा सञ्चालक सँग मिलेर कमिसन बिकेको स्थानीयको गुनसो छ ।
स्थानीय टंक ढकाल (७९) ले पनि बिहान उठ्दा पाँचखाल उपत्यकामा कालो मुस्लो देखिने गरेको बताए । उनले भने, ‘लुगा सुकायो कालै हुन्छ, गाईवस्तुलाई खुवाउने घाँसपात कालै हुन्छ, धुवाँकै कारण स्वच्छ हावा लिन पाइँदैन, १० वर्षदेखि भट्टाको कालो मुस्लो सहँदै आएका छौं।’
पाँचखालभित्र २० मिटर दूरी नजिक सञ्चालन भएका ६ वटाभन्दा बढी भट्टाले पूरै सहरलाई कुरूप र प्रदूषित बनाएको छ । यी भट्टा पाँचखाल नगरपालिकाको ७, ८, ९ र १२ मा सञ्चालित छन् । जय भिमसेन इँटाभट्टा, कालिञ्चोक भगवती इँटाभट्टा, उपकार इँटाभट्टा, नवदुर्गा इँटाभट्टा सुवर्णेश्वरीलगायत भट्टा नगरपालिकामा समेत दर्ता छैनन् । २४ सैं घण्टा सञ्चालनमा आउने भट्टाले कालो धुवाँ फाल्ने गरेको स्थानीयको भनाई छ।
कुनैताका कृषि उत्पादनले हराभर देखिने ठाउँ अहिले सुक्खा छन् । सबैतिर इँटा भट्टामात्रै देखिन्छन् । भट्टाका कारण स्वच्छ श्वास फेर्न नपाएपछि धेरै युवा त्यसको विरोधमा जागेका छन् ।
‘हामीले कति विरोध गर्नु ? वर्षाैदेखि कालो मुस्लोले पूरै उपत्यकालाई ढाक्दै आएको छ,’ स्थानीय सुरेन्द्र हुमागाईले भने, ‘यसबाट कहिले छुटकारा पाइएला, सरोकारवाला निकायको समेत मिलोमतो भएकाले स्थानीयलाई भट्टावालाले गन्दैनन् ?’ उनले पाँचखाल क्षेत्र कृषि उत्पादनको लागि उर्वर मानिएता पनि इँटाभट्टाका कारण खेतीपाती हुन छाडेको बताए । ‘सागपात र आलु उत्पादन हुन छाडेको छ,’ उनले थपे, ‘केही दिनअघि कालीमाटीमा पठाएको काउली कालो भयो भनेर फिर्ता आयो ।’ उनले मापन गर्दा तरकारीमा इँटाभट्टाको कालो धुँवाको असर देखिएको जानकारी दिए ।
भट्टा हटाउन स्थानीय लागिपरेको वर्षाै बितेको छ । पाँचखाललाई पुरानै अवस्थामा कसरी पु¥याउने भनेर जुटेका धेरै स्थानीय चिन्तामा छन् । उनीहरू पटक–पटक विरोध गर्दा पनि भट्टा हट्नुको साटो थपिँदै गएको बताउँछन् । अर्का स्थानीय प्रकाश ढकाल पनि धुवाँका कारण धेरै असर परेको सुनाए । उनले सरोकारवाला निकायलाई भट्टा बन्द गर्न पहल गर्दा पनि सुनुवाइ नगरेको गुनासो गरे । ‘हामीले जसरी पनि भट्टा बन्द गरेरै छाड्छौं,’ उनले भने, ‘भट्टाका कारण दैनिक जीवनयापनमा प्रत्यक्ष असर परेको छ।’
लामो समयदेखि भट्टा सञ्चालन गर्दै आएका स्थानीय राजकुमार श्रेष्ठले पाँचखाललाई औद्योगिक सहरका रूपमा चिनाउन भट्टा सञ्चालन गर्दै आएको जानकारी दिए । उनले मंसिरदेखि जेठसम्म भट्टा सञ्चालन गर्दैं आएको बताए । ‘स्थानीयलाई समस्या भएको कुरा मैले स्वीकार गर्छु,’ उनले भने, ‘हामीले पनि त गरिखान पाउनुपर्यो, सरकारले भट्टा सञ्चालनको लागि कुनै क्षेत्र तोकिदिए हामी त्यही गएर व्यवसाय गर्न सक्छौं ।’
पाँचखाल बचाउ अभियानका संयोजक सूर्यबहादुर भेटवालले आफूहरूले जुनै हालतमा पनि यसलाई बन्द गराएरै छाड्ने बताए । उनले व्यावसायीहरूको दम्भले गर्दा हजारौं घरधुरी प्रभावित भएकोले सरोकारवाला निकायले पनि त्यसतर्फ चासो दिनुपर्ने माग राखे।
‘हामीले संघर्ष गर्न लागेको धेरै भयो,’ उनले भने, ‘केही निश्चित व्यक्तिले आफ्नो स्वार्थ पूर्तिको लागि यसरी स्थानीयलाई नै अटेर गरी भट्टा सञ्चालन गर्दै आएका छन्, भट्टामा राजनीति गर्न पाइँदैन ।’ उनका अनुसार पाँचखाल नगरपालिकाका मेयरले चुनावअघि भट्टा हटाउने आश्वासन दिएका थिए । तर, विद्यालय नजिकै र बस्ती नजिकै सञ्चालन भएका भट्टा बन्द गर्न कसैले चासो दिएका छैनन् । ‘केही आसेपासेले मेयरसा’पलाई भाडेका छन्,’ उनले थपे, ‘भट्टामा बालश्रम शोषण हुँदा पनि जनप्रतिनिधि रमिते छन्।’
पाँचखाल नपाका मेयर महेश खरेलले विषेश काम परेकोले कार्यक्रममा सहभागी हुन नपाएको बताए । उनले आफूले जसरी भट्टा बन्द गर्ने जानकारी दिए । खरेलले यस क्षेत्रमा रहेका कुनै पनि इँटाभट्टा आफूले दर्ता नगरेको बताए । ‘स्कुल र बस्ती नजिक त्यसरी भट्टा सञ्चालन गर्न पाइन्न, सञ्चालन भएका छन् भने त्यसको कुनै निश्चित व्यक्तिहरूको स्वार्थ जोडिएको देखिन्छ,’ उनले भने ।
प्रतिक्रिया